Saturday, October 24, 2020
Home Breaking News पौडेल पक्षमोर्चाबन्दीमा, सिटौला मिलाउँदै

पौडेल पक्षमोर्चाबन्दीमा, सिटौला मिलाउँदै

कांग्रेसमा दौडधुप

काठमाडौं । नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ ।

कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधानविपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीतिसहित अघि बढेका हुन् । सो समूहले आजसोमबार आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाउँदै छ ।

तर, कांग्रेसभित्रको तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला भने पार्टीको आन्तरिक द्वन्द्वलाई बढाउने पक्षमा छैनन् । लामो समय गृह जिल्ला झापा बसेर फर्किएका सिटौलाले शनिबार राजधानी फर्किएलगत्तैबाट सभापति र वरिष्ठ नेतासहित पदाधिकारीसँगको भेटलाई अघि बढाएका छन् ।

सो क्रममा शनिबार नै सिटौलाले सभापति देउवालाई भेटेर महाधिवेशनबारे तत्काल निर्णय गर्न र प्रस्ट पार्न सभापतिलाई आग्रह गरेका छन् ।

यस्तै, आइतबार बिहान वरिष्ठ नेता पौडेललाई भेटेका सिटौलाले सभापतिविरुद्धको मोर्चाबन्दीको प्रस्तावलाई भने अस्वीकार गरेका छन् । सिटौलाले सभापतिविरुद्ध कुनै काम गर्नै परे आफ्नै समूहले गर्ने भन्दै अहिले महाधिवेशन प्रभावित हुनेगरी कतैबाट पनि गतिविधि हुन नहुने भन्दै पौडेलको प्रस्ताव अस्वीकार गरेको उनी निकट नेता बताउँछन् । भेटमा सिटौलाले पार्टीभित्रका बेथितिबारे केन्द्रीय समितिबाटै निकास खोज्नसमेत पौडेललाई सुझाएका छन् ।

यो पनि पढ्नुहोस   मुख्यमन्त्री शाहीविरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

पौडेल पक्ष भने सभापतिले बनाएका विधानविपरीतका विभाग खारेज गर्नुपर्ने, विभागमा मनोमानी ढंगबाट सदस्य थप्न बन्द गरिनुपर्ने र महाधिवेशनको सुनिश्चितता गरिनुपर्ने भन्दै देउवाविरुद्ध आक्रामक हुँदै आइरहेको छ । यसैगरी, समायोजन, विभाग, क्रियाशील सदस्यता र भ्रातृ संस्थामा मनोमानी रोकिनुपर्ने पौडेल पक्षको माग छ ।

सो समूहले विधानविपरीत गरिएका भनिएका पछिल्ला निर्णय फिर्ताका लागि सभापति देउवालाई दबाब दिन मौखिक र लिखित रूपमा विरोधपत्र बुझाउनेदेखि आमरण अनशन बस्नेसम्मका दबाबमूलक कार्यक्रम अघि बढाउने तयारीसमेत गरिरहेको छ ।

पौडेल पक्षीय नेता नवीन्द्रराज जोशीले आफू पक्षीय केन्द्रीय सदस्यको हस्ताक्षरसहित आज १ बजे पार्टी केन्द्रीय कार्यालयमा विरोधपत्र बुझाइने जानकारी दिए ।

तर, सिटौला भने त्यस्तो मनस्थितिमा छैनन् । उनी पार्टीभित्रका आन्तरिक कलहलाई नउचाल्ने गरी महाधिवेशनको वातावरण बनाउनेतर्फ अघि बढ्नुपर्ने पक्षमा छन् । उनले शनिबार सभापति देउवा र आइतबार वरिष्ठ नेता पौडेललाई भेटेर सहमतिका साथ अगाडि बढ्नुपर्ने र महाधिवेशनका लागि गरिने निर्णय सर्वसम्मत गर्नुपर्ने सल्लाहसमेत दिएका छन् ।

(Visited 248 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

टिप्परको ठक्करबाट छोरीको मृत्यु, बावु गम्भीर घाइते

देउखुरी । दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका–८ मा टिप्परले ठक्कर दिँदा छोरीको मुत्यु भएको छ भने बावु गम्भिर घाइते भएको इलाका प्रहरी...

सीतालाई उपचार सहयोग

काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्याडमिन्टन खेलाडी सीता राईलाई उपचारका लागि आइतबार आर्थिक सहयोग प्रदान गरेको छ । सीतालाई राष्ट्रिय खेलाडी कल्याणकारी कोषले...

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली...

स्वाथ्यमन्त्री भन्छन् ‘कोरोनाबाट जोगिन साबुन पानीले हात धोऔ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकालले भिडियो सन्देश जारी गर्दै दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाउन आग्रह...

सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को...

ट्रेन्डिङ

स्वास्थ्यजन्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सर्वोच्चमा रिट

काठमाडौं । स्वास्थ्यजन्य सामग्री खरिद प्रकृयामा अनियमितता भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र स्वास्थ्य...

वर्दियाका १९ श्रमिक कालिकोटमा अलपत्र

कालिकोट । वर्दियाका १९ जना श्रमिक कर्णाली राजमार्गस्थित कालिकोटको खाँडाचक्र नगरपालिका दाँहाको विहानी खोलामा अलपत्र छन् । कर्णाली राजमार्ग मर्मतका लागि वर्दियावाट...

शैक्षिक गुणस्तर वृद्धि गर

सरकारले सामुदायिक शिक्षामा पर्याप्त लगानी गरे पनि लगानीअनुरूपको गुणस्तरीय प्रतिफल प्राप्त हुन नसक्दा सामुदायिक शिक्षा प्रणाली प्रश्नैप्रश्नको घेरामा छ । परिणामस्वरूप सामुदायिक...

जगत र रोस्मालाई स्वर्ण

काठमाडौं । धनगढी कराते डोजोका जगतसिंह धानुक र खोटाङ डोजोका रोस्मा राईले प्रथम राष्ट्रिय अनलाइन कराते काता प्रतियोगितामा स्वर्णपदक जितेका छन् । जगत पुरुषतर्फ...

कोरोना संक्रमित २ महिने शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य

वीरगन्ज । पर्सामा कोरोना संक्रमित भई उपचार गराइरहेका दुई महिनाकी शिशुसहित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । वीरगन्जको नारायणी अस्पतालमा उपचार गराइरहेका ७१...

गण्डकी प्रदेशमा थपिए ३२ जना कोरोना संक्रमित, कूल संक्रमित ८३८ पुगे

कास्की । गण्डकी प्रदेशमा आज ३२ जना कोरोना सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ८३८ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान विज्ञप्ति...

स्पेनमा एकै दिन थप एक हजार ५०० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि

म्याड्रिड । स्पेनले शुक्रवारदेखि र शनिबारसम्मको २४ घण्टाको अवधिमा एक हजार ५०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । योसँगै...

उदयपुरका कोरोना संक्रमित भारतको कोइलाखानीबाट आएका थिए

उदयपुर । उदयपुरमा पुनः ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । उदयपुरमा आइतबार थप ३ जना संक्रमित भेटिएको हो । केही दिन अघि...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत कर्मचारीको काेराेनाबाट मृत्यु

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत एक कर्मचारीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
यो पनि पढ्नुहोस   प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)
प्रतिष्ठानको छात्रा होस्टलमा कार्यरत ५६ वर्षीया महिला...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

भर्खरै

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

अबको लडाई समृद्धि र विकासका लागिः सांसद प्रभु साह

गौर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले अबको लडाई समृद्धि र विकासको लागि...

प्रेस युनियन सुनसरीले दियो २० जना पत्रकारलाई नगद सहयोग

इटहरी । सुनसरी जिल्लालाई कार्यक्षेत्र बनाई सञ्चारमाध्यममा सक्रिय पत्रकारहरुलाई प्रेस युनियन सुनसरीले बीमा बापतको दश हजार रुपैँया हस्तान्तरण गरेको छ । प्रेस युनियन सुनसरीका अध्यक्ष...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

काठमाडौं । शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस बर्षको चाडबाड कोरोना महामारीको बीचमा मनाउनुपरेको भन्दै यस्तो अवस्थामा सावधानीका साथ चाडपर्व...

धेरै पढिएका

कोरोना बिमामा पाँच महिनामै ८७ करोडभन्दा बढी संकलन

काठमाडौं । कोरोना बिमा गर्नेहरूले पाँच महिनाको अवधिमा ८७ करोड रुपैयाँभन्दा बढी प्रिमियम रकम बुझाएका छन् । नेपालमा गत ७ वैशाखदेखि सुरु गरिएको कोरोना...

छोरीलाई गोली हान्ने बुबा कारागार चलान

ओखलढुङ्गामा आफ्नै छोरीलाई गोली हान्ने एक पुरुष कारागार चलान भएका छन् । भरुवा बन्दुक प्रहार गरेर छोरीलाई गम्भीर घाइते बनाउने मोलुङ गाउँपालिका–७ पात्लेका ३३...

आई पे रेमिटमार्फत कारोबार गर्दा बाइक पाइने

काठमाडौं । आई पे रेमिट प्रालिले नेपालीको महान् चाडपर्व दसैं, तिहार र छठकोे समयलाई लक्षित गरी आई पे रेमिटबाट पैसा आयो उपहारमा बाइक पायो...

आइपिल म्याचमा सट्टेबाजी खेल्ने ३ जना पक्राउ

बारा । विदेशमा भईरहेको आईपिल क्रिकेट म्याचमा सट्टेबाजी खेल्दै गरेका ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय बाराले कलैया उपमाहानगरपालिका वडा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 82 times, 1 visits today)