बागलुङ । अक्सर बिरामीहरु सफल उपचार पाईने आसामा जिल्ला–जिल्लाबाट राजधानीका सुविधा सम्पन्न अस्पतालमा जाने गर्छन् । उपचारको लागि पर्याप्त पूर्वाधार भएको कारण पनि उपचार गर्न सक्ने क्षमता भएका आफ्न्तले बिरामीलाई ठूला सहरका अस्पताल नै पुर्याउने गरेको पाईन्छ ।
कोरोनाको दा्रेस्रो लहर व्यापक रुपमा फैलिए पछि राजधानीका अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि बेडाको अभाव हुन थालेको छ । कोरोनाका जटिल प्रकृतिका बिरामीले समय बेड पाउन नसके प्राण बचाउनको लागि जिल्लामा सञ्चालित अस्पताल रोज्न थालेका हुन ।
बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा– ३ घर भई काठमाडौं बस्दै आएकी ३१ बर्षिया एक महिलाले काठमाडौंमा बेड नपाएपछि मह्गो रकम तिरेर एम्बुलेन्समार्फत बागलुङको धौलागिरी अस्पतालमा उपचारको लागि बेड खोज्दै आईन् ।
काठमाडौंमा बेड नपाएपछि ५० हजार रुपियाँ तिरेर एम्बुलेन्समार्फत धौलागिरी अस्पतालमा आएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।
संक्रमित भएपछि काठमाडौंको अस्पतालहरुमा बेड खोजी गर्दा सहज तरिकाले बेड नपाएको कारण जिल्लामा खबर आएपछि धौलागिरि अस्पतालमा बेडको व्यवस्था गरेको बताए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र वि.क. पोखरेलले काठमाडौंमा सहज तरिकाले बेड पाइएन भन्ने खबर प्राप्त भएपछि बिरामीलाई अस्पतालमा बेडको व्यवस्था गरिएको बताए ।
‘काठमाडौंमा कोठा भाडामा बस्दै आउनुभएको रहेछ,’ निमित्त मेसु डा. पोखरेलले भने ‘कोरोना संक्रमण भएको चार दिनपछि उहाँलाई स्वास फेर्ना गाह्रो भएपछि अस्पतालमा बेडको खोजी गर्दा काठमाडौंमा सहज तरिकाले बेड नपाएको भन्दै जिल्लामा खबर आएकोले हामीले आउन अनुमति दिएका थियौं ।’ उनले भने । ‘सोमबार आइसोलेसनमा भर्ना हुनुभएको छ ।’ निमित्त मेसु डा. पोखरेलले संक्रमित महिलालाई ज्वरो, खोकी र अक्सिजनको कमि रहेको बताए ।