डोरमणी पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्य संसदीय दलको नेता

काठमाडौं । प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएको छ । पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले पौडेलले सोधेको स्पष्टिकरण दिन नपर्ने निर्णय गरेको एक प्रदेश सांसदे जानकारी दिए ।

पौडेलविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भइसकेको छ । एक महिनाभित्र उनले विश्वासको मत लिनुपर्नेछ । ११० सदस्यीय प्रदेशसभामा नेकपाका ८१ सांसद छन् । तीमध्ये ४५ जना अष्टलक्ष्मी शाक्यको पक्षमा रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 636 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु