Saturday, December 5, 2020
Home प्रदेश प्रदेश ३ अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

अझै ५८ प्रतिशतले गराउँछन् असुरक्षित गर्भपतन

काठमाडौं । गर्भपतन सेवाले कानुनी मान्यता पाएको १८ वर्ष बितिसक्दा पनि अझै प्रजनन उमेरका ५८ प्रतिशत महिला सो सेवाबारे अनभिज्ञ रहेको पाइएको छ ।

४२ प्रतिशत महिलाले सरकारले गर्भपतन गराउन मान्यता दिएको स्वास्थ्य संस्थाबाट सेवा लिने गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । परिवार कल्याण महाशाखाका अनुसार हालसम्म १३ लाख महिलाले मात्रै सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य सेवा विभागको तथ्यांकअनुसार ५८ प्रतिशत महिलाले असुरक्षित गर्भपतन गराउने गरेको पाइएको छ । परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसेन तिंकरीले ४२ प्रतिशत महिलाले मात्र गर्भपतन सेवाका बारेमा जानकारी पाएको बताए ।

–१३ लाख महिलाले लिए सुरक्षित गर्भपतन सेवा
–सुरक्षित गर्भपतनले मातृ मृत्युदर कम हुने

उनले भने, ‘सुरक्षित गर्भपतन सेवालाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन ग्रामीण स्तरसम्म सेवा विस्तार गर्न आवश्यक छ । सरकारले सबै सरकारी स्वास्थ्य सेवाबाट निःशुल्क सुरक्षित गर्भपतन सेवाप्रदान गर्दै आएको छ ।’

हाल देशभर गर्भपतन सेवा प्रदान गर्न ४ हजार रुपैयाँको हाराहारीमा चिकित्सक नर्स तथा अनमीलाई तालिम प्रदान गरिएको छ । यस्तै, १ हजार ५ सय स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन सेवाप्रवाह हुँदै आएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
नेपालमा ३ लाख २३ हजार जना महिलाले प्रतिवर्ष गर्भपतन गराउने गरेका छन् । नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ । ४२ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र गर्भपतनले कानुनी मान्यता पाएको बारेमा ज्ञान छ ।

४८ प्रतिशत प्रजनन उमेरका महिलालाई मात्र सुरक्षित गर्भपतन गर्न पाइने ठाउँका बारेमा ज्ञान छ । १९ प्रतिशत महिलाहरू अनिच्छित गर्भ हुने गरेको तथ्यांकमा देखिएको छ । हाल ६५ जिल्लामा निःशुल्क गर्भपतन सेवा उपलब्ध छ । विश्वमा प्रत्येक वर्ष २ करोड ५० लाख महिला तथा किशोरीहरूले असुरक्षित तरिकाले गर्भपतन गराउने गरेको तथ्य सार्वजनिक भएको छ । विश्वमा भएका मातृ मृत्युमध्ये करिब ८ प्रतिशत असुरक्षित गर्भपतनको कारणले भएको पाइएको छ । प्रतिवर्ष ४४ हजार महिलाको मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ ।

प्रतिवर्ष ५० लाख महिलाहरू असुरक्षित गर्भपतनको जटिलताको कारणले विभिन्न रोगबाट ग्रसित हुन्छन् । असुरक्षित गर्भपतन मातृ मृत्यु गराउने चार वटा मुख्य कारणहरूमध्ये एक हो । गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ । २०६०/६१ को तथ्यांकअनुसार नेपालमा सुरक्षित गर्भपतनको गराउनेको संख्या ७ सय १९ थियो । २०६१/६२ मा १० हजार ५ सय ६१ थियो ।

नेपालमा ३ लाख २३ हजार जना महिलाले प्रतिवर्ष गर्भपतन गराउने गरेका छन् । नेपालमा कुल मातृ मृत्युमध्ये ७ प्रतिशत मातृ मृत्यु असुरक्षित गर्भपतनको कारणले हुन्छ

त्यस्तै, २०७४/७५ मा यो संख्या बढेर ९८ हजार ६ सय ४० पुगेको छ । डा. तिंकरीले कुनै पनि महिलाले आर्थिक कारणले असुरक्षित गर्भपतन गराउन नपरोस् भनी सरकारले निःशुल्क सुरक्षित गर्भपतन सेवा उपलब्ध गराउन सुरु गरेको बताए ।

यो पनि पढ्नुहोस   पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष २०७५/७६ मा औषधि खाएर र शल्यक्रियामार्फत ९५ हजार ३ सय ६९ जना महिलाले गर्भपतन गराएका छन् । यसमध्ये ११ प्रतिशत किशोरी छन् । हरेक पाँच वर्षमा हुने जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ मा नेपालमा प्रजनन उमेर समूहका १५ देखि ४९ वर्षसम्मका महिलामध्ये २० वर्षमुनिका १७ प्रतिशत किशोरी गर्भवती हुने गरेको देखिएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ अन्तर्गत सुरक्षित गर्भपतन गर्न पाउने बुँदामा भनिएको छ, ‘गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन पाउने अधिकार छ ।’

सो ऐनमा गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुन सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलांग बच्चा जन्मिन्छ भनी इजाजत प्राप्त चिकित्सकको राय भई त्यस्तो महिलाको मञ्जुरीबमोजिम २८ हप्तासम्मको गर्भलाई पतन गराउन सकिने उल्लेख छ ।

सुरक्षित गर्भपतनसम्बन्धी ऐन बन्नुअघि प्रत्येक वर्ष १ लाखमा ५ सय ३९ जना आमाको मृत्यु हुने गरेकामा ५० प्रतिशत असुरक्षित गर्भपतनबाट हुने गरेको थियो । सुरक्षित गर्भपतनलाई लाञ्छनाका रूपमा हेर्न नहुने प्रसूति रोग विशेषज्ञको जोड छ ।

(Visited 115 times, 1 visits today)
Loading comments...

आजको समाचार

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

साताका लोकप्रिय समाचार

बेल्जियम नागरिकले झारल र नाउरको शिकार गरे

बागलुङ । ढोरपाटन शिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो शिकार सिजनमा एक नाउर र एक झारलको शिकार गरिएको छ । नेपाल ट्राभल्स एण्ड एक्पिडेसन कम्पनीमार्फत...

अमेरिकामा एक हप्ताभित्रै कोरोनाबाट १० हजारको मृत्यु

वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका...

कोमल ओलीले गरिन् दुई गाउँलाई जोड्ने पुलको शिलान्यास

तुलसीपुर । राष्ट्रिय सभा सदस्य कोमल ओलीले तुलसीपुरको छोटे र शान्तिनगर गाउँपालिकाको पातेटाकुरा जोड्ने पुलको शिलान्यास गरेकी छिन् । एक करोड लागतमा बन्न लागेको...

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

वैदेशिक मुद्रा भण्डारण हालसम्मकै उच्च

काठमाडौं । कोरोना महामारीका कारण मुलुकको आर्थिक गतिविधि कमजोर भएको अवस्थामा वैदेशिक मुद्रा भण्डारण (सञ्चिती) भने वृद्धि भएको छ । राष्ट्र बैंकले वैदेशिक मुद्रा सञ्चिती...

ट्रेन्डिङ

भक्तपुरमा होम आइसोलेशनमै कोरोना संक्रमितको मृत्यु

भक्तपुर । उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै गए राति मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१...

अलपत्र सडक मजदुरलाई खाद्यन्न सहयोग (फोटो फिचर)

सिन्धुपाल्चोक । कोरोना भाइरस(कोभीड–१९) को संक्रमणलाई फैलन नदिन सरकारले चार दिन अघि देशभर लक डाउन गरेपछि मजदुरी गरेर बिहान बेलुकीको छाक टार्ने...

कतारका राजकुमारले गरे आमादब्लमको सफल आरोहण

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारीको असहज अवस्थाका बाबजुद कतारका राजकुमार शेख मोहमद विन अब्दुल्लाहले आमादब्लम हिमालको सफल आरोहण गरेका छन् । गत असोजमा...

पोखरा महानगर प्रज्ञा–प्रतिष्ठानमा ११ जना सिफारिस

पोखरा । पोखरा महानगरपालिकामा प्रज्ञा–प्रतिष्ठान गठनका लागि ११ जनाको नाम सिफारिस भएको छ । सिफारिस समितिले आइतबार पदमराज ढकाल, मेनकाजी गुरुङ, धनबहादुर गायक, प्रकाश...

एमसिसी संसदबाट पारित हुने सम्भावना न्यून

काठमाडौं । विद्युत् प्रसारण लाइन र सडक सुधारका लागि अमेरिकाले नेपाललाई दिने ५० करोड अमेरिकी डलरबराबरको अनुदानसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता नेपालमा कार्यान्वयनको...

महामारीमा गन्यापधुराका जनप्रतीनिधी बनभाेजमा रमाए

डडेल्धुरा । कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले भिडभाडजन्य कार्यक्रमहरु संचालन गर्न निषेध गरेको छ तर गन्यापधुरा गाउपालिकाले शनिबार बनभोज कार्यक्रम गरेको...

एकै पटक चार सन्तान जन्माएकी आमाको निधन

जनकपुरधाम । जनकपुरधामस्थित काव्या अस्पतालमा मंगलबार चम्ल्याहा बच्चा जन्माएकी एक महिलाको आज दिउँसो मृत्यु भएको छ । धनुषाको विदेह नगरपालिका वडा नम्बर–७ जोगियारा बस्ने २२...

सुदूरपश्चिममा कोरोनामाथि एकपछि अर्को सफलता, पाँच दिनमा चारजना घर फर्के

धनगढी । पाँच जनामा कोरोनाभाइरस (कोभिड १९) पुष्टि भएपछि निकै त्रसित बनेको सुदूरपश्चिमले पछिल्लो समय भने कोरोनामाथि एकपछि अर्को सफलता पाइरहेको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती शिशु जन्माएकी भोजपुर नगरपालिका–...

नेकपा फुट्नका लागि बनेको पार्टी होइन : मुख्यमन्त्री राई

इलाम । रप्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुट्न र टुट्नका नबनेको बताएका छन् । सूर्योदय नगरपालिकामा चिया प्रशोधन...

मौलापुरसहित रौतहटमा एकैसाथ ५ अस्पताल शिलान्यास

गौर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   बेथितिको विकासले ‘जलचर संकटमा’

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

(Visited 90 times, 1 visits today)