काठमाडौं । छैठौं नेपाल एपीएफ स्कुल कप बेसिक लेभल इनभीटेसनल फटबल टुर्नामेन्ट–२०७६ को उपाधी नेपाल पुलिस स्कुल साँगाले जित्न सफल भएको छ । नेपाल एपीएफ स्कुलको प्रांगणमा बिहीबार भएको फाइनल खेलमा ग्रिन भिलेज एजुकेशन फाउण्डेशन कीर्तिपुरलाई २–१ ले हराउँदै नेपाल पुलिस स्कुलले उपाधी जित्न सफल भएको हो ।
सो खेल विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं मानवश्रोत विभाग प्रमुख, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको प्रमुख आतिथ्यमा सम्पन्नि भएको थियो । सो कार्यक्रममा विशेष अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले रेफ्री तथा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल तथा ट्रफी प्रदान गरेका थिए । यसैगरी एनआईसी एसिया बैंकका सहायक कार्यकारी निर्देशक सुधिरनाथ पाण्डेले सो प्रतियोगितामा उपविजेता हुन सफल ग्रिन भिलेज एजुकेशन फाउण्डेशनका खेलाडीलाई मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । उनले नेपाल एपीएफ स्कुलका छात्राहरुलाई उपयोगी हुने सेनेटरी प्याड डिस्पोजल मेशिन विद्यालयका प्रधानाचार्य युवराज पराजुलीलाई हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा अखिल नेपाल महिला फुटबल समितिकी अध्यक्ष श्रीमती पेमा लामा श्रेष्ठले सम्पूर्ण सहभागी टिमलाई सहभागिताको प्रमाण पत्र वितरण गरेकी थिइन् ।
प्रतियोगितामा अखिल नेपाल फुटबल महासंघका उपाध्यक्ष उपेन्द्रमान सिंहबाट तृतीय स्थान हासिल गर्ने ल्याब्रोटरी माविका खेलाडीहरुलाई प्रमाण पत्र तथा मेडल प्रदान गरेका थिए ।
खेलमा उत्कृष्ट गोल रक्षक नेपाल पुलिस स्कुलका इसान श्रेष्ठ घोषित भएका थिए । सोही स्कुलका सन्देश तामाङ सर्वाधिक गोल कर्ता र सोदिन अवाल उत्कृष्ट खेलाडी बन्न सफल भएका थिए । त्यस्तै साल्भिनिया एकेडेमी, कीर्तिपुर अनुशासित खेलाडी समुह बन्न सफल भएको थियो । उत्कृष्ट खेलाडीहरुलाई राष्ट्रिय फुटबल प्रशिक्षकद्वय सावित्रा भण्डारी र अनिता बस्नेतले संयुक्त रुपमा ट्रफी तथा प्रमाण पत्र वितरण गरेका थिए ।
२२ माघबाट सुरु भएको सो टुर्नामेन्ट बिहीबार सम्पन्न भएको हो ।
नेपाल एपीएफ स्कुल कपको उपाधि नेपाल पुलिस स्कुललार्ई
- Roshan Shrestha
- फाल्गुन ८, २०७६
- ९:०९ मध्यान्ह


Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्
भर्खरै
कुरी-कुरी

आजको १० समाचार
- महासचिवको पत्रले एमालेमा भाँडभैलो
- इलाम–२ का गाउँ–गाउँमा नेताको दौडधुप
- इन्धनको भाउ घट्यो
- महिलाकाे शवसँग यौन सबन्ध राखेको आरोपमा अमेरिकामा…
- दुर्घटनामा एकै परिवारका ३ को मृत्यु
- उत्साहजनक ऊर्जा व्यापार
- पूर्वगृहमन्त्री खाँण थुनामुक्त हुने कि नहुने आज फैसला हुदैँ
- १५ मंसिर २०८०
- किन पक्राउ गर्दै छ साउदीले गैरकानुनी कामदार ?
- पृथ्वीका खुला रहस्य