इलाम बजार २४ गतेसम्म बन्द

इलाम । इलामको इलाम नगरपालिकाका सम्पूर्ण सेवा शुक्रबारदेखि बन्द हुने भएको छ । पालिकामा निरन्तर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितहरुको संख्या बढ्दै गएकाले मंसिर १९ देखि २४ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको हो ।

यस अवधिभर पालिकाका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने, आगामी मंसिर २१ गतेबाट सञ्चालन हुने कक्षा ११ को परीक्षा मंसिर २६ गतेबाट सञ्चालन गरिने, अत्यावश्यक सेवाहरु (खानेपानी, दमकल, एम्बुलेन्स, आकस्मिक स्वास्थ्य सेवा) बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने नगरपालिकाको कार्यलय इलामले सूचना जारी गर्दै सर्वसाधारणलाई जानकारी गराएको छ ।

पूर्वाधार निर्माण सेवा भने निरन्तर जारी रहने इलाम नगरापालिका इलामका प्रशासकिय अधिकृत राम शाहले जानकारी दिए । उनले भने, स्वास्थ्य सम्बन्धि मापदण्ड पूरा गरी २५ जना भन्दा कम मजदुर राखेर निर्माण कार्य जारी राख्ने नगरको निर्णय छ ।

यस्तै खाद्य सामाग्री ढुवानीका गाडी अपरान्न ४ बजेपछि मात्र सञ्चालन अनुमति दिइएको छ । यस समयमा पालिकाको निर्णय विपरीत कार्य गरे गराए र प्रचलित स्वास्थ्य सम्बन्धि मापदण्ड उल्लङ्गघन गरे सक्रामक रोग नियन्त्रण ऐन २०२० बमोजिम कारवाही गरिने पालिकाले जनाएको छ । इलाम नगरपालिकाका सम्पूर्ण १२ वटै वडालाई निषेधित क्षेत्र घोषणा गरी हाटबजार, बैङ्किङ्ग सेवा, सरकारी कार्यलय र एम्बुलेन्स बाहेकका सम्पूर्ण यातायातका सेवा बन्द गर्ने अधिकृत शाहले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 338 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको लालझाडी गाउपालिकामा एमाले बिजयी