Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ कोरोना संक्रमण झनै तीव्र

कोरोना संक्रमण झनै तीव्र

प्रशान्त वली,

काठमाडौं । कोरोना संक्रमण जोखिम बढेसँगै सरकारले राति ९ बजेपछि रेस्टुरेन्ट बन्ददेखि आवागमनमा समेत कडाइ गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरबाहिर र सार्वजनिक स्थानमा मास्क प्रयोग अनिवार्य गराउन देशभरका जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको छ । कतिपय विद्यालयमा जनस्वास्थ्य मापदण्ड पालना नभएको पाइएपछि उच्च सतर्कता अपनाउन मन्त्रालयले भनेको छ ।

राति ९ बजेपछि रेस्टुरेन्ट बन्द आवागमनमा कडाइ

हाल, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा मन्त्रालयद्वारा बुधबार जारी सूचनामा ‘काठमाडौं, पोखरालगायतका ठूला सहरमा विद्यालय समूहमा संक्रमण बढ्दो रहेकाले सम्पूर्ण शैक्षिक संस्थामा उच्च सतर्कता अपनाउन’ अनुरोध गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जोखिम बढेका ठूला सहरमा सार्वजनिक यातायात वा भीडभाड कम गर्ने र जनस्वास्थ्यका मापदण्ड कडाइसाथ अनिवार्य पालना गर्न गराउन आग्रह गरिएको जानकारी दिए ।
ठूला सहरमा ५ सयभन्दा बढी र सानामा सयभन्दा बढी सक्रिय संक्रमित देखिएको अवस्थामा आवागमनमा कडाइ गर्न मन्त्रालयले सम्बन्धित निकायलाई आग्रह गरेको छ ।

बढी भीडभाड हुने स्थान सपिङ मल, सिनेमा हल, नाचघर, हेल्थ क्लब, स्विमिङ पुल, पार्टी प्यालेस, मन्दिरलगायत क्षेत्रमा उच्च स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विदेशबाट फर्केपछि घरमा क्वारेन्टाइनमा रहेका र संक्रमित भएर घरमै आइसोलेसनमा बसेकाले पनि जनस्वास्थ्यका मापदण्ड कडाइसाथ पालना गर्नुपर्नेछ । संक्रमण बढी जोखिम हुने स्थानमा ‘¥यान्डम एन्टिजेन’ परीक्षण बढाउनसमेत मन्त्रालयले आग्रह गरेको छ ।

यसैगरी, बुधबार देशभर ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २ सय ९८ र एन्टिजिन परीक्षणमा ४१ गरी ३ सय ३९ जनामा कोरोना पोजेटिभ देखिएको छ । योसँगै देशभर कुल संक्रमित संख्या २ लाख ७८ हजार ८ सय ९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७४ जना डिस्चार्ज भएका छन् । देशभर निको हुनेको संख्या २ लाख ७३ हजार ५ सय २९ पुगेको छ । हाल, ६५ जना क्वारेन्टाइनमा छन् ।

(Visited 141 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

सप्तरीमा लाग्ने ऐतिहासिक मेला प्रशासनको निर्देशनपछि स्थगित

सप्तरी, राजविराज । नयाँ वर्षको उपलक्ष्यमा सप्तरीको शम्भुनाथ र बोदेबरसाईनमा प्रत्येक वर्ष लाग्दै आएको एक महिने ऐतिहासिक मेला लगातार दोश्रो वर्ष पनि स्थगित भएको...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

साताका लोकप्रिय समाचार

चार सांसदको पद रिक्त हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चारजना सांसदको पद रिक्त भएको सूचना दिने तयारी सभामुख अग्नि प्रसाद सापकोटाले गरेका छन...

न्यु डायमन्ड र हेल्प नेपाल च्याम्पियन

काठमाडौं । होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचांै संस्करणको आरबीबी एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब...

निर्माण व्यवसायी महासंघको २२औं साधारण सभा

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले आवश्यक परेको खण्डमा कानुन परिमार्जन गरेर भए पनि निर्माण व्यवसायलाई समृद्ध बनाउन सरकार प्रतिबद्ध रहेको बताएका...

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले सांसद पदबाट हटायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री राम बहादुर थापा‘ ‘बादल’ लाई राष्ट्रियसभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ । थापाले दल...

जीप दुर्घटनामा प्रशासकीय अधिकृतसहित पाँचको मृत्यु

दाङ । प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृतसहित पाँच जनाको मृत्यु भएको छ । बुधवार बिहान भएको...

ट्रेन्डिङ

छात्रा बलात्कार गर्ने शिक्षकलाई अदालतकाे उन्मुक्ति

डाेटी ।  किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा खेपिरहेका एक शिक्षक जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएपछि पीडितका आफन्त आक्रोशित बनेका छन् । उक्त आदेशको...

टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा...

प्रतिनिधिसभा बैठक : असङ्गठित क्षेत्रका श्रमिकले कहिले सामाजिक सुरक्षा पाउने ?

काठमाडौँ । अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकले श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ ले तोकेको सेवा सुविधा प्राप्त गर्न नसकेको...

सङ्कटा जात्रा र अबिर जात्रा मनाइयो

काभ्रेपलाञ्चोक।  काभ्रेपलाञ्चोकको पनौतीमा हरेक वर्ष फागुन पूर्णिमाको दिन मनाउने सङ्कटा जात्रा र अबिर जात्रा यसपालि पनि धुमधामका साथ मनाइएको छ । यो जात्रा विशेषगरी...

बागलुङमा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाको क्वारेन्टाइनमा बसेका निसीखोलाका एक युवकको मृत्यु भएको छ ।निसीखोला गाउँपालिका–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टिनमै मृत्यु भएको बुर्तिबाङ...

सुन प्रकरणमा काठमाडौं प्रहरी परिसर विवादमा

काठमाडौं । राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ...

विश्रामपुरका स्थानियमाथी एसएसबीको आक्रमण

बारा । बारामा विवाद हुदाँ १२ जना सामान्य घाईते भएका छन । विश्रामपुर गाउपालिका वडा नम्वर ४ बलिरामपुरमा स्थानियवासी र भारतिय सीमा सुरक्षा जवान...

उर्जामन्त्री विद्युत भार प्रेषण केन्द्रमा, ढुक्कले लक्ष्मीपूजा गर्न आग्रह

काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन अनन्त नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडिसी) पुगेका छन् । देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष...

कोरोनाबाट तनहुँकी ७६ वर्षीया महिलाको निधन

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । आँबुखैरेनी–४ निवासी ७६ वर्षीया महिलाको यही भदौ २४ गते काठमाडौँस्थित मनमोहन...

कुखुरा चोरको आरोपमा बावु–छोराको कुटपिटबाट युवकको मृत्यु

दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८...

चन्द्रनिगाहपुर अस्पतालमा एक्सरे बापत पैसा लिइन्छ तर रिपोर्ट दिइँदैन

रौतहट । रौतहटको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुर अस्पतालमा एक्सरे बापतको पैसा तिरे पनि रिपोर्ट नपाउने गरेको गुनासो बढेको छ । बिगत ३ महिनादेखि मेशिन...

प्रचण्डका राजनीतिक गुरु कुँवरको निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)