तुलसीपुरको वनहरीमा पानीमा डुबेर युवतिको मृत्यु

सांकेतिक तस्वीर

ओपेन्द्र बस्नेत,तुलसीपुर । तुलसीपुरको वनहरीमा पानीमा डुबेर एक युवतिको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी यम बहादुर बोहराकी १७ बर्षकी छोरी सृजना बोहरा रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आज बिहान घर नजिकै रहेको घट्टेकुलामा नुहाउने क्रममा चिप्लीएर खस्दा सृजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

पानीमा डुबेको अवस्थामा स्थानीयले देखेपछि घर परिवारलाई खबर गरेका थिए । उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ११ बजे मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 198 times, 1 visits today)

epaper

ताजा समाचार

मनसुनजन्य प्राकृतिक विपद् उद्धारका लागि सशस्त्र प्रहरीको उच्च तयारी, ११ हजार बढी जनशक्ति परिचालन