सर्लाही । चन्द्रनगर गााउँपालिकाको कटही खोलामा निर्मित पुलको उदघाटन भएपछि स्थानिय वासी खुसी भएको छन् । चन्द्रनगर गााउँपालिकाको पोखरिया (नाढीताल जोड्ने सडकमा रहेको कटही खोलामा निर्मित पुलको उदघाटन प्रदेश सभा सदस्य उपेन्द्र महतोले गरेका हुन् ।
महतोको पहलमा संघिय सरकारको सहयोगमा कटही खोलामा पुल निर्माण भएको पुल निर्माण समितिको अध्यक्ष राजेश साहले बताए । पुलको निर्माणले यस भेगका जनतालाई आवत जावत गर्न धेरै सुबिधा हुने भएकोले स्थानियहरु खुसी भएको जसपाका स्थानिय नेता नागेन्द्र साहले बताए । एक बर्ष पहिले प्रदेश सांसद महतोले नै शिलान्यास गरेका थिए भने आज एक कार्यक्रमको आयोजना गरी महतोले नै उदघाटन गरेका हुन् । कटही पुलको कुल लागत ८५ लाख लागेको चन्द्रनगर गााउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत अशोक साहले जानकारी दिए ।
पुल उदघाटन कार्यक्रममा चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महन्द्र महतो, उपाध्यक्ष विणा देवी साह, वडा नं. ५ का वडा अध्यक्ष जगदिश साह, लगायत अन्य जनप्रतिनिधि, स्थानिय तथा उपभोक्ताहरुको सहभागिता रहेको थियो ।