रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ ।
गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु, गौर नगरपालिकाको सहयोगमा गौर नर्सिङ इन्ष्टिच्यूटमा १० वेड र चन्द्रपुर, वृन्दावन, गढीमाई गरुडाको सहयोगमा ४६ वेडको चन्द्रपुरको सहिद पार्कमा कोभिड अस्पताल निमार्ण भएको हो ।
जिल्ला कोभिड संकट व्यवस्थापन समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु र ४ बेडको भेन्टिलेटरको सहितको सुबिधा भएको अस्पताल निमार्ण कार्य भइरहेको जानकारी दिएका छन् ।
ति अस्पतालहरु केही दिन मै संचालनमा आउने प्रजिअ यादबले बताएका छन । हाल सम्म रौहतटमा १ सय ९० जना सक्रिय संक्रमित रहेका छन । संक्रमितहरु सबै होम आइसुलेसनमा रहेका छन । कोरोना संक्रमणको कारण रौतहटमा पछिल्लो पटक २ जनाको ज्यान गइसकेको छ ।






