Tuesday, May 11, 2021
Home प्रदेश कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

कास्कीमा एकै दिन भेटिए अहिलेसम्मकै धेरै ३१० संक्रमित

विजय नेपाल,

पोखरा । कास्कीमा एकै दिन ३ सय १० जना संक्रमित भेटिएका छन् । यो संख्या एकै दिनमा भेटिएका संक्रमितमध्ये उच्च हो ।

प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका अनुसार गण्डकीमा गएको २४ घण्टामा ९ सय ३ पिसिआर परीक्षणमा ४ सय २९ संक्रमित भेटिएका हुन् । प्रदेशका अन्य जिल्लाका तुलनामा कास्कीमा सबैभन्दा धेरै संक्रमित भेटिएका हुन् । यो सहित कास्कीमा हालसम्म सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ७८ जना पुगेको छ । कास्कीमा हालसम्म १ सय ३१ जनाको मृत्यु भएको छ ।

गण्डकीमा भने कुल संक्रमित संख्या १९ हजार ८ सय ५३ पुगेको छ । तीमध्ये १७ हजार ७२ निको भएका छन् भने २ सय ३५ को ज्यान गएको छ । गएको २४ घण्टामा ६३ जना निको हुँदा ३ जनाले ज्यान गुमाए । हाल प्रदेशभर २ हजार ३ सय ५४ जना होम आइसोलेसनमा बसेका छन् ।

गएको २४ घण्टामा नवलपुरमा ५१, स्याङ्जामा ४, बागलुङ ३३, तनहुँ १६, लमजुङ ८, मुस्ताङ ४ पर्वत र म्याग्दीमा १÷१ जना संक्रमित भेटिएका हुन् ।

आइसियुमा ३४, भेन्टिलेटरमा ३ र एचडीयुमा १४ जनाको उपचार भइरहेको स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले बताए ।

कास्कीपछि सबैभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्ला हो, बागलुङ । बागलुङमा हाल २ सय २२ सक्रिय संक्रमित छन् ।
गण्डकी प्रदेशको राजधानी पोखरामा दिनानुदिन कोरोनाका संक्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञा कडाइ गरेको छ । अघिल्लो दिनको तुलनामा मंगलबार पोखराको बजार सुनसान भयो । सडकमा पातलो संख्यामा मात्रै सवारीसाधन गुडेका थिए । मानिसहरु पनि बाहिर खासै निस्केका छैनन् ।

प्रशासनले गत वैशाख १५ देखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरेकोमा कोरोनाको महामारी बढ्दै गएपछि कडाइसहित अवधि थपेको हो । वैशाख २१ देखि ३१ सम्म अत्यावश्यक कामबाहेक बाहिर निस्कन पाइने छैन भने छुट प्रदान गरिएका बाहेक निजी तथा सार्वजनिक यातायातका साधन चल्न रोक लगाइएको छ ।

दैनिक उपभोग्य बस्तुहरुका पसल बिहान ५ देखि ९ बजेसम्ममात्रै संचालन गर्न सकिने भएपछि दिउँसो ती पसल सबै बन्द छन् । बैंक तथा वित्तीय संस्थाहरु एक चौथाइ मात्र राखेर संचालन गरिएको छ ।

गाडीमा जोरबिजोर प्रणाली हटाइएको छ । मठ मन्दिरहरुमा नित्य पूजामात्र गर्न सकिने भए पनि अन्य कार्य गर्न पाइने छैन । बिहान ५ देखि ९ बजेसम्म डिपार्टमेन्ट स्टोर्सहरुको हकमा खाद्यान्न सामान बिक्री गर्न पाइनेछ ।

ढुंगा, गिट्टी, बालुवा, रड, सिमेन्ट जस्ता निर्माण सामग्री बोक्ने सवारीसाधन दिउँसो १ देखि साँझ ५ बजेसम्म संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए ।

(Visited 34 times, 1 visits today)
Loading comments...

आजको समाचार

काठमाडौंलाई बदला लिने अवसर

खुकुरी नेपाल सुपर (एनएसएल)को प्ले अफका खेल मंगलबारदेखि सुरु हुँदै छन् । प्ले अफको पहिलो खेलमा लिगको शीर्ष स्थानमा रहेका काठमाडौं रेजर्स र धनगढी...

रेल चालकका लागि विज्ञान, प्लस टु उत्तीर्णले अनुमति पाउने

काठमाडौं । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को...

एमालेमा ह्वीप उल्लंघन गर्ने कारबाहीमा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले विश्वासको मत दिन अनुपस्थित भएर ‘ह्वीप’ उल्लंघन गर्ने आफ्ना सांसदलाई कारबाही गर्ने भएको छ । संसद्मा प्रधानमन्त्री केपी...

अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिबलमा छानियो महानगर

कोरोनाको संक्रमणका कारण यतिबेला विश्वका धेरै देशमा लकडाउन जारी छ । तथापि त्यहाँ विभिन्न महोत्सवको तयारी रोकिएको छैन । यस्तै अमेरिकाले आयोजना गर्ने ब्रुकलिन...

संक्रमितलाई शीघ्र सेवा देऊ

कोरोना महामारीको दोस्रो लहरको संक्रमण बढी भयानक देखिँदै गइरहेको छ । यो अवस्थामा स्वास्थ्य मन्त्रालयलगायत स्वास्थ्यसँग सम्बन्धित सबै निकाय महामारी संक्रमित बिरामीका लागि शीघ्र...

साताका लोकप्रिय समाचार

बिग्रेको सडकमा कमजोर एम्बुलेन्स कुदाउदा बाटैमा मृत्यु हुन्छ संक्रमितको

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ९ की ४५ बर्षिय महिलालाई उपचारका लागि पोेखरा लैजादै गर्दा एम्बुलेन्स भित्रै मृत्यु भयो । १० दिन देखि रुघाखोकी,...

३ हजार ९ सय १३ जना कोरोना संक्रमण मुक्त, ६ जनाको मृत्यु

चुरो/ मकवानपुर । पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमित संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ३ हजार ९ सय १३ पुगेको जिल्ला...

गण्डकीमा थप १० संक्रमितको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितमध्ये थप १० जनाको मृत्यु भएको छ । तीमध्ये कास्की, म्याग्दी, पर्वत, स्याङ्जा २/२ जना तथा रुपन्देही र...

शम्भुजितको गीतमा पुष्प र सुनिसाको प्रेम

काठमाडौं । वरिष्ट संगीतकार शम्भुजित बास्कोटा र गायिका मञ्जु थापाको युगल स्वरमा नयाँ गीत ‘पा¥यो माया जालैमा ...’ बजारमा आएको छ । बासकोटाले यो...

श्रीमतीको बद्नाम गरेपछि छिमेकीलाई पेट्रोल छर्केर आगो लगाइदिए

सर्लाही । गएको २० बैशामा पुरुषलाई पेट्रोल छर्केर आगो लगाई बिभत्स हत्या गरी फरार भएका युवा पक्राउ गरेका छन् । पक्राउ पर्नेमा घारीबथानका ३५...

ट्रेन्डिङ

सरकारी अड्डा सुधारका एक दर्जन अचुक अस्त्र

दुनियाँमा सबैले आआप्mनो पहिचान बनाएका छन् । यसमा कोही लोकप्रिय छन्, कोही बदनाम । आगोको गुण पोल्ने, न्यानोपना दिने, खाना पकाउनेलगायत हो । पानीको...

दुई दिने बिदाको गलत प्रस्ताव

विश्वव्यापी महामारी नोवेल कोरोना भाइरस ‘कोभिड–१९’ले विश्वको आर्थिक गतिविधि प्रभावित भएकोे छ । नेपाल पनि यसबाट अछुतो छैन । नेपालको अर्थतन्त्रको एक प्रमुख सहयोगी...

विदेशमा गरेको दुःख सम्झदै बोयर स्यहार्दै

पाल्पा । वैदेशिक रोजगारीको अनुभव लिएका पाल्पाका युवाहरुले पशुपालन र कृषि व्यवसायमा लाग्न थालेका छन् । विदेशमा गरेको काम अनुभव र त्यहाँको दुःखलाई सम्झेर...

स्कुल खोल्न सकिन्छ त !

बाबा ! मैले त स्कुल जाने बाटो नै बिर्सिसकें । साथीहरू र शिक्षकको अनुहार बिर्सिसकें । स्कुल कहिले खुल्छ ? अनलाइन कक्षा सकिनेबित्तिकै छोरीले...

संकट समाधानार्थ प्रतिरक्षा विश्वविद्यालय

मार्सल म्याकलुहानले प्रविधिमा भएको उच्चस्तरको विकासले गर्दा संस्कृति द्रुत्ततर गतिमा संसारभर फैलिरहेका तर अर्को ढंगले संकुचित पनि भइरहेका छन् भन्ने मनसाय अभिव्यक्त गर्न सर्वप्रथम...

समयमै उपचार नपाउँदा अत्यधिक रक्तश्रावले दैलेखमा सुत्केरीको मृत्यु

दैलेख । दैलेखको पश्चिम ठाटीकाँधमा अत्याधिक रक्तश्रावले सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ठाटीकाँध गाउँपालिका १ की २३ बर्षिय पार्वती शाही हुन् । शुक्रवार...

कोरोना संक्रमणबाट नेपालमा प्रत्येक दुई घण्टामा एकको मृत्यु

काठमाडौं । प्रत्येक दुई घण्टामा एक कोरोना भाइरस संक्रमितको मृत्यु हुने गरेको पाइएको छ । पछिल्लो साता आधार मान्दा प्रत्येक दुई घण्टा ४० मिनेटमा...

विवादित विषयमा सेनापतिलाई जवाफ दिन लगाउनु गलत हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे कुनै पनि देशले आफ्नो सेनापतिलाई बोल्न लगाउनु उपयुक्त नहुने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक...

किर्ते गरेको आरोपमा दुईजना पक्राउ

धनकुटा । धनकुटामा नागरिकता र राहदानी किर्ते गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका–२ का ३० बर्षीय भीमराज...

दंग टाइगर

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ यतिबेला गायकको रूपमा चर्चामा छन् । केही दिनअघि मात्र उनको स्वरमा पहिलोपटक रेकर्ड भएको गीत श्रोता–दर्शकमाझ आयो ।...

८ लाख नेपालीले सित्तैमा बिजुली बाल्न पाउने

काठमाण्डौं । नेपाल विद्युत प्राधिकरणका आठ लाख ग्राहस्थ (घरेलु) ग्राहकले निःशुल्क विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा बिहीबार संघीय...

बलात्कारको आरोपमा एक युवक पक्राउ

डोटी । युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 152 times, 1 visits today)