कर्मचारीमा कोरोना संक्रमण बढेपछि जिल्ला अस्पताल सिल

बझाङ । जिल्ला अस्पताल बझाङले आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरेको छ । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस ‘कोभिड १९’ परिक्षणका क्रममा जिल्ला अस्पताल बझाङमा कार्यरत विभिन्न फाँटका ७ जना कर्मचारीहरुमा कोभिड १९ पोजेटिभ देखीएपछि आकस्मिक र प्रसुति सेवा बाहेक सबै स्वाथ्य सेवा बन्द गरेको हो ।

संक्रमितको दर अझै बढ्न सक्ने भएकाले स्वास्थ्य सुरक्षाको दृष्टिकोणले अर्को ब्यवस्था नभएसम्मका लागि आकस्मिक तथा प्रसुति सेवा बाहेक सबै सेवाहरु बन्द गर्नु परेको जिल्ला अस्पतालका कार्यलय प्रमुख डाक्टर सन्दीप ओखेडाले जानकारी दिए । आइतबार गरिएको परिक्षणका जिल्ला अस्पतालमा कार्यरत ७ जना कर्मचारीमा कोभिडको संक्रमण देखीएको डाक्टर सन्दीप ओखेडाले जानकारी दिए ।

बझाङ जिल्लाको समुदाय स्तरमा समेत कोभिड १९ संक्रमण फैलिन थालेको छ । जिल्लामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी, विभिन्न ब्यावसायिदेखी जनप्रतिनीधीहरुमा समेत कोरोना संक्रमित भएका छन् । जिल्ला प्रहरी कार्यलयमा कार्यरत १२ जना प्रहरीमा कोभिड संक्रमीत भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी नायब उपरिक्षक रुपक खड्काले जानकारी दिए ।यस्तै शशत्रप्रहरीमा समेत १७ जनामा कोरोना पोजेटिभ भएकोमा सबै जना निको भै सकेको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।

बझाङ जिल्लामा हाल सम्म ६६२ जना कोरोना संक्रमित देखीएका छन् । जसमध्ये ६०८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यी मध्ये ३ जनाको मृत्यु भै सकेको छ भने ५१ जना अझै संक्रमित छन् । उनीहरुको जिल्लाका विभिन्न आईसोलेसनमा उपचार भै रहेको छ ।

चिसो मौसम भएकाले जिल्लामा उच्च सतर्कता नअपाईएका कारण कोरोनाको जोखीम बढ्दै गएको डाक्टर ओखेडाले बताए । साथै पछिल्लो समयमा स्थानीय तहहरुले समेत कोरोना सम्बन्धी सचेतना फैलाउन समेत छोडेको स्थानीय बासिन्दाले बताएका छन् । सरकारले रकम तिरेर कोरोना परिक्षण गर्ने भनेपछि कोरोना परीक्षण गर्नेको दर पनि न्युन हुदै गएको छ । काठमाडौँबाट दशै तिहारका लागि घर फर्कने विद्यार्थी तथा कर्मचारीहरु समेत सोझै गाँउ पसेका कारण ग्रामीण बस्तिहरुमा समेत कोरोनाको संक्रमण फैलीएको स्वास्थ्यकर्मीहरुको बुझाई छ ।

भारत तथा बाहिरबाट आउनेहरुलाई सुरुका दिनहरुमा जुन तरीकाले स्थानीय तहहरुले कडाई गरेको थियो सो अनुसार जिल्ला बाहिरबाट आउनेहरुमा कडाई तथा क्वारेन्टाईनको ब्यावस्था नगर्दा समुदायस्तरमा कोरोना फैलिएको डा ओखेडाले जानकारी दिए । साथै बजारमा हिडडुल गर्दा मास्कको समेत प्रयोग नगर्ने भएका कारण यो दर अझै बढ्न सक्ने आसंङ्का उनको छ ।

तपाइको प्रतिक्रिया
(Visited 131 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार