Friday, April 23, 2021
Home Breaking News सशस्त्रका असईद्धारा १२ वर्षिया बालिका बलात्कार प्रयाश

सशस्त्रका असईद्धारा १२ वर्षिया बालिका बलात्कार प्रयाश

,

दमक । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका एक प्रहरी सहायक निरीक्षक (असई) १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लागेको छ ।

सशस्त्र प्रहरीको कुन्जिबारी बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) अन्तर्गत गौरीगन्ज गाउँपालिका–२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक सूर्य कटुवालले सीमान्तकृत समुदायकी बालिकालाई जबर्जस्ती गर्ने प्रयास गरेको पीडित परिवारले जनाएको छ ।

आइतबार राति साढे ९ बजेतिर घरमा सुत्ने तरखर गरिरहेकी बालिकालाई घरभित्रै प्रवेश गरी कटुवालले जबर्जस्ती करणीको प्रयास गरेका हुन् । जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएकी थिइन् । उनी चिच्याएको सुनेपछि सँगैको अर्को घरभित्र काम गरिरहेकी बालिकाकी आमा तत्काल आइपुगेकी थिइन् । आमाले लुगा समातेर कटुवाललाई बाहिर तानेकी थिइन् । आमालाई हातले झट्काएर कटुवाल घटनास्थलबाट भागेका थिए । कटुवाल मादक पदार्थ सेवन गरी आएका थिए । घरमा बालिका र उनकी आमा मात्र थिए । पीडित बालिकाका बुबा र चार दाजुबहिनी छिमेकीकामा टेलिभिजन हेर्न गएका थिए । घटनापछि पीडित परिवार त्रसित बनेको छ । उनीहरू अतिविपन्न परिवारका हुन् । उनीहरूको घरदेखि ५ मिनेटको दूरीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट छ ।

घटनालगत्तै असई कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए । ‘घटना थाहा पाएलगत्तै कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेका छौं,’ पाण्डेले भने, ‘हामी आन्तरिक अनुसन्धान पनि गरिरहेका छौं । दोषी देखिए कानुन अनुसार कारबाही गर्न कुनै कुराले रोक्ने छैन ।’ कोरोबारी प्रहरी चौकीमा सोमबार निवेदन दर्ता गर्न जाँदा प्रहरीले फर्काइदिएको परिवारले जनाएको छ ।

(Visited 198 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली र नेपालबीच आज दोस्रो वार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो वार्ता आज पनि हुँदैछ । होटल मेरियटमा दिउँसो...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

कोरोना संक्रमणबाट पर्सामा एकै दिन २ जनाको मृत्यु

वीरगन्ज । कोरोनाको दोस्रो लहर सुरु भएपछि पर्सामा एकै दिन दुई संक्रमितको मृत्यु भएको छ । वीरगन्ज १६ की ६१ वर्षीय महिलाको मृत्यु भएको...

अछाममा कोरोना सङ्क्रमितको मृत्यु

अछाम । अछामको साँफेबगर नगरपालिका–६ भागेश्वरका ६५ वर्षीय एक पुरुषको कारोना भाइरसबाट आज बिहान मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

साताका लोकप्रिय समाचार

भारतबाट फर्केका पुरूषकाे काेराेनाबाट मृत्यु, एक सातामा पाँचकाे निधन

पर्सा ।  कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४...

भेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको...

एमसीसीको पक्षमा कांग्रेस

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अमेरिकी सहायता परियोजना (एमसीसी)को पक्षमा उभिएको छ । मुलुकको राजनीति लामो समयदेखि एमसीसीकै वरिपरि घुम्दै आइरहेका बेला प्रधानमन्त्री...

भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३...

झलनाथ र नेम्वाङको जिल्लामा एमालेकोे समानान्तर कमिटी

इलाम । नेकपा एमालेको नेतृत्व तहमा खटपट भएसँगै झलनाथ खनाल र सुवास नेम्वाङको जिल्ला इलाममा पनि एमालेमा समानान्तर कमिटी गठन भएको छ । पार्टी...

ट्रेन्डिङ

भारतमा एकै दिनमा २९ हजार ३९८ जना सङ्क्रमित

नयाँदिल्ली । भारतमा बिहीबार एक दिन थप २९ हजार ३९८ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि कोरोना भाइरस सङ्क्रमितको संख्या ९७ लाख ९६ हजार...

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु, पनौती तनाबग्रस्त

काभ्रेपलान्चोक । जिल्लाको पनौतीमा टिपरको ठक्करबाट आमा छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा खानीखोला गाउँपालिका वडा नं १ की जुनी मायाँ गोले र...

कैदीलाई टेलिफोन व्यवस्था

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि कारागार व्यवस्थापन विभागले कैदी बन्दीलाई परिवारसँग सम्पर्क गर्न टेलफोनको व्यवस्था गरेको छ । विश्वभर कोरोना संंक्रमणको सन्त्रास बढ्दै गएपछि...

सुनको कचौरामा भिक्षा

गौरवशाली इतिहास र समृद्धशाली संस्कृति बोकेको हाम्रो देश नेपाल गरिबी, अभाव र पछौटेपनबाट माथि उठ्न सकेको छैन । इतिहासमा स्वतन्त्र अस्तित्व भएको सार्वभौमसत्ता सम्पन्न...

कोरोना भाइरसको प्रभाव : मास्कको माग बढ्यो

बुटवल । चीनबाट सुरु भएको कोरोना भाइरसको जोखिम नेपालमा पनि फैलिन सक्ने सम्भावनाकाबीच प्रदेश नं. ५ मा मास्कको अभाव हुन थालेको छ । कोरोना...

महेन्द्रनगर बजारमा एक युवक मृत फेला

महेन्द्रनगर । कञ्चनपुरको सदमुकाम महेन्द्रनगरमा एक जना युवकको सब मृत फेला परेको छ । शुक्रबार बिहान सदरमुकाम महेन्द्रनगरकै पुर्व पश्चिम राजमार्ग नजिकै रहेको भानु...

थप ३ देशका नागरिकले आजदेखि अनअराइभल भिसा नपाउने

काठमाडौं । अध्यागमन विभागले थप ३ देशका नागरिकलाई अनआराइभल भिसा दिन बन्द गरेको छ । पछिल्लो पटक विभागले स्पेन, फ्रान्स र जर्मनका नागरिकलाई अनअराइभल...

गिट्टी कुट्ने मजदुरलाई १५ दिनलाइ पुग्ने राहत

सिन्धुली । दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुरहरुको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले मंगलबार ग्वाङखोलामा गिट्टी कुट्ने...

मिस नेपालको उपाधि नम्रता श्रेष्ठलाई

काठमाडौँ । मिस नेपाल–२०२० को ताज नम्रता श्रेष्ठले पहिरिएकी छन् । हिडेन ट्रेजरले आज यहाँ आयोजना गरेको प्रतियोगितामा २१ जनालाई उछिन्दै काठमाडौँकी २२ वर्षीया...

चन्द्रनगर मोहत्सवमा होली गीत प्रतिस्पर्धा

चन्द्रनगर । अहिले तराई मधेशमा परम्परागत होली गीतको स्थान हिन्दी र भोजपुरी गीत लिदै गरेको समयमा जोगिरा सुमधुर होली गीत जोगाउन सर्लाहीको चन्द्रनगर गाउँपालिका...

बुधबारदेखि पश्चिमी वायु फेरि प्रवेश, वर्षा र हिमपातको

काठमाडौँ । यस वर्ष हिउँद याममा करीब पाँच महिनापछि गत शनिबार राजधानी काठमाडौँसहित देशभर हल्का वर्षा भयो । मौसमविद्हरुले पनि मौसम पूर्वानुमान गर्दै वर्षातपछि...

तोरीबारी र पछ्यौरी

हेर त, ऊ त्यो तोरीबारी छ नि जहाँ हामीले माया साटासाट गरेको ठाउँ सँगसँगैको तोरीबारी हेर त तिम्रो पछ्यारी अल्झिएको घारी अनि मैले, सुस्तरी पछ्यौरी तान्दा हल्का च्यातिएको थियो नि त्यो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)