कोरोनाबाट अभिभावक गुमाएकाको पीडा गीतमा

काठमाडौं । अहिले कोरोनाका कारण नेपालमा मृत्युदर बढेको छ । जसका कारण कैयौं बालबालिका अनाथ भएका छन् । उनीहरू निरास भएका छन् तड्पिएका छन् ।

यही समस्यालाई गीतमा समेटिएको छ । यस्तो समस्याबाट मुक्ति चाहने दिदीभाइको कथालाई समेटेर नयाँ गीत डन्ट टेक मी…को भिडियो यतिबेला रिलिज गरिएको छ । यो गीत अंग्रेजी भाषामा तयार गरिएको छ ।

यो गीतको रचना विजयदीप गिरीले गरेका हुन् । जसमा भिडियो निर्देशन पनि गिरीकै रहेको छ । गीतलाई शीतल मोक्तानले गाएकी छन् । जसमा सरोज प्याकुरेलको संगीत, मनोहर सुनामको संगीत संयोजन रहेको छ ।

गीतलाई भोला पौडेलले मिक्सिङ रहेका हुन् । गीत युट्युबमार्फत रिलिज भएको छ । गीतले कोरोनाका कारण असहज परिस्थितिमा पुगेका जोकोहीलाई सहयोग गरांै भन्ने सन्देश दिन खोजेको निर्देशक विजयदीप गिरीले बताएका छन् ।

यो गीतको भिडियो निकै मार्मिक बनेको छ । भिडियोको कथाअनुसार कोरोनाका कारण दुवै बाबुआमा गुमाएर अनाथ भएका दिदीभाइ तड्पिन्छन्, आत्तिन्छन् र मृत्युपछि आमाबाबुलाई पशुपतिमा लगेर जलाए होलान् भनेर पशुपतिमा लासहरू जलाएको हेर्दै आत्तिन्छन् । दिदीलाई भाइ सम्हाल्न धौधौ पर्छ । हिजोको आमाबुबासँगको सुखद जिन्दगी सम्झेर दुवै तड्पिन्छन् । यस्तो बेला विदेश बसेका मामा एक्कासी भगवान् बनेर आउँछन् र ती भान्जाभान्जीलाई माया गर्छन् ।

गीतमा विदुषी साह, अल्भिन जङ गिरी, कमल पुरी र मन्जरी दवाडीको अभिनय रहेको छ । बासु बरालले छायांकन गरेको यो गीतको भिडियोमा राजेश कुमारको सम्पादन रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 350 times, 1 visits today)

epaper

ताजा समाचार

जापानले नेदरल्यान्ड्सले हराउन सक्ला ?