जेम्ब बोन्डको २५औं शृंखला ‘नो टाइम टु डाई’

लस एन्जलस । विश्वमा निर्मित फिल्ममध्ये सबैभन्दा धेरै शृंखलामा निर्माण भएको फिल्म हो जेम्स बोन्ड सिरिज । यसअघि २४वटा शृंखलामा जेम्स बोन्डको फिल्म दर्शकमाझ आइसकेको छ । जेम्स बोन्ड शृंखलाको २५औं फिल्म ‘नो टाइम टु डाई’ आउने भएको छ ।

यो फिल्म आगामी २ अप्रिलमा रिलिज हुनेछ । पछिल्लो समय हलिउडका सस्पेन्स, एक्सन फिल्महरू थुप्रै आए पनि आफूहरूको छुट्टै दर्शक रहेको यसको निर्माण पक्षले जनाएको छ । यो फिल्म विश्वव्यापी रूपमा एकै दिन रिलिजको तयारीमा आफूहरू जुटेको पनि निर्माण पक्षले जनाएको छ ।

पछिल्लो चार शृंखलाजस्तै नो टाइम टु डाईमा पनि हिरोका रूपमा डेनियल क्रेग नै हुनेछन् । डेनियलले सन् २००६ मा जेम्स बोन्डको क्यासिनो रोयल शृंखलाबाट जेम्स बोन्डको चरित्र निर्वाह गरेका हुन् । त्यसपछि उनले क्वान्टम अफ सोलेस, स्काइफल र स्पेक्टरजस्ता फिल्ममा जेम्स बोन्डको चरित्र निर्वाह गरिसकेका छन् । उनको तेस्रो फिल्म स्काइएफलले त बेलायतको बक्स अफिसमै सबैभन्दा बढी व्यापार गर्ने फिल्मको रेकर्ड बनाएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 194 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीका ४ वटा स्थानीय तहको मतपरिमाण सार्वजनिक (सूचीसहित)