Monday, March 1, 2021
Home प्रदेश प्रदेश ३ विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

परराष्ट्रको शून्य, अर्थको एक प्रतिशत

काठमाडौं । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको तुलनामा चालु खर्च भने बढी गरेको पाइएको छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन, निषेधाज्ञालगायतका कारण विकासे मन्त्रालयले पुँजीगत खर्च गर्न नसकेको जनाएका छन् । राष्ट्रिय योजना आयोगको तथ्यांकअनुसार चालु वर्षको पहिलो चौमासिकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ११ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

सहरी विकास मन्त्रालयले भने पहिलो चौमासिक अवधिमा १६ प्रतिशत खर्च गरेको छ । भूकम्पपछि निजी आवास, सम्पदा, शैक्षिक तथा स्वास्थ्य संस्थाहरूका भवनको पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय पुनर्निर्माणले यस अवधिमा ११ प्रतिशत पुँजीगत खर्च गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको यस अवधिमा पुँजीगत खर्च झनै कम छ । मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा ८ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । खानेपानी मन्त्रालयको पनि पुँजीगत खर्चको अवस्था झनै कमजोर देखिएको छ । पहिलो चौमासिक अवधिमा मन्त्रालयले ५ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ ।

सरकारले विकास निर्माणमा खर्च गर्न नसकिरहेको आरोप लाग्दै आएकामा चालु वर्षको पहिलो चौमासिकमा पनि पुरानै समस्या देखिएको हो ।

विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित मन्त्रालय मात्रै नभएर अन्य मन्त्रालयको पनि पुँजीगत खर्च निराशजनक नै देखिएको छ । कतिपय मन्त्रालय पुँजीगत खर्चमा शून्य प्रतिशतमै सीमित देखिएका छन् । कतिपय मन्त्रालयको पुँजीगत खर्च भने विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको भन्दा राम्रो प्रगति देखिएको छ ।

यो पनि पढ्नुहोस   २०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

परराष्ट्रको शून्य, अर्थको एक प्रतिशत
चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पुँजीगत खर्च कम गर्ने मन्त्रालय परराष्ट्र बनेको छ । योजना आयोगको तथ्यांकअनुसार परराष्ट्र मन्त्रालयको पुँजीगत खर्च शून्य प्रतिशत रहेको छ । अर्थ मन्त्रालयको पनि पुँजीगत खर्च १ प्रतिशत मात्र रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भने १० प्रतिशत पुँजीगत खर्च गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ८ प्रतिशत, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ६ प्रतिशत, गृहले १६ प्रतिशत, वन तथा वातावरण मन्त्रालयले ३ प्रतिशत, भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले भने २६ प्रतिशत पुँजीगत खर्च गरेको छ । कानुन मन्त्रालय चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालयमा परेको छ ।

यता युवा तथा खेलकुदले १ प्रतिशत, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले २ प्रतिशत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १ प्रतिशत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रतिशत खर्च गरेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले १२ प्रतिशत, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ११ प्रतिशत पुँजीगत खर्च गरेका छन् ।

(Visited 89 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

साताका लोकप्रिय समाचार

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

ट्रेन्डिङ

विश्वकप छनोट खेल्ने राष्ट्रिय फुटबल टोलीको कोरोना परीक्षण

काठमाडौँ । फिफा विश्वकप छनोट र एशियन कप छनोटका लागि बन्द प्रशिक्षणमा डाकिएका राष्ट्रिय फुटबल टोलीका ११ खेलाडीसहित २५ जनाकोे कोरोना परीक्षण गरिएको छ...

छ हजार घुस खाएकाे अभियाेगमा प्रहरी हवल्दार पक्राउ

इटहरी । ईलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव अख्तियारको फन्दामा परेका छन् । स्थानीय व्यापारी विनोद शाहसँग ६ हजार रुपैयाँ घुस...

काठमाडौं उपत्यकामा संक्रमित ९० हजार नाघे

काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको दृष्टिले थप जोखिम बन्दै गएको छ । उपत्यकामा दिन प्रतिदिन संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ ।...

चारैजना बिरामीको स्वास्थ्य रिपोर्ट नेगेटिभ

काठमाडौं । कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भएका चारैजनाको स्वास्थ्य रिपोर्ट नेगेटिभ आएको छ । परीक्षणका क्रममा उनीहरुमा...

इटालियन फुजी स्याउबाट लोभलाग्दो आम्दानी

जुम्ला । जुम्लामा यस वर्ष अन्य जातका स्याउ नफलेको अवस्थामा इटालियन फुजी स्याउ भने राम्रो उत्पादन भएको छ । गत वर्षभन्दा उत्पादन दोब्बर हुने...

एक दशकमा ४० लाखले रोजगारी पाए

काठमाडौं । विश्व बैंकका अनुसार नेपालको अर्थतन्त्रले एक दशकमा ४० लाखलाई नयाँ रोजगारी दिएको छ । नेपाल जब डाइग्नोस्टिक रिपोर्टअनुसार सन् २००८ देखि २०१८...

प्रधानमन्त्री कार्यालयको प्रवक्तामा नेपाल

काठमाडौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव शंकर नेपाललाई दिएको छ । शासकीय सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेको नेपाललाई प्रशासन महाशाखा...

ललितपुरमा ८२ जना कोरोना संक्रमित

ललितपुर । ललितपुर जिल्लामा कोरोना भाइरस संक्रमितको संख्या ८२ पुगेको छ । आइतबार जिल्लामा २ जना संक्रमित थपिएपछि संक्रमितको संख्या ८२ पुगेको स्वास्थ्य कार्यालय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

राष्ट्रपतिद्वारा फागुन २३ गतेलाई संसद् अधिवेशन आह्‍वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी २३ फागुनमा बस्ने गरी संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद् बैठकको सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले त्यस दिन साँझ...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

भर्खरै

प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्का सिफारिशमा यही फागुन २३ गते अपराह्न ४ बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्नुभएको छ...

२०७८ सालको चाडपर्व : विजयादशमी असोज २९, भाइटीका कात्तिक १८ गते

काठमाडौं । विसं २०७८ मा तीन दशैँ परेको छ । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने दुई वटा चैते दशैँ परेको छ । वैशाख...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

प्रचण्ड–नेपाल पक्षले बोलायो केन्द्रीय समिति, नागरिकतासहित आउन सर्कुलर

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहको स्थायी र केन्द्रीय समिति बैठक पर्सि बुधबार बस्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमासोमबार बिहान बसेको सो समूहको...

धेरै पढिएका

च्याम्पियन लिग: चेल्सी र म्युनिख सफल

लन्डन । च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिख र लन्डन क्लब चेल्सी विजयी भएका छन् ।म्युनिखले लाजियोलाई पराजित गरेको हो भने चेल्सीले स्पेनिस क्लब...

सत्ता साझेदारीका लागि दाहाल नेपालको दौडधूप

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने निर्णय गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल नयाँ सरकार...

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

प्रि–मनसुन शुरु, आजदेखि जाडोयाम समाप्त

काठमाडौं । आजदेखि यस वर्षको जाडोयाम समाप्त भई प्रि–मनसुन शुरु भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मार्च १...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)