प्रेममा सम्बन्ध आफैं हुने कुरा हो

नयाँ पुस्ताकी मोडलका रूपमा कञ्चन चालिसे परिचय बनाउने क्रममा छिन् । नाटकबाट ‘करिअर’ थालेकी उनी सिन्धुली दोभानकी हुन् । त्यहाँबाट बसाईँ सरेर एक दशकदेखि धनुषा लालगढ आएकी उनी अध्ययनका लागि आधा दशकअघि काठमाडौं आइन् । कञ्चनले पछिल्लो नाटक, मोडलिङ र चलचित्रमा ‘करिअर’ बनाइरहेकी छन् । एक वर्षअघि गायक प्रमोद खरेलको गीत ‘दुनियाँलाई हँसाइ हँसाइ मलाई रुवाएर गयौं…,’बाट भिडियो मोडलिङ यात्रा सुरु गरेकी कञ्चनले एक दशकमा आधा दर्जनबढी भिडियोमा काम गरिसकेकी छन् ।

त्यसो त, उनले नायिकाको साथीका रूपमा ‘छ माया छपक्कै’, ‘गुञ्जन,’जस्ता चलचित्रमा काम गरेकी छन् । नायिका बन्ने लक्ष्यसाथ अघि बढेकी कञ्चन संघर्षरत कलाकारमध्येकी एक हुन् । उनै कञ्चनसँग राजधानी दैनिकका लागि डब्बु क्षत्रीले गरेको छोटो संवाद :

कला यात्रा कस्तो चल्दै छ ?

दुःख पनि छ तर रमाइलो पनि । दुःख यसकारण कि नयाँ कलाकारलाई काम पाउन गाह्रो छ । यो क्षेत्रमा लाग्ने दृढ अठोट भएकाले चलचित्र, भिडियो र नाटकमा काम गर्दा रमाइलोसँगै खुसी लाग्छ ।

नायिका नै बन्ने लक्ष्य हो त ?

अवश्य, सुरुवात सानो भूमिकाबाट सुरु गरेर ठूलोमा जाने योजना छ । चलचित्र क्षेत्रमा आफन्त नहुँदा पहिला आफ्नै क्षमताले माथि उठ्नुपर्छ । म आफ्नो अभिनय र क्षमतामा विश्वस्त छु ।

कलाकारलाई कस्ता कठिनाइ हुँदा रहेछन् ?

सबैले भेटेपछि फिल्ममा लिन्छु भन्छन् । तर, पछि बोलाउँदैनन् । वास्तै गर्दैनन् । त्यो रोल नै कथाबाट हटाएँ भन्छन् । केही फिल्मबाट यस्तै समस्या भोगिरहेकी छु ।

भूमिका दिन्छु भनेर नदिँदा कस्तो लाग्छ ?

दुःख लाग्छ । केही फिल्ममा राम्रो भूमिका पाए पनि ‘ड्रेसअप’ आफूले बेहोर्नुपर्ने प्रस्ताव गर्छन् । घरको खर्चले काठमाडौंमा पढिरहेको संघर्षरत कलाकारले स्थापित नायिकाजस्तै चलचित्रमा हरेक सिनमा आफैंले ड्रेस ल्याउन त गाह्रो हुँदो रहेछ । तैपनि, सकेसम्म त व्यवस्था गरेकी छु ।

कलामा कतिको पैसा छ त ?

‘छ माया छपक्कै’मा दीपकराज गिरी दीपा दिदीले पारिश्रमिक दिनुभयो । अर्को फिल्मबाट पनि पाएँ । नाटकमा चाहि“ आफ्नै घरको खाएर आफ्नै खर्चमा काम गर्नुपर्छ । भिडियोमा सुरुमा सित्तै गरे पनि अहिलेचाहि“ पारिश्रमिक लिन थालेकी छु ।

अनि काम गर्ने क्रममा प्रेम प्रस्ताव कति आउँछन् ?

आउँछ । त्यो त स्कुले जीवनदेखि नै आएको हो । आजकाल प्रेम आउनु, प्रेम सम्बन्ध हुनु र ‘ब्रेकअप’ हुनु सामान्य भइसक्यो । आर्थिक कारण र विचार नमिल्दा ‘ब्रेकअप’ हुन्छ ।

यसको अर्थ प्रेम सम्बन्ध छ ?

तत्काल छैन । पहिला एउटाले एकतर्फ प्रेम गथ्र्यो । मलाई पनि मन परेको हो । तर, उसले अर्कैसँग विवाह ग¥यो । त्यसैले अहिले प्रेममा आफूलाई नभुलाउने लक्ष्य लिएकी छु । अब म प्रेमभन्दा ‘करिअर’मा फोकस हुँदै छु ।

तन्नेरी पुस्ता प्रेमजस्तै यौनमा पनि खुला छन् भनिन्छ नि ?

प्रेम सम्बन्ध भएपछि त्यो आफैं हुने कुरा हो । एकअर्कामा विश्वास भएपछि त्यो सामान्य हो । तर, विश्वसघात हुनुहुँदैन । विश्वासघातकै कारण नेपालमा पतिपत्नीका बीच सम्बन्धविच्छेदको घटनाक्रम बढेको हो ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केपी ओलीको गृहनगरमा एमालेको विजयी सुरुवात