लेष्टरको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई २–१ ले विजयी गराउन टिमोथी कास्टाग्ने र केलेची इहिनाचोले एक एक गोल गरे ।

खेलमा पहिलो गोल भने प्यालेसका विल्फ्रेड जाहाले गरेका थिए । यो जितसँगै लेष्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो पारेको छ । प्रिमियर लिगमा शीर्ष चार स्थानमा रहेन टोली च्याम्पियन्स लिगका लागि छनौट हुने प्रावधान छ ।

३३ खेलबाट ६२ अंक जोडेको लेष्टर तालिकाको तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको चेल्सीको ५८ अंक छ । ७७ अंकसहित म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ६७ अंक छ ।

तपाइको प्रतिक्रिया
(Visited 67 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी