Tuesday, June 22, 2021
Home प्रमुख कोरोना महामारीले सुनसान मातातीर्थ

कोरोना महामारीले सुनसान मातातीर्थ

राजधानी समाचारदाता,

काठमाडौं । नयाँ भेरियन्टसहितको कोरोना महातीव्र नभएको भए राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरि नगरपालिका–६ थानकोट नजीकैको मातातीर्थमा लाग्ने मेलामा हजारौँ भक्तजनको भीड लाग्थ्यो । कोरोना महामारी तीव्र भएसँगै चन्द्रागिरि नगरपालिकाले वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा आज मातातीर्थमा लाग्ने मेला स्थगित गरेपछि सुनसान भएको हो । प्रत्येक वर्ष आमाको मुख हेर्ने दिन मातातीर्थमा हजारौँ भक्तजनको ओइरो लाग्ने गर्छ ।

गत वर्ष पनि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी गरिएकाले मेला स्थगित गरिएको थियो । जसका कारण गत वर्ष पनि मातातीर्थ मेलाका दिन यो स्थान सुनसान बनेको थियो । आमा नहुने नरनारी औँसीका दिन बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्ने गर्थे । यस वर्ष स्थानीयवासीलाई पनि मातातीर्थमा नजान सूचित गरिएको नगरप्रमुख घनश्याम गिरीले लाई जानकारी दिनुभयो । यद्यपि नजीकैका केही स्थानीयवासी भने मातातीर्थमा आएर पूजाआराधना गरेका थिए । हजारौँको भीड हुने दिन एक, दुईजना आए पनि मातातीर्थ सुनसान बनेको छ ।

राससका अनुसार मातातीर्थ संरक्षण समितिले गर्ने नित्य पूजा भने विधिवत् सम्पन्न गरिएको नगरपालिकाले जनाएको छ । घरघरमै बसेर जीवित आमालाई खुशी बनाउने र मृत आमाका नाममा श्रद्धा प्रकट गर्न सकिने धर्मशास्त्रविद्को भनाइ छ । मातातीर्थको परिसरमा मूर्तिकार रामकृष्ण भण्डारीद्वारा निर्मित सबैकी आमाको प्रतीक ‘साझा आमा’ को मूर्ति पनि स्थापना गरिएको छ । यो मूर्तिले पनि मातातीर्थको महत्व बढाएको छ । मूर्ति स्थापना भएपछि यहाँ पूजा गर्ने भक्तजनको पनि भीड लाग्ने गरेको थियो ।

मातातीर्थको उत्पत्तिका सम्बन्धमा प्रचलित कथाअनुसार धेरै वर्षपहिले त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले सो चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्काे टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । अरू गोठालाहरूले पनि रोटीका टुक्रा फ्याँके, तीनमध्ये आमा जीवित हुनेले फ्याँकेका रोटी त्यहीँ रही आमा नहुनेले फ्याँकेका रोटीमात्र अलप भए । कथाअनुसार पहिलोचोटि रोटी फ्याँक्नेकी आमा पनि थिइनन् । त्यो दिन वैशाख कृष्णपक्षको औँसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन ।

सो कुरा चाल पाई गाउँलेहरूले औँसीको दिन मृत आमाहरू त्यस ठाउँमा आई आफ्ना छोराछोरीले दिएको चीज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाई त्यसको नाम मातातीर्थ राखे । यसरी हरेक वर्ष वैशाख कृष्ण औँसीकै दिन आमा नहुनेहरूले त्यहाँ गई कुण्डमा नुहाएर मीठामीठा खाद्यपदार्थ चढाई मातृदिवस मनाउन थाले र मातातीर्थ मेला लाग्न थाल्यो । यसैले वैशाख कृष्ण औँसीलाई मातातीर्थ औँसीसमेत भनिन्छ । आमाको महत्वलाई संस्कृतका विभिन्न श्लोकहरूमा यसरी वर्णन गरिएको छ, ‘मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव’ अर्थात् आमा, बाबु र गुरुलाई देवताजस्तै सम्मान गर ।

‘कुपुत्रो जायते क्वचिदपि कुमाता न भवति’ अर्थात् छोरा छोरी नराम्रा भए भने पनि आमाले सबैलाई सन्तानका रुपमा माया गर्छिन् । आमा प्रत्येक मानिसका पहिलो शिक्षिका अर्थात् गुरुआमासमेत हुन्छिन् । बालबालिकाले आमाबाटै धेरै कुरा सिक्छन् । बन्दाबन्दीका कारण छोराछोरी आमा भएका स्थानमा पुग्न नसके पनि वचनबाट पनि खुशी राख्न सकिने शास्त्रीय मान्यतासमेत रहेको छ ।

कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण छोराछोरी आमा भएको स्थानमा जान सक्ने अवस्था पनि छैन । यसैले फोन, सामाजिक सञ्जाललगायत माध्यमबाट आमाप्रति सम्मान प्रकट गर्नु पनि शास्त्रसम्मत हुने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुहुन्छ । महामारीको यो बेलामा वचन वा भावले नै आमाप्रति सम्मान भाव प्रकट गर्न सकिने वैकल्पिक उपाय अवलम्बन गर्न सकिने उहाँले बताउनुभयो ।

(Visited 50 times, 1 visits today)
Loading comments...

आजको समाचार

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

रोकथाममा के गर्दै छ सरकार ?

काठमाडौं । दैनिक संक्रमितको संख्या घट्दै गए पनि कोरोना संक्रमण तेस्रो लहरको जोखिम यथावत् रहेको भन्दै सचेत रहन संक्रामक रोग विशेषज्ञ र जनस्वास्थ्य विज्ञहरूले...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

साताका लोकप्रिय समाचार

कालो बादल मडारिन थालेपछि मन पाेल्न थाल्छ मेलम्चीवासीकाे

  हेलम्बु ।   हेलम्बु गाउँपालिका–७ चनौट बजारकी भीमकुमारी ज्योतिलाई साँझ प-यो कि डर लाग्न थाल्छ । साँझ परेपछि चनौट बजारमा भएर बग्ने मेलम्ची खोलामा पानी...

इटाली दुर्लभ कीर्तिमान नजिक

रोम । युरोपेली च्याम्पियनसिपअन्तर्गत इटालीले समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले हराएपछि दुर्लभ कीर्तिमान नजिक पुगेको छ । इटालीले वेल्सविरुद्ध दोस्रो रोजाइको टोली...

छोरालाई माओवादीले मारेपछि छिमेकीले आमालाई बोक्सी आरोप लगाए

रौतहट । बोक्सीको आरोपमा रौतहटमा एक बृद्धा एकल महिलामाथि निर्घात कुटपिट भएको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ५ मिठुहवा टोल बस्ने ६५...

योगको उद्गमस्थल नेपालनै हाे, यसलाई सरकारले विश्वव्यापी बनाउने छ : प्रधानमन्त्री

  काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा भइरहेको सांस्कृतिक अधःपतन र असत्यलाई महत्व दिइने प्रवृत्ति अन्त्यका लागि योग र साधनालाई प्रश्रय दिनुपर्ने बताएका छन्...

मेयर सा’ब ११ महिना भो भत्ता खोइ ?

  नुवाकोट । बैंकमार्फत भुक्तानी नगरेकै कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ को कार्यालयबाट गत २४ चैतमा सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ चोरी...

ट्रेन्डिङ

गण्डकी प्रदेशमा १७ सङ्क्रमित थपिए

गण्डकी प्रदेशमा १७ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी...

बिहारमा विधानसभाका लागि आज मतदान

पटना । भारतको बिहारमा विधानसभाका लागि पहिलो चरणको मतदान आज बुधबार हुँदैछ । बिहारका १६ जिल्लाका ७१ सिटका लागि १ हजार ६६ जना उम्मेदवार...

कोर्स बाहिरको किताब पढ्दा खिसी गर्ने पनि छन्

पोखरा । पठन संस्कृतिको विकासका लागि के, कस्तो पहल गर्न सकिन्छ भन्नेबारे पोखरामा जारी आईएमई लिटरेचर फेस्टिभलमा युवा पुस्ताले आफ्ना भनाइ राखे । ‘पढ्ने...

हुम्लादेखि नेपालञ्जसम्मको हवाई भाडादर घट्यो

सिमकोट । लामो समयको अन्तरालपछि अघिल्लो हप्तादेखि हुम्लामा उडान भर्दै आएको नेपाल एयरलाइन्सले हुम्लादेखि नेपालगञ्जसम्मको भाडादर घटाएको छ । यसअघि हुम्लादेखि नेपालगञ्जसम्मको रु छ हजार...

नारायणगढ–मुग्लिन सडकमा चट्टान फोर्दै पहिरो पन्छाउँदै

चितवन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला...

अधिकांश व्यापारिक केन्द्रका ६० प्रतिशत पसल बन्द

काठमाडौं । कोरोना संक्रमितको संख्या बढेसँगै अहिले राजधानीमा व्यापारिक चहलपहल निकै घट्न थालेको छ । सरकारले गत ६ असारबाट तीन महिना बढीको लकडाउन हटाइदिएपछि...

भूकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका ८० प्रतिशत शैक्षिक संस्था पुनःनिर्माण

सिन्धुपाल्चोक । भुकम्पमा क्षतिग्रस्त सिन्धुपाल्चोकका शैक्षिक संस्थाहरु पुनःनिर्माणको अन्तिम चरणमा पुगेको छ । पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) र विभिन्न संघ-संस्थाहरुबाट विद्यालयहरु...

नेता गौतमको मुद्दाः ‘हेर्दाहर्दै’ मा शुक्रबार

काठमाडाैं ।  सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गरिएका विषयमा परेको मुद्दा ‘हेर्दाहर्दै’ मा शुक्रबारका लागि तोकेको छ...

पार्टी जोगाउन ल्याए अध्यक्ष ओलीले ६ बुँदे एकता प्रस्ताव

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष...

संक्रमितको उपचारका लागि टेकु अस्पतालले धरौटी नलिने

काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई उपचारका लागि धरौटी रकम नलिने भएको छ । अस्पतालका निर्देशक डा....

बागलुङ बाढी पहिरो: मृतकको पहिचानमा कठिनाइ, आठ जनाको सनाखत

बागलुङ । बागलुङको भुजीखोलाको बाढीले तटीय बस्ती बगाउँदा १४ जनाको मृत्यु भएको छ । जसमध्ये ८ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)