काठमाडौं । गीत लेखन संगीत सिर्जनमा व्यस्त रहेका अनिल खनालको संगीतमा नयाँ आधुनिक गीत सार्वजनिक भएको छ । ‘स्मृति’ एल्बममा संग्रहित ‘कस्तो यो खेल…’ बोलको गीतमा नरेन्द्र प्यासीले स्वर दिएका छन् ।
गणेश बाबु अधिकारी, हिमाल गौतमको शब्द रहेको गीतमा आफुले माया गरेको मान्छेले धर्ति छोडे पछिको वियोगको प्रसंग प्रस्तुत गरिएको छ । शब्द, संगीत र स्वरको तालमेलले गीत उत्कृष्ठ बनेको छ । गितको भिडियो पनि सार्वजनिक भएको छ ।
म्युजिक भिडियोमा सनम कठाएत, सम्झना गौतम र माला कुँवरकोे अभिनय रहेको छ भने बनोद बमले निर्देशन गरेका छन् मुकेश हुमागाईंको छायाङ्कन रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 467 times, 1 visits today)






