Sunday, June 13, 2021
Home Editor-Picks कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

राजधानी समाचारदाता,

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या १० पुगेको अस्पतालले जनाएको छ । गत वर्षभन्दा यो वर्ष सङ्क्रमण फैलिने दर उच्च भएकाले सङ्क्रमित थपिरहेको अस्पतालले जनाएको छ ।

एक सातायता दिनमा एकदुईजना देखिएकामा आज एकै दिन बढी सङ्ख्या देखिएको अस्पतालका प्रवक्ता डा कृष्णप्रसाद विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्क्रमण सबैतिर बढिरहेमा यहाँ पनि बढ्न सक्छ ।” कोभिडकै उपचारका लागि तोकिएको अस्पताल नभएकाले अरू स्वास्थ्य समस्या लिएर आएका बिरामीको परीक्षण गर्दा कोभिड पाइएको अस्पतालले जनाएको छ । रुघा, खोकी, ज्वरो, निमोनिया भएर आएका ती बालबालिकामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा विष्टले बताउनुभयो । अस्पतालले कुनै पनि बालबालिका अस्पताल छिर्नासाथ ज्वरो हेर्न ‘फिबर क्लिनिक’ को व्यवस्था गरेको छ । कोभिडसँग मिल्दो लक्षण भएका शङ्कास्पद बिरामीलाई छुट्टै वार्डमा राखिने गरिएको प्रवक्ता डा विष्टले बताउनुभयो ।

बालबालिकाको रिपोर्ट पोजेटिभ भएमा कोभिडका लागि छुट्याइएको श्ययामा उपचार गरिन्छ । सङ्क्रमित नभएको पाइएमा अरू सामान्य श्ययामा उपचार गरिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि अस्पतालमा कोभिडभन्दा अरू बिरामी धेरै छन् ।” अस्पतालले नियमित सेवालाई निरन्तरता दिइरहेको भए पनि सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा घोषणा गरेपछि बिरामीको सङ्ख्या ह्वात्तै घटेको अस्पतालले जनाएको छ । सामान्य अवस्थामा बहिरङ्ग सेवा, आकस्मिक सेवा गरेर दैनिक सातदेखि आठ सयसम्म बिरामी आउने गरेका थिए । अहिले दैनिक झण्डै एक सयदेखि डेढ सयसम्म छ । उहाँले भन्नुभयो, “यातायातको साधन नभएकाले पनि आउन नसकेको हुनसक्छ ।” अस्पतालले दुई भेन्टिलेटर र चार आइसियुसहित २६ श्यया कोभिड सङ्क्रमित बालबालिकाका लागि छुट्याइएको छ ।

राससका अनुसार यी सबै श्ययामा अक्सिजनको व्यवस्था छ । सङ्क्रमितको सङ्ख्या बढेर आवश्यक भएमा थप श्ययाको व्यवस्था गर्न सकिने उहाँले बताउनुभयो । अस्पतालले शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पहिले कोभिड परीक्षण गर्दै आएको छ । परीक्षण गर्दा नेगेटिभ भएमा तुरुन्त शल्यक्रिया गरिने र पोजेटिभ भएका बिरामी, जसलाई केही दिन ढिलाइ गर्दा स्वास्थ्यमा असर गर्दैन भने तत्काल नगरिने उहाँले बताउनुभयो । तत्काल नै शल्यक्रिया आवश्यक भएका सङ्क्रमितलाई चिकित्सकले पिपिई लगाएर शल्यक्रिया गर्दै आएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अघिल्लो वर्ष पनि त्यसरी नै सङ्क्रमित बालबालिकालाई शल्यक्रिया गरेका थियौँ ।”

देशभर जम्मा सङ्क्रमित बढेपछि त्यसमा बालबालिकाको सङ्ख्या पनि बढेको छ । सरकारी तथ्याङ्कमा जम्मा सङ्क्रमितमध्ये बालबालिका सङ्ख्या एकदेखि दुई प्रतिशत बढेको उल्लेख छ । अहिलेसम्म अस्पताल आएकामा जटिल समस्या भएका बालबालिका नभएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अरू उमेर समूहजस्तै बालबालिका पनि धेरै ‘होम आइसोलेशन’ मा रहेको हुनसक्ने देखिएको छ ।

गत वषजस्तै बालबालिकामा सङ्क्रमण हुँदा रुघाखोकी, पखाला, जीउ दुख्नेलगायत लक्षण बढी मात्रामा देखिरहेको छ । बालबालिकामा समस्या आएमा अस्पताल लगे पनि सामान्य अवस्थामा घरमा नै राखेर हेरचाह गर्न सकिने प्रवक्ता डा विष्टको सुझाव छ । अहिले विद्यालय बन्द भएकाले धेरै बालबालिका घरमै छन् । उनीहरुलाई अरूभन्दा आफ्नै अभिभावकबाट सङ्क्रमण सर्ने सम्भावना बढी छ । बालबालिकालाई कोभिडबाट बचाउन अभिभावक आफैँ सुरक्षित हुनुपर्ने डा विष्टको सुझाव छ । आफू विवाह, व्रतबन्धलगायत भीडभाडमा नजाने र कतै अत्यावश्यक कामका लागि हिँड्नुपर्दा सुरक्षाको मापदण्ड अपनाउनुपर्छ । बालबालिकालाई यो समयमा पनि नियमित लगाउने खोप लगाउनुपर्ने उहाँको सुझाव छ ।

अभिभावकले पनि कोभिड विरुद्धको खोप उपलब्ध भएसम्म लगाउन आवश्यक छ । बालबालिकालाई सामान्य ज्वरो र खोकी हुँदा घरमा नै औषधि खुवाएर राख्न सकिन्छ । उहाँले भन्नुभयो, “तर उनीहरुलाई सास फेर्न गाह्रो भएमा, ज्वरो उच्च भएमा, बेहोस हुने र सास फेर्न समस्या हुँदा अस्पताल लैजानुपर्छ ।”

(Visited 49 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

साताका लोकप्रिय समाचार

मोटरसाइकल दुर्घटनामा आमाको मृत्यु, छोरा घाइते

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ...

उपचाररत मोडल निशालाई आर्थिक सहयोग गर्नेहरु बढ्दै

  काठमाडौं । मोडल तथा कलाकार निशा घिमिरेको उपचार सुरु भएसँगै उनलाई आर्थिक सहयोग पनि जुट्न थालेको छ । यसै क्रममा उनलाई चलचित्र विकास बोर्डद्वारा...

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

कोभिडको मौका छोप्दै कालो ढुसी

  २० मे २०२१ मा भारतको सञ्चार मन्त्रालयले भारतीय भेरियन्ट लेखिएका सबै पोस्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन दियो । विश्वका ५० बढी देशमा महामारीका...

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा...

ट्रेन्डिङ

नयाँ दिल्लीमा कोठी सञ्चालन गर्ने रुकमाया पक्राउ

काठमाडौं । भारतको नयाँ दिल्लीस्थित जिबी रोडमा बेश्यालय (कोठी) संचालन गरी बस्ने नुवाकोट दुप्चेश्वर नगरपालिका–२ घर भएकी (चमेली) सिता तामाङ भन्ने ६२ वर्षीया रुकमाया...

चीनलाई उपहार दिएको गैंडामध्ये एकको मृत्यु

ललितपुर । चीन सरकारलाई उपहारस्वरूप दिइएको दुई जोडीमध्ये एक गैंडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई वाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र...

पोखरेलको ‘रिभर इन दि मिरर’ बुसानको एपीएममा

काठमाडौं । निर्माता रामकृष्ण पोखरेलले निर्माण गर्न लागेको फिल्म ‘रिभर इन दि मिरर’ बुसानको एसियन प्रोजेक्ट मार्केट (एपीएम)मा छनोट भएको छ । भुटानी निर्देशक...

बिरामीलाई सकस: शुल्कमा मनोमानी

काठमाडौं । कोरोना भाइरस परीक्षण र उपचारका नाममा सरकारी अस्पतालले खुलेआम शुल्क असुल्दै आएको पाइएको छ । लक्षण देखिएकाको समेत ‘परीक्षण र उपचार’ भन्दै...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । मिर्गौला प्रत्यारोपणको दोस्रो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको छ । प्रधानमन्त्री ओलीले तरल चीजहरु खान थाल्नुभएको र...

मकवानपुरमा चट्याङ लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

हेटौँडा । मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने...

लिदी पहिरोः मृतकको संख्या २४ पुग्यो

चौतारा । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई...

मकुना हात्तीले फेरि मान्छे मार्यो

इटहरी । कोशीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको ‘मकुना’ हात्तीले फेरि अर्का एक स्थानीयको ज्यान लिएको छ । सुनसरीको कोशी गाउँपालिका–५ श्रीपुर बस्ने २७ वर्षीय मोतीलाल...

मेस्सी र रोनाल्डो मनोनयन बाहिर

नियोन । आधुनिक फुटबलका हस्तीद्वय क्याटलान क्लब बार्सिलोनाका कप्तान लियोनेल मेस्सी र इटालियन क्लब युभेन्ट्सका सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यूईएफए च्याम्पियन्स लिगको ‘फरवार्ड अफ...

असारे धान सार्वजनिक

काठमाडौं । असार महिना विशेष गरी धान रोप्ने महिना भनेर चिनिन्छ । यसै महिनालाई लक्षित गर्दै विशाल मुभिज प्रालिले बजारमा लोकगीत असारे धान सार्वजनिक...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

कोरोना संक्रमितलाई दु्र्व्यवहार गर्ने ५६ जनालाई कारवाही

लमजुङ । लमजुङमा कोरोना भाइरस (कोभिड १९) बारे अफवाह फैलाउने ५६ जना कारवाहीमा परेका छन् । उनीहरूलाई जिल्ला प्रशासन कार्यालयले कारवाही गरेको हो । कोरोना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)