Monday, May 17, 2021
Home प्रदेश प्रदेश ३ ‘नो मास्क,’ ‘नो इन्ट्री’

‘नो मास्क,’ ‘नो इन्ट्री’

टेनिस रोका,

काठमाडौं । सार्वजनिक यातायातमा मास्क नलगाउने यात्रुलाई अबदेखि ‘नो इन्ट्री’ गरिनेछ । कोरोना नयाँ प्रजाति तीव्र फैलिएसँगै यातायात व्यवसायीले मास्क नलगाउने यात्रुलाई गाडीमा नचढाउने निर्णय गरेका हुन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले मास्क नलगाउनेले सार्वजनिक सवारी साधन चढ्न नपाउने जानकारी दिए । महासंघ वरिष्ठ उपाध्यक्षलाई समेत ‘कोभिड पोजेटिभ देखिएको’ भन्दै उनले ‘नयाँ प्रजाति जताततै फैलिएकाले न्यूनीकरणमा सहज होस्’ भनेर बिनामास्क यात्रुलाई गाडीमा नचढाउने प्रस्ट पारे ।

सार्वजनिक यातायातमा ‘नो मास्क, नो इन्ट्री’ व्यवस्था लागू भएको सिटौलाले राजधानीसँग बताए । ‘अबदेखि मास्क नलगाउनेले गाडीमा चढ्न पाउने छैनन्,’ उनले भने, ‘यसको जिम्मेवारी स्वयं मास्क नलगाउने हुनुपर्नेछ, यो जानकारी सबैलाई गराउन चाहन्छु ।’

यातायात व्यवसायीले आफूहरूले मात्र सतकर्ता अपनाएर कोरोना प्रकोप न्यूनीकरण गर्न नसकिने भन्दै यात्रुदेखि सम्बन्धित निकायसमेत भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।

कोभिड नियन्त्रण तथा रोकथाम विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, यातायात व्यवसायीसहित सरोकारवाला निकायबीच छलफल भएको छ । छलफलले सरोकारवाला निकायले कोभिड नियन्त्रणका लागि आ–आफ्नो ठाउँबाट भूमिका निभाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क अनिवार्य गर्न, सवारी साधनभित्र सेनिटाइजर व्यवस्था गर्न निर्देशन दिएको छ । लामो दूरीको यातायातमा बीचबाटोमा थप यात्रु नचढाउनसमेत उसले आग्रह गरेको छ ।

प्रशासनले ‘सार्वजनिक यातायातमा यात्रुले मास्क नलगाई आए चालक वा सहचालकले बढीमा १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन’ आग्रह गरेको छ ।

महासंघ महासचिव सिटौलाका अनुसार यातायात आफूहरू सचेत रहेको बताउँदै यात्रु तथा सरकारले पनि दायित्व निर्वाह गर्नुपर्छ । बढी भीडभाड हुने ठाउँमा स्प्रे गर्नुपर्ने, भीडभाड बढी हुने ठाउँ, बसस्टप तथा बसपार्कमा साबुनपानी व्यवस्था गर्नुपर्नेतिर स्थानीय सरकारले ध्यान दिनुपर्ने उनको जोड छ ।

‘सवारी साधन पटक–पटक धुनुपर्ने भनिएकोमा पानी अभाव छ, त्यसको सरकारले व्यवस्था गरिदिनुपर्छ,’ सिटौला भन्छन्, ‘मेलम्चीको पानी आएको छ, सरकारले चाँडै गाडी धुने ठाउँ व्यवस्था गर्नुपर्छ ।’

पछिल्लोपटक कोरोना भाइरसको नयाँ प्रजातिको प्रकोप निकै बढेर गएपछि सरकारले सार्वजनिक यातायात क्षेत्रमा खासै आवश्यक सतर्कता अपनाएको देखिँदैन ।

सरकारले एक महिना काठमाडौं उपत्यकासहित दर्जनभन्दा बढी सहरमा शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिसकेको छ । सार्वजनिक यातायातमा भने सामाजिक दूरी कायम गराउनेलगायतमा ढिलासुस्ती भइरहेको पाइएको छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

सकारात्मक मोडतर्फ एमाले

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) विवाद समाधानार्थ कार्यदल गठन गरिएको छ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता...

साताका लोकप्रिय समाचार

प्रधानमन्त्री ओलीको शपथ आज दिउँसो साढे २ बजे, आजै सानो आकारको मन्त्रिपरिषद गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । दिउँसो साढे दुई जबे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम...

मातृ पूजनको महान् पर्व

  भनिन्छ, ‘मातृदेवो भव’ आमालाई देवता समान मान । यस उक्तिको सन्दर्भ मातातीर्थ औंसीमा गाँसिएको छ । यसरी आमाको महत्व र गरिमालाई प्रकाश पार्दै नेपालमा...

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

ट्रेन्डिङ

चन्द्रनिगाहपुर अस्पतालमा एक्सरे बापत पैसा लिइन्छ तर रिपोर्ट दिइँदैन

रौतहट । रौतहटको उत्तरी भेगमा रहेको चन्द्रनिगाहपुर अस्पतालमा एक्सरे बापतको पैसा तिरे पनि रिपोर्ट नपाउने गरेको गुनासो बढेको छ । बिगत ३ महिनादेखि मेशिन...

घरेलु हिंसामा परेकी महिला भन्छिन्, ‘मेरो खुशी नै खोसियो’

इटहरी । ‘चार बर्ष अगाडि मैले उहाँसँग प्रेम विवाह गरेँ तर प्रेम विवाह गरेको दुई वर्ष नबित्दै मेरो खुशी नै खोसियो,’ इटहरी २ देविथान...

रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवलस्थित । बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान एक कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा सुदर्शन थापाका अनुसार...

पश्चिम नेपालमा वर्षा र हिमपात, मुलुकभर बादल

काठमाडौं । पश्चिमी वायुको प्रभावले सोमबारदेखि मुलुकभरको मौसम बदली भई केही स्थानमा वर्षा, हिमपात र बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका...

सामाजिक दूरीकै बीच २ सय २२ जनालाई बक्स अफिस म्युजिक अवार्ड

काठमाडौं । लकडाउनकै बेला सामाजिक दूरी कायम गर्दै काठमाडौंमा रसिया संस्करणअन्तर्गतको ‘नेसनल बक्स आफिस म्युजिक अवार्ड –२०७६’ प्रदान गरिएको छ । रसियामा हुने यो...

‘उच्च पहाडमा बस्ने मानिसलाई कोरोना संक्रमणको खतरा कम’

वासिङ्टन । उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ ।...

‘एकपटक नाङ्गो फोटो पठाउनुस्’ भन्दै फोन आउला है !

काठमाडौं । प्रविधिको दुरुपयोग गर्दै फेशबुक मार्फत अश्लील फोटो माग्नेहरुप्रति सचेत रहन प्रहरी प्रधान कार्यालय साइबर ब्युरोले आग्रह गरेको छ । केही व्यक्तिले विभिन्न व्यक्तिको...

गाडीको ठक्करबाट एकको मृत्यु, विपी राजमार्ग अवरुद्ध

सिन्धुली । विपी राजमार्ग अन्तर्गत गोलञ्जोर गाउँपालिका ७ तल्लो बारामा सोमबार विहानै गाडीले ठक्कर दिएर एक जनाको मृत्यु भएको छ । गाडीको ठक्करबाट स्थानीय...

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले...

फ्रेन्च ओपन: फर्ममा नाडल

पेरिस । स्पेनिस टेनिस खेलाडी राफेल नाडल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । नाडलले क्वाटरफाइनलमा इटालीका जेनिक सिनरलाई ७–६, ६–४ र ६–१...

तनहुँमा बस र ट्रक एक ठोकिँदा १४ यात्रु घाइते

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार बिहान बस र ट्रक ठोक्किँदा दुर्घटना भएको छ । उक्त दुर्घटना परी १४ जना यात्रु घाइते भएका छन्...

खोलाको जग्गा हाउजिङको नाम पास गरिदिने नापी कार्यालय प्रमुख सहित १७ जना विरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला छेउछाउको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)