निकुञ्जमा सलबलाउन थाले वन्यजन्तु तस्कर

बर्दिया । यतीखेर निकुञ्ज भित्र पर्यटकिय गतिविधी ठप्प छ । निकुञ्ज क्षेत्र सुनसान प्रायः छ । यही मौका छोपेर निकुञ्जमा वन्यजन्तु तस्करहरु सलबलाउन थालेका छन् ।

पछिल्लो समय निकुञ्ज भित्र तस्करले थापेको पासोमा पाटेबाघ परेपछि निकुञ्जमा वन्यजन्तु तस्कर सक्रिय रहेको पुष्टि भएको छ । करिव एक साता अघि निकुञ्जको लमकौली फाँटा क्षेत्रमा तस्करले थापेको पासोमा परेर मरेको बाघ फेला परेको थियो । पासोमा परेको बाघ फेला पर्दा उक्त बाघ सडिसकेको थियो ।

निकुञ्ज स्रोतका अनुसार मृत बाघ फेला परेको स्थान निकुञ्जको मुख्यालयबाट करिव १० किलोमिटर टाढा पर्छ भने निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको सुरक्षा पोष्ट करिव साढे २ किलोमिटरको दुरीमा पर्छ । बाघ पासोमा परेर सड्ने अवस्थासम्म पुग्दा निकुञ्ज प्रशासन र सेनाले कुनै सुइको नै पाएन । जब सुइको पाए तबसम्म बाघ सडेर गन्हाउने भइसकेको थियो । यतीखेर निकुञ्ज प्रशासन ठूलो क्षती भएको भन्दै चित्त दुखाई गरिरहेको छ । बाघलाई पासोमा पार्ने गिरोहको खोजी भइरहेको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्जको सुरक्षार्थ निकुञ्ज भित्र सेनाको ३५ र निकुञ्ज कर्मचारीको ३१ वटा सुरक्षा पोष्टहरु छन् ।

वन्यजन्तुको चोरीशिकार आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको निकुञ्ज स्रोत बताउँछ । त्यस्ता व्यक्तिहरुको निगरानी बढाएको निकुञ्जको भनाई छ

बाघलाई पासोमा पारेको घटनाले निकुञ्ज भित्र तस्कर सलबलाइ रहेको तथ्य प्रष्ट भएको स्वयम संरक्षणकर्मीहरु बताउँछन् । यस घटनाले निकुञ्ज सुरक्षामा थप चुनौती थपिएको निकुञ्ज प्रशासन बताउँछ । निकुञ्जमा वन्यजन्तुका तस्करहरु सक्रिय हुन थालेपछि निकुञ्जले पनि सुरक्षा सर्तकता पनि बढाएको जनाएको छ ।

तस्करी रोक्न निकुञ्ज प्रशासनले यतीखेर सेना र निकुञ्जका कर्मचारी परिचालन गरि निकुञ्ज भित्र स्विप अपरेशन, पट्रोलिङ, एम्बुसिङ र क्यामेरा ट्रयापिङ जस्ता कार्यलाई प्रभावकारी ढंगले अघि बढाएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ बताउँछन् ।

कोरोनाका कारण कामका लागि बाहिर गएका मानिस पनि घर आएका छन् । ती मध्ये केही मानिस नराम्रो गतिविधीमा लागेको निकुञ्जको आशंका छ । वन्यजन्तुको चोरीशिकार आरोपमा फरार रहेका व्यक्तिहरु पनि गाउँ आएको हुँदा तिनैबाट वन्यजन्तुको सुरक्षामा चुनौती थपिएको निकुञ्ज स्रोत बताउँछ । त्यस्ता व्यक्तिहरुको निगरानी बढाएको निकुञ्जको भनाई छ ।

मुलुकमा लकडाउन सुरु भएपछि वन र वन्यजन्तु तस्करीमा संलग्न करिव ७ सय जनाभन्दा बढी व्यक्तिलाई निकुञ्जले पक्राउ गरेको जनाएको छ । जसमा १५० भन्दा बढीलाई विभिन्न कसुरमा मुद्धा चलाइएको सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिए ।

वन्यजन्तुको तस्करी हुन नदिन निकुञ्जले सुरक्षा संयत्रलाई प्रभावकारी बनाएको र चोरीसिकार, निकुञ्ज छेवैँमा बनाइएका सिँचाइका संरचना र राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्नु वन्यजन्तु सुरक्षाका चुनौती रहेको प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठ बताउँछन् ।

निकुञ्ज भित्र अति संवेदनशिल क्षेत्रमा क्यामेराहरु पनि जडान गरिएका छन् । निकुञ्जको क्षेत्र भित्र पर्ने राजमार्गमा पनि ठाउँठाउँमा क्यामेरा जडान गरेर वन्यजन्तु र तस्करहरुको निगरानी गरिरहेको निकुञ्जले जनाएको छ । वन तथा वन्यजन्तुको तस्करी रोक्न सेनाको गण र पोष्टहरुबाट नियमितरुपमा पट्रोलिङ ( गस्ती ) र स्विप अपरेशन हुने गरेको निकुञ्ज प्रशासनले जनाएको छ ।

लकडाउनको बेला समुदायस्तरको काम रोकिएको र कार्यालयमा पनि काम धेरै नहुने भएकाले अधिकाशं कर्मचारीलाई निकुञ्जको गस्तीमै परिचालन गरिएको बताइएको छ । यतीखेर निकुञ्जमा पर्यटक छैनन् । जंगल साफारी पनि बन्द छ । निकुञ्ज सुनसान भएकाले वन्यजन्तुहरु अरु बेलाको तुलनामा छ्याछ्याप्ती देखिन्छन् । यसैको मौका छोपेर तस्करहरु सलबलाउन थालेपछि निकुञ्जको सुरक्षामा पनि विशेष योजना बनाएर अघि बढाइएको निकुञ्जको भनाई छ । प्रमुख संरक्षण अधिकृत श्रेष्ठ भन्छन्, ‘ वन र वन्यजन्तुको तस्करी रोक्न हामी निकै संवेदनशिल भएर लागेको छौ । वन्यजन्तु जोगाउने सुरक्षा चुनौती त छ । यसलाई रोक्न विशेष योजनाका साथ निकुञ्ज प्रशासन अघि बढेको छ । ’

तपाइको प्रतिक्रिया
(Visited 142 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजदूत अनुमोदन अन्योलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रसुवाको आमाछोदिङमाे–१ मा एमालेको प्यानल नै विजयी