धनकुटामा बसले किच्दा महिलाको मृत्यु

धनकुटा । धनकुटा नगरपालिका–७ जिरोपईन्टस्थित कोशी राजमार्गमा आज बिहान बसले किच्दा एक महिलाको मृत्यु भएको छ । बिहान करिब साढे ८ बजे धरानबाट भोजपुरतर्फ जाँदै गरेको को.१ ख.४०७४ नम्बरको यात्रुबाहक बसले किच्दा धनकुटा–९ रुद्रवारीकी करिब ४५ बर्षीया गुणा राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक राई धनकुटाको बिहि’bout हटिया जान रुद्रवारीबाट सोही बसमा चढेर आएकी थिइन् । बसबाट उत्रिएपछि सोही बसको पछाडीको चक्काले किच्दा उनको मृत्यु भएको अनुमान गरिएको धनकुटाका प्रहरी प्रमुख गोबिन्द अधिकारीले बताए । ‘बसबाट उत्रिएपछि बस अगाडि बढ्ने क्रममा पछाडीको चक्काले किचेर उनको मृत्यु भएको जस्तो देखिन्छ । बस र चालकलाई नियन्त्रणमा लिएर घटनाको बिषयमा थप अनुसन्धान गर्दैछौ ।’ एसपी अधिकारीले भने ।

घटनापछि बस र चालक धनकुटा–९ मुलघाटका ३० बर्षीय नबिन लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मृतक राईको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 291 times, 1 visits today)

epaper

ताजा समाचार

लिटमस इन्डस्ट्रिजलाई ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ सम्मान