काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले धाबीखोला करिडोरको खाल्डाखुल्डी एक हप्ताभित्र पुर्न निर्देशन दिएका छन् । धोबीखोला करिडोर आयोजनाको निरीक्षण गर्नेक्रममा उहाले सो निर्देशन दिएका हुन् ।
मन्त्री श्रेष्ठ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा.राजन भट्टराई, मन्त्रालयका सचिव डा। रमेशप्रसाद सिह, काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख डा. भाइकाजी तिवारीसहितको टोलीले खोलाले ओगटेको दाया र बाया गरी २४ किलोमिटर सडकको भौतिक अवस्था’bout स्थलगत निरीक्षण गरेको थियो ।
‘मैले तपाईहरुलाई यो भन्न चाहन्छु कि अबको एक हप्तामा करिडोरमा देखिएका यस्ता खाल्डाखुल्डी तत्काल पुरिनुपर्छ, हजारौ सवारी साधन सञ्चालन हुने बाटोको अवस्था यस्तो हुनुहुँदैन तत्काल निर्माण गरिनुपर्छ–उनले निर्देशन दिए ।
मन्त्रीको निर्देशन दिए लगत्तै धोबीखोला करिडोर आयोजना प्रमुख एवं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाईकाजी तिवारीलले कालोपत्रे भएका र बढी खोल्डाखुल्डी देखिएका सडकमा एक साताभित्र पुरिसक्ने जानकारी दिए ।
मन्त्री श्रेष्ठसहितको टोलीले ललितपुर र काठमाडौंको सिमाना शंखमुल बुद्धनगरस्थित आर्र्च बृजबाट अवलोकन शुरु गरेको थियो । हाल आर्चबृज निर्माण भएको बिजुलीबजार पुलको निरीक्षण गदै मन्त्री श्रेष्ठले सो पुलमुनि अन्डरपास निर्माण प्रकृया शुरु गर्न निर्देशन दिएका थिए ।

मन्त्री श्रेष्ठले अतिब्यस्त माइतीघर तीनकुने सडकमा सधै सवारी जाम भैरहेने सो पुलमुनी अन्डरपास निर्माण गर्न प्रकृया अघि बढाउन निर्देशन दिएका थिए । पुलमुनी पुगेर निर्देशन दिने क्रममा उनले भने–सवारी चाप हुने यस्तो क्षेत्रमा किन अन्डरपास निर्माण नगरेको हो ।
सो करिडोरले छोएको अधिकांस पुलमुनी अन्डरपास निर्माण भएपनि सो पुलमुनी फोहोर थुप्रिएको छ । नजिकैको बाटोमा ग्यारेज बनाइएको छ । सो क्रममा मन्त्रालयका सचिव डा. सिहले सकेसम्म चालु आर्थिक वर्ष नभए एक वर्षभित्र अन्डरपास निर्माण हुने जानकारी गराएका थिए ।
ठेकेदारको कमजोरीको कारण बाटो पास गर्न सहज हुने सो पुलमा अन्डरपास निर्माण गरिएको छैन । मन्त्री श्रेष्ठ रेलिङ नाध्दै पुलमुनी पुगेर निरीक्षण गरेका थिए । लगत्तै चावहिलस्थित ओम अस्पताल पारी पुगेका मन्त्री श्रेष्ठले बाटोमा मंगाल देखेपछि अचम्म माने ।
उनले भने–ओ हो बाटोमा यत्रो खाल्डो, दुर्घटना भए को जिम्मेवार हुने ? मन्त्रीको प्रश्नमा आयोजना प्रमुख डा तिवारीले उत्तर दिए, मन्त्रीज्यु आजै यो मंगाल छोप्नेछौँ ।’ मन्त्री श्रेष्ठले दुर्घटना हुनबाट जोगाउन बाटोमा देखिएका यस्ता मंगाल र खाल्डाखुल्डी पुर्न निर्देशन दिएका थिए ।
करिडोरभित्र पर्ने पुलमुनी फोहोर थुपारिएको, फुटपाथमा व्यावसाय सञ्चालन गरिएको , विद्युत प्राधिकरण र मेलम्ची खानेपानी आयोजनाले पाइप बिच्छ्याएको थियो । हेर्नुस त करिडोरको हालत यस्तो ? हाम्रो अधिकारक्षेत्र मिचेर धमाधम निर्माण गरिरहेको निकायसंग तत्काल समन्वय गर्न लगाउनुस–स्थलगत निरीक्षण गर्ने क्रममा मन्त्री श्रेष्ठले भने ।

अवलोकनको क्रममा प्रमका विदेश मामिला सल्लाहकार डा भट्टराईले करिडोर निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने सुझाव दिए । निर्माण गर्न अवरोध वा समस्या भए तत्काल मन्त्रालयमा जानकारी गराउयन प्राधिकरणलाई आग्रह गरेका थिए ।
टोलीले धोबीखोला करिडोश शुरु भएको बुढानिकण्ठदेखि काठमाडौं र ललितपुरका सिमाना शंखमुलसम्म निरीक्षण गरेको थियो । निरीक्षण क्रममा सचिव डा। सिहले करिडोर निर्माण गर्दा देखिएका समस्या समाधान गरी तत्काल काम अघि बढाइने जानकारी गराउनुभएको थियो । उहाले करिडोर क्षेत्रमा हरियाली कायम गर्ने, फुटपा व्यवस्थित गर्ने, र खाल्डाखुल्डी पुर्ने काम एकसाताभित्र सकिनेगरी आजैबाट हुरु गर्ने बताएका थिए ।
अवलोकन भ्रमणपछि प्राधिकरणमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले आफुसंगै अवलोकनमा गएका सञ्चारकर्मीले आफ्नो आखाले देखे अनुसार रिपोर्टिङ गर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली ज्युले समेत विषेश चासो व्यक्त गरेको करिडोरको पछिल्लो अवस्था’bout जानकारी लिन प्रमका विदेश मामिला सल्लाहकार भट्टराई मन्त्रालयका सचिव र प्राधिकरण प्रमुखसहितको टोली करिडोर अवलोकन भ्रमण गरेको मन्त्री श्रेष्ठले जानकारी गराए ।
उहाले उपत्यकाको लाइफलाइनको रुपमा रहेको धोबीखोलाको इज्जत र सौन्दर्यता खस्कन नदिन सरकारले जस्तोसुकै कदम अघि बढाउन सक्ने मन्त्रीको भनाई थियो । ‘केही समस्या भए म र सिङगो मन्त्रालयसंग सल्लाह गर्न आउनुन, परियोजनालाई कुनैपनि हालतमा सफल बनाउन हामी सबै लागौँ’–मन्त्री श्रेष्ठको भनाई थियो ।
परियोजनाको ’boutमा जानकारी गराउनै प्राधिकरणका प्रमुख डा। तिवारीले आगामी एक वर्षभित्र करिडोरको सम्पुर्ण काम सम्पन्न हुने जानकारी गराए । ‘हामीले बाटो खोलिसकेका छौँ केही सामान्य समस्या बाहेक कुनै ब्याबधान छैन, तोकिएकै समयमा निर्माण सक्नेछौँ–उनले भने ।






