Friday, June 18, 2021
Home Editor-Picks अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

अस्पतालकाे भेन्टिलेन्टर हेर्दै ज्यान गुमाउँछन् कोरोना सङ्क्रमित

सरकारले भेन्टिलेटर दियाे, जनशक्ति दिएन

झलनाथ खनाल,

भजनी ।  कैलालीको टीकापुर अस्पतालको उच्च उपचारकक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा कोरोना सङ्क्रमितको उपचार हुन्छ । अस्पतालमा भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या देखिएको छ । उनीहरुलाई अक्सिजन र भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् भने अक्सिजनको जताततै हाहाकार छ । भेन्टिलेटर नचलेपछि उपचारका लागि भर्ना भएका बिरामीले भेन्टिलेटर हेरेर ज्यान गुमाउनु परिरहेको छ । पछिल्लो दुई दिनमा मात्रै टीकापुर अस्पतालमा १४ जनाले ज्यान गुमाएका हुन् । अस्पतालमा दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिएपछि २२ जनाले ज्यान गुमाइसकेका छन् ।

टीकापुर नगरपालिका–१ का ४५ वर्षीय एक पुरुष चार दिनदेखि अस्पतालमा भर्ना भएका थिए । उनमा सुधार नभएपछि आफन्तले भेन्टिलेटरको खाजी गरेर कोहलपुर लैजाने निणर्य गरे । भेन्टिलेटरको सहायतामा उपचार गर्नुपर्ने उनलाई उच्च उपचारकक्षबाट एम्बुलेन्समा राख्दै गर्दा आइतबार ज्यान गयो । “भेन्टिलेटर हुँदासमेत हामीले उपचार पाएनौँ । उपकरण भएर पनि त्यसको प्रयोग नहुँदासम्म कुनै काम नहुँदोरहेछ । आफन्तलाई अकालमै गुमायौँ”, उनका एक आफन्तले भने “उपचारकक्षमा राखिएका तिनै भेन्टिलेटर हेरेर बिरामीले ज्यान गुमाइरहेका छन् । भेन्टिलेटर उपलब्ध गराउने सरकारले जनशक्ति दिन किन कन्जुस्याइँ गरेको होला ?”

कोरोना सङ्क्रमितलाई उपचार गर्ने भन्दै टीकापुर अस्पतालमा स्थापना भएको भेन्टिलेटरसहितको आइसीयू जनशक्तिको अभावमा प्रयोगविहीन भएपछि बिरामी ज्यान गुमाउन बाध्य छन् । एनेस्थेसिया र फिजिसियनको अभावमा सातवटा भेन्टिलेटरसहितको आइसीयू प्रयोगविहीन जस्तै बनेको छ । अस्पतालले लामो समयदेखि एनेस्थेसिया र फिजिसियनको माग गर्दै आएको भए पनि व्यवस्था हुन नसक्दा आइसीयू र भेन्टिलेटरमा भर्ना गरेर उपचार गर्नुपर्ने कोरोना सङ्क्रमित उपचार नपाएर ज्यान गुमाइरहेका छन् ।

अस्पतालले हाल २० शय्याको एचडीयू (उच्च उपचारकक्ष) स्थापना गरेर कोरोना सङ्क्रमितको उपचार गर्दै आएको छ । अस्पतालका मेडिकल सुपेरिटेण्डेण्ट डा रेमकुमार राईले अस्पतालमा उपलब्ध जनशक्ति, स्रोत साधनको प्रयोग गरेर उपचार गरिरहेको बताउछन् । “आंशिकरूपमा भेन्टिलेटर हामीले चलाइरहेका छौँ, हामीले लिएको तालिमका आधारमा उपचार भइरहेको छ”, डा राईले भने “एनेस्थेसियोलोजिष्ट भएको भए भेन्टिलेटर ट्युबको प्रयोग गरेर कृत्रिम श्वास दिएर उपचार गर्न सकिन्थ्यो । एनेस्थेसिया नहुँदा भेन्टिलेटर चलाउन सकिएको छैन । उपकरण भएर पनि जनशक्ति नहुँदा बिरामीलाई जोगाउन मुस्किल हुन थालेको छ ।”

आइसीयू सञ्चालनमा आउन नसक्दा कोरोना सङ्क्रमितलाई थप उपचारका लागि धनगढी र नेपालगञ्ज पठाउनुपर्ने बाध्यता छ । ती ठाउँमा रहेका अस्पतालमा समेत कोरोना सङ्क्रमितले सहजरूपमा उपचार पाउन नसक्दा ज्यान गुमाउनुपर्ने अवस्था आएको हो । स्थानीयवासीले जनशक्तिको व्यवस्थापन गरेर भए पनि तत्काल आइसीयू सञ्चालन हुनुपर्ने माग गर्दै आएका छन् । अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले जनशक्तिको व्यवस्थापन निकै चुनौतीपूर्ण भइरहेको भन्दै आइसीयू सञ्चालनका लागि स्थानीय तहसँग निरन्तर समन्वय गर्दा पनि सफल हुन नसकेको बताए । “गत वर्षदेखि नै एनेस्थेसिया माग्दै आएका छौँ, आफू पनि खोजिरहेका छौँ तर पाउन सकेका छैनौँ”, अध्यक्ष रावलले भन्नुभयो, “सङ्घीय मन्त्रालयका मन्त्री, प्रदेश सरकारका मन्त्रीदेखि सबैलाई भन्दाभन्दै थाकिसक्यौँ, स्थानीय सरकारले पनि सुनुवाइ गरेको छैन । अहिले त फोन पनि उठ्दैन ।” अध्यक्ष रावलले अस्पतालमा भएका पूर्वाधारको प्रयोग गर्ने जनशक्ति नहुँदा बिरामीले अकालमा ज्यान गुमाउनु परिरहेको गुनासो गरे ।

कैलालीको पूर्वी क्षेत्रका टीकापुर, लम्कीचुहा र भजनी नगरपालिकाका साथै जानकी, जोशीपुर, बर्दगोरिया, मोहन्याल गाउँपालिका र छिमेकी बर्दिया जिल्लाको पश्चिमी भेगका पालिकाका बासिन्दाले उपचार सेवा लिँदै आएको यस अस्पतालले विगत लामो समयदेखि नै जनशक्ति अभाव भोग्दै आएको छ । अस्पतालले स्थानीय सरकारसँग आइसीयू सञ्चालनका लागि सर्वदलीय छलफलसमेत गरेको थियो । छलफलमा जनप्रतिनिधि सकारात्मक देखिए पनि छलफलपश्चात भने जनप्रतिनिधिबाट कुनै प्रतिक्रिया नआएको अध्यक्ष रावल बताउछन् ।

कोरोनाको सङ्क्रमणका कारण स्थिति नियन्त्रण बाहिर जान थालेपछि जानकी गाउँपालिकाले एनेस्थेसियालोजिस्टका लागि माग गरेको छ । सोमबार कार्यपालिकाको बैठकले अस्पतालका लागि गाउँपालिकाले खर्च व्यवस्थापन गर्ने गरी निर्णय भएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । उनले पहिले पनि अस्पतालसँग समन्वय भए पनि अन्य पालिकासँग पनि समन्वय भइरहेका कारण निर्णय गर्न ढिलाइ भएको बताउँदै एनेस्थेसियाका लागि खर्च हुन आउने रकम गाउँपालिकाले खर्च गर्ने बताए।

दश विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा हाल पाँच जना मात्रै कार्यरत छन । तीमध्ये तीन करारमा कार्यरत छन् । अध्यक्ष रावलले सुदूरपश्चिम प्रदेश सरकारसँग तत्काल दुई मेडिकल अधिकृत र १५ स्टाफ नर्सको माग गरेको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले हाल सात जना मेडिकल अधिकृत खटाएको छ । रासस

(Visited 75 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश सरकारको प्रभावकारिता

‘सरकारै सरकार ७ सय ६१ सरकारको देश’ ‘एक नागरिक तीन तहका सरकारको शासन’, ‘तीन तहका सरकारलाई कर भुक्तानी गर्ने एक नागरिक’, ‘तीन तहका सरकार...

बाढीपहिरो जोखिमबाट बच्न भौगर्भिक अध्ययन जरुरी

अहिले पनि सिन्धुपाल्चोकलगायतका भूबनोट कमजोर भएका जिल्ला बाढी तथा पहिरोबाट निकै प्रभावित भएका छन् । यी जिल्लामा २०७२ सालको भूकम्पपछि लगातार धनजनको क्षति हुँदै...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

किन गिजोलियो सविता भण्डारी ‘हत्या’ प्रकरण

  काठमाडौं । दुई साताअघि मृत भेटिएकी सविता भण्डारीको हत्या भएको भन्दै माइती पक्षले प्रहरीमा किटानी जाहेरी दिए । २८ वर्षिया सविताको मृत्यु सम्बन्धी मुद्दा...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

बाढीपहिरो पीडितलाई राहत पु-याऊ

बंगालको खाडीबाट मनसुनी हावा प्रवेश गरेपछि लगातार वर्षा हुँदा बाढी तथा पहिरोले क्षति पु¥याउँदै गइरहेको छ । यसअघिको अबर सागर र बंगालको खाडीबाट आएको...

जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी

गतिशीलता नै गतिको सर्वमान्य गुण हो । गतिको यो सर्वमान्य गुण बुझ्न मिहेनत गर्नैपर्नेहुन्छ । कुनै पनि प्रकारको गतिको नियम तब मात्र बुझ्न सकिन्छ...

संघीय नीतिलाई प्रदेश सरकारको ‘काउन्टर’

काठमाडौं । संघीय सरकारले आगामी आर्थिक वर्ष २०७७-७८ को बजेटमार्फत ल्याएको ढुंगा, गिट्टी, बालुवा निर्यात गर्ने नीति विवादमा छ । चुरेको दोहन हुने र...

ट्रेन्डिङ

राहत वितरणका लागि सरकारले बनायो कार्ययोजना

कठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयले कोभिड–१९ भाइरसको संक्रमणका कारण प्रभावित भएका क्षेत्रमा तत्काल राहतका कार्यक्रम सञ्चालन गर्न बृहत् कार्ययोजना...

नाट्य संगीतमा थपिए ६ जना सभा सदस्य

काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा ६ जना सभा सदस्यहरू थपिएका छन् । प्रतिष्ठानको १५ जना सभा सदस्यमध्ये यसअघि पाँच जना सभा सदस्य...

कोरोनाको ग्राफ निरन्तर उक्लिएपछि बाँकेमा निषेधाज्ञा पुनः थपियो

नेपालगन्ज । बाँकेमा बितेका १० दिन अघिदेखि जारी गरिएको निषेधाज्ञा पुनः तीन दिनका लागि थप गरिएको छ । यसकै बीचमा कोरोनाको ग्राफ उकालो लागेपछि...

राउटे युतीलाई अर्धनग्न बनाएर भिडियो खिच्ने तीन जना पक्राउ

  काठमाडौं । राउटे समुदायका युवतीलाई अर्धनग्न बनाएर जबरजस्ती भिडियो बनाउने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई...

नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपाल–खनाल समूहले चैत ४ र ५ गतेलाई राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । शनिबार वरिष्ठ नेता माधवकुमार नेपाल...

रुपन्देहीकाे गाई फारममा पाँच जनाकाे सामुहिक हत्या

लुम्बिनी । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा...

अन्तर्राष्ट्रिय विमानस्थलका महत्वपूर्ण चार आयोजना सम्पन्न

काठमाडौं । कोभिड–१९ महामारीकाबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महत्वपूर्ण चार आयोजनाको निर्माण सम्पन्न भएको छ । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार योजना अन्तर्गत ३००...

परशुरामबाट भागेका संक्रमित पुन: आइसोलेसनमा

डडेल्धुरा । परशुराम नगरपालिका सिल गर्ने निर्णय गरेकै दिन शनिबार राति ८ जना संक्रमित आइसोलेसन वार्डबाट भागेका थिए । परशुराम नगरपालिका–१२ मा रहेको सिद्धनाथ...

राप्रपाको एजेन्डा बलियो छ तर संगठन कमजोर भयो : थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलियो एजेन्डाका बाबजुद पनि राप्रपाको संगठन कमजोर भएको स्वीकार गरेका छन् ।...

जंगलमा लागेको आगोमा परि बालिकाको मृत्यु

गुल्मी । गुल्मीमा आगलागीमा परेर ९ वर्षीया बालिकाको ज्यान गएको छ । जिल्लाको धुर्कोट गाउँपालिका ७ वाग्ला निवासी शंकर परियारकी छोरी ९ वर्षीया सङ्गिताको...

बाल सुधारगृहको अवस्था दयनीय

काठमाडौं । विभिन्न अपराधमा संलग्न बालकको सुधारका लागि स्थापित सुधारगृहको अवस्था दयनीय पाइएको छ । महान्यायाधिवक्ता कार्यालयबाट भएको बालगृह अनुगमनक्रममा भैरहवास्थित बालगृहको अवस्था अत्यन्त...

जुठो थालमा खाएपछि कुल्ला गर्नुको के अर्थ ?

अहिले मुलुकमा एक खालको रमिता छ । संविधानको मर्म विपरित प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफूले इतिहासमै ‘महान काम’ गरेको व्याख्या गरिरहेका...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)