“डा केसीसँग परिणाममुखी वार्ता होस्”

काठमाडौ । नेपाल प्राध्यापक संघका पुर्व अध्यक्षहरुले चिकित्सा क्षेत्रका बेथिती सुधारका लागि अनसनरत डा गोबिन्द केसीसँग परिणाममुखी वार्ता गर्न सरकारलाइ सुझाएका छन् । सरकारले डा केसीसँग वार्ताका लागि समिती बनाएर वार्ता थाल्नु स्वागतयोग्य भन्दै प्राध्यापक संघका पुर्व अध्यक्षहरुले परिणाममुखी वार्ता हुनु पर्ने बताएका हुन् ।

वार्ताको प्रयास गर्ने तर फेरि पनि सहमतिलाइ तोड्ने र कार्यान्वयन नगर्ने स्थितिले डा केसि सिंगो जनचासोको विषयमा पटक पटक अनसन बस्नु परेको उनिहरुकाे भनाइ छ। “डा केसीले उठाएका माग केसीको एक्लो होइन, यो सिंगो मुलुक र जनतासँग जोडिएको विषय हो, सरकारले वार्ताको पहल त गर्यो, तर परिणाममुखी वार्ता होस, डा केसीको अनसनमा हाम्रो एक्यवद्धता छ ।” नेपाल प्रजातान्त्रिक प्राध्यापक संघका पुर्व अध्यक्ष गुणनिधि न्यौपानेले भने ।

प्राध्यापक संघका पुर्व अध्यक्ष कपिल श्रेष्ठले पहिलेका सरकारले गरेका सहमती समेत हालको सरकारबाट तोडिंदा डा केसी अनसन बस्नु पर्ने अवस्था आएको बताए । उनले डा केसीका माग जायज रहेको भन्दै सरकारले माफियाको संरक्षण विरुद्धको नीति लिनु पर्नेमा जोड दिए । प्राध्यापक संघकै पुर्व अध्यक्ष भीमसेनदास प्रधानले पटक पटक वार्ता गर्ने र समती नमान्ने स्थितिको सरकारले अन्त्य गर्नु पर्ने र लोकतान्त्रिक विधि र प्रक्रियाबाट गरिने जायज मागको सरकार पक्षबाट सुनुवाइ हुनुपर्ने बताए । डा केसीले प्रस्तुत गरेका माग सरकार पक्षबाट सम्बोधन हुँदा सरकार प्रतिको जनबिश्वास र भरोसा समेत बढ्ने उनिहरुको धारणा छ । डा केसीको अनसन प्रती एक्यवद्धता जनाउने नेपाल प्राध्यापक संघका अन्य पुर्व अध्यक्षहरुमा खगेन्द्र भट्टराई, डा बिनोद श्रेष्ठ,सुप्रभा घिमिरे, भुपती ढकाल, रामेश्वर उपाध्याय छन ।

तपाइको प्रतिक्रिया
(Visited 218 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मन्त्रीबाट राजीनामा दिएका अधिकारीलाई ‘जापान काण्ड’ महँगो पर्ने संकेत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता