सन्दीपले गरे रंगशाला निर्माणका लागि सहयोग

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाको निर्माणका लागि धुमुर्स सुन्तली फाउन्डेसनलाई १ लाख ४१ हजार ५ सय ६७ रुपैयाँ हस्तान्तरण गरेका छन् । उनले गत महिना कीर्तिपुरमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग २ मा आफूले लिने हरेक विकेटको ८ हजार ८ सय ४८ रुपैयाँ दिने घोषणा गरेका थिए ।

सन्दीपले ८ विकेटको ७० हजार ७ सय ८४ रुपैयाँ धुर्मुस सुन्तलीलाई हस्तान्तरण गर्ने भएपछि त्यति नै रकम उनको विदेशी व्यवस्थापन हेर्दै आएका साया कर्पोरेसनका तल्हा आइसामले पनि थपेका थिए ।

सन्दीपले दुवैको जोडेर कुल १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ फाउन्डेसनलाई प्रदान गरेको उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए । सन्दीपले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुन्जना घिमिरे (सुन्तली) लाई बिहीबार उक्त रकम हस्तान्तरण गरेका थिए ।

सन्दीप र राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का रंगशाला निर्माणका सद्भावनादूत पनि हुन् । फाउन्डेसनले ३ अर्बको लगानीमा २ वर्षमा रंगशाला निर्माण सम्पन्न हुने घोषणा गरेको छ । रामपुर कृषि क्याम्पसको २० बिघाभन्दा बढी जमिनमा रंगशालामा निर्माण भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 171 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लुकेका ललिता निवासहरू

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ