कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्ने भएको छ । शुक्रबारदेखि सुरू हुने संसदको पाँचौं अधिवेशनअघि आन्तरिक गृहकार्य गर्न बैठक बस्न लागेको हो । दलको बैठक बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो बस्न लागेको हो ।

संसदको हिउँदे अधिवेशन सुरु हुन लागेको अवस्थामा सरकारले ल्याएका विधेयक, विवादित विधेयक र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । संसदको आगामी अधिवेशनलाई जनताको सरोकारका विषय र राष्ट्रिय मुद्दामा केन्द्रित गर्ने गरी बैठकमा छलफल गर्ने कांग्रेसको तयारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन