Sunday, June 13, 2021
Home प्रदेश सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले गरे कोभिड अस्पताल सञ्चालन

सुनकोशी र लिसंखुपाखर गाउँपालिकाले गरे कोभिड अस्पताल सञ्चालन

निजी क्षेत्रबाटै सञ्चालित अस्पतालमा संक्रमितको उपचार गरिने

दिनेश थापा,

सिन्धुपाल्चोक । कोरोना संक्रमितहरु बढ्दै गएपछि सिन्धुपाल्चोकमा निजी क्षेत्रबाट सञ्चालित पहिलो सिन्धु सदावहार अस्पताललाई कोरोना संक्रमितहरुको उपचारका लागि प्रयोग गरिने भएको छ ।

सुनकोशी गाउँपालिका र लिसंखुपाखर गाउँपालिका भित्रका कोरोना संक्रमित बिरामीहरुका लागि अब सिन्धु सदावहार अस्पतालमा नै उपचार गर्ने गरी अस्पतालसँग दुइ गाउँपालिकाले सम्झौता गरेका छन् ।

संक्रमितहरुको उपचारको लागि धुलिखेल लगायतका अस्पतालमा बेड नपाउने भएपछि दुइ गाउँपालिकाले सिन्धु सदावहार अस्पतालसँग सम्झौता गरेर कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने तयारी गरेको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष कमल नेपालले जानकारी दिए । अस्पतालको एउटा ब्लकलाई कोरोना संक्रमितहरुको उपचारको लागि प्रयोग गर्ने र अन्य विरामीहरुको उपचार यस अघिकै ब्लकमा गर्ने गरी अस्पतालसँग सहमती भएको छ अध्यक्ष नेपालले भने ‘कोरोना संक्रमितहरुको छुट्टै ब्लकमा र अन्य बिरामीको छुट्टै ब्लकमा उपचार हुने छ ।’

अस्पतालसँग भएको स्वास्थ्य उपकरण,जनशक्ति लगायत तत्कालका लागि सबै प्रयोग हुने र नपुग जनशक्ति र स्वास्थ्य सामग्री दुवै गाउँपालिकाले व्यवस्थापन गर्ने सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जिसी(विनोद)ले जानकारी दिए ।
‘अस्पतालसँग जनशक्ति अपुग रहेछ,हामी दुवै गाउँपालिकासँग भएका नर्सहरु सदावहारमा पठाउँछौ डाक्टरहरु अस्पतालकै प्रयोग गर्ने सहमती भएको छ’ अध्यक्ष जिसीले भने ‘अस्पतालमा दक्ष डाक्टरहरु र अन्य सुविधा पनि भएको हुदा गाउँपालिकाहरुले अस्पतालसँग सहमती गरेका छौ ।’

कोभिड अस्पतालको रुपमा अस्पताललाई प्रयोग गरेपछि अन्य विारमीहरु डराएर नआउँदा अस्पताललाई आर्थिक भार हुने भएपछि दुइ गाउँपालिकाले अस्पताल सञ्चालनको लागि सुरुमा पाँच/पाँच लाख रुपियाँ अनुदानको रुपमा उपलब्ध गराउने निर्णय भएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष नेपालले जानकारी दिए ।

गाउँपालिकाहरुमा भएको स्वास्थ्य चौकीमा केही उपकरणसहित कोरोना संक्रमितहरुको उपचारको लागि बेडहरु तयार गरिए पनि स्वास्थ्य चौकीहरुमा डाक्टरहरु नहुदा उपचारमा समस्या हुने भएकाले निजी क्षेत्रबाटै सञ्चालन भएको अस्पतालमा उपचारको लागि सुरु गरिएको सुनकोशी गाउँपालिकाका अध्यक्ष जिसीले जानकारी दिए ।

कोरोना संक्रमितहरुको आइतबारदेखि सिन्धु सदावहार अस्पतालमा उपचार सुरु गरिने जिसीले जानकारी दिए । प्रदेश सरकारको स्वास्थ्य कार्यविधि अनुसार नै कोभिड अस्पताल सञ्चालन गरिने तयारी भएको दुवै गाउँपालिकाका अध्यक्षहरुले जानकारी दिएका छन् । दक्ष जनशक्ति सहित भएको अस्पतालमा कोरोना संक्रमितहरुको उपचारको लागि गाउँपालिकाले पहल लिएपछि दुवै गाउँपालिकाका स्थानीय खुसी भएका छन् ।

(Visited 395 times, 1 visits today)
Loading comments...

आजको समाचार

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

हिमाल सागर असारदेखी अमेरिकामा कन्सर्टमा सहभागी हुने

  काठमाडौं । अमेरिकामा एकल सांगीतिक कार्यक्रम गर्न गएका गायक हिमाल सागरले त्यहाँ कोरोनाको महामारीका कारण कन्सर्ट गर्न पाएका थिएनन् । अब भने यही ५...

मैदानमै कप्तान ढलेपछि डेनमार्क पराजित

डेनमार्कका कप्तान क्रिष्टियन एरिसन मैदानमा घाइते भएपछि गएरातीको खेलमा फिनल्याण्ड विजयी भएको छ । पार्कन स्टेडियममा भएको खेलमा फिनल्याण्डले डेनमार्कलाई ०-१ गोलले पराजित गरेको...

उपत्यकामा निषेधाज्ञा एक हप्ता थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बिएको छ ।जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय भएको हो । आइतबार काठमाडौं,...

साताका लोकप्रिय समाचार

सिन्धुलीमा एकैदिन १३३ जनाले जिते कोरोना

सिन्धुली । सिन्धुलीमा एकैदिन १ सय ३३ जनाले कोरोना जितेका छन । होम आइसोलेसन तथा संस्थागत आईसोलेसनमा उपचार गराईरहेका ३८ महिला र ९५ जना...

चुरे दोहनमा लोभी आँखा

आर्थिक वर्ष २०७८-७९ आयव्ययको सार्वजनिक बजेट वक्तव्यमा वातावरणीय मूल्यांकनको आधारमा खानीजन्य ढुंगा, गिटी बालुवा निकासी गरी व्यापारघाटा कम गरिनेछ र निकासी गरिने खानीजन्य निर्माण...

गाउँ फर्कन लागेका आसिफलाई गायनमा भ्याई नभ्याई

काठमाडौं । विगत डेढ महिनादेखि जारी निषेधाज्ञाका कारण काठमाडौंमा रहेका कतिपय गायक गायिका फुर्सदमा छन् । तर, पछिल्लो समय भाइरल भएका गायक आफिल खानले...

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

  इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ...

ट्रेन्डिङ

भारतमा कोरोनाबाट मङ्गलबार बिहानसम्म ११४ को मृत्यु

एएनआई । भारतमा कोरोनाको सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्न थालेको छ । मङ्गलबार बिहानसम्म यसबाट ज्यान गुमाउने नागरिकको संख्या ११४ पुगेको भारतीय...

जलवायु परिवर्तन र स्वास्थ्य

डा. प्रकाश बुढाथोकी वातावरणको परिवर्तनले संसार तातेको छ र यस शताब्दीको अन्त वा सन् २१०० सम्म अझ ६ डिग्री सेल्सियस बढ्ने अनुमान छ । यसैका...

केयुकेएलमा फेरि एक व्यक्तिका लागि चलखेल

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रमुख कार्यकारी अधिकृत छनोटका लागि पुनः एक व्यक्तिलाई केन्द्रित गरेर कार्यविधि विपरित चलखेल भएको पाइएको छ...

कमिशनको भरमा किसानको सट्टा व्यापारीको धान खरिद गर्दै खाद्य व्यवस्था कम्पनी

वीरगंज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिद गर्नु भन्दा पनि व्यापारीहरुको धान खरिद गरेको रहस्य खुलेको छ । किशानलाई आत्मनिर्भर बनाउन...

स्थानिय तह भन्छ ‘विद्यालय खोलौँ’, प्रशासन भन्छ ‘हुँदैन’

इलाम । इलामका स्थानीय तहले एक साता अघि विद्यालय खोल्ने निर्णय गर्यो । स्थानीय तहहरुले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नवित्दै प्रशासन कार्यालयले...

राष्ट्रपतिसँग सार्क महासचिवको भेट

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनले राष्ट्रपतिभवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका छन्...

नीति तथा कार्यक्रमः कोरोनाविरुद्धको अभियानदेखि पहिचानका योजनामा केन्द्रित

बागलुङ । बागलुङ नगरपालिका बागलुङले आगमी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कोरोना महामारी विरुद्धको अभियानदेखि नगर पहिचानका पूर्वधारा निर्माण योजना समावेश गरिएको...

नबन्दै भत्कियो सडकको नाला

सिन्धुली । कमलामाई नगरपालिकाद्वारा ठेक्का प्रक्रियामा बन्दै गरेको कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला बनि नसक्दै भत्किएको छ ।...

एमाले र जसपा सत्ता सहकार्य नजिक

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रतिपक्षी जनता समाजवादी पाटी (जसपा) सत्ता सहकार्य नजिक पुगेका छन् । दुवै पक्षबीच सत्ता सहकार्य गर्ने...

कोरोनालाई लापर्बाही नगरौं

नेपालमा कोरोना दोस्रो लहरको जोखिम उच्च हुँदै जाँदा पनि जनसाधरणले सावधानी नअपनाएर लापार्बाही गरेको पाइएको छ । यसले दोस्रो लहरको जोखिमलाई बढावा दिने सहजै...

राजस्व छलीको मुद्दा फछ्र्योटमा सधैं ढिलाइ, कसरी छलिन्छ ? 

काठमाडौं । सरकारले राजस्व छलीको मुद्दा छिटो टुंग्याउन तीन तहका अदालतबाट दुई तहका अदालतले मात्रै हेर्ने व्यवस्था गरे पनि मुद्दाको फछ्र्योटमा ढिलाइ भइरहेको छ...

सप्तरीको रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव

सप्तरी । सप्तरी जिल्लास्थित एक मात्र सदरमुकाम राजविराजमा रहेको रक्तसंचार सेवा केन्द्रमा रगतको अभाव भएको छ । रगत अभावले समस्या भएपछि केन्द्रले गरेको आग्रहमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)