Friday, June 18, 2021
Home प्रमुख यूएई र कुवेतद्वारा नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध

यूएई र कुवेतद्वारा नेपाली नागरिकलाई प्रवेशमा प्रतिबन्ध

राजधानी समाचारदाता,

काठमाडौं । नेपाली कामदारका लागि खाडी क्षेत्रका आकर्षक श्रम गन्तव्यमूलक युनाइटेड अरब इमिरेट्स (यूएई) र कुवेतले नेपाली नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । हाल नेपालमा बढ्दो कोरोना महामारीलाई मध्यनजर गर्दै यूूएई र कुवेतले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसैगरी, यी मुलुकले नेपालबाट उड्ने अन्तर्राष्ट्रिय विमानलाई पनि ट्रान्जिटमा प्रतिबन्ध लगाइएको छ । कार्गो उडान भने सुचारु रहनेछन् । यूएईको ‘नेसनल इमर्जेन्सी क्राइसेस एन्ड डिजास्टर मेनेजमेन्ट अथोरिटी’ले गत सोमबार यस्तो निणर्यको घोषणा गरेका थिए । यूएईले नेपालबाट प्रवेश गर्ने आफ्ना नागरिकलाई भने प्रवेशमा प्रतिबन्ध लगाएको छैन ।

यसैगरी, कूटनीतिक मिसन, सरकारी पदाधिकारी, गोल्डेन भिसा तथा व्यक्तिगत विमान भएका व्यक्तिलाई पनि आफ्नो मुलुक पस्न रोक लगाएको छैन । नेपालबाहेक यो नियम श्रीलंका, पाकिस्तानी तथा बंगलादेशीलाई पनि लागू हुने यूएई सरकारले जनाएको छ । नेपालसँगैको भारतीय नागरिकलाई भने यूएई सरकारले यसअघि आफ्नो देश प्रवेशमा नै प्रतिबन्ध लगाइसकेको छ ।

नेपाली कामदारका लागि आकर्षक श्रम गन्तव्य मुलक कुवेतले पनि नेपालमा पछिल्लो समय बढिरहेको ‘नयाँ भेरियन्ट’को कोरोना महामारीलाई मध्यनजर गर्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाउने निणर्य गरेको बताएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले अर्काे सूचना जारी नभएसम्मका लागि नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने सिधा हवाइ उडान स्थगित गरी आफ्नो मुलुक पस्न नदिने निर्णय गरेको हो ।

अत्यावश्यक तथा कूटनीतिक भिसा भएकालाई र कम्तीमा १४ दिन बाहिर बसेर कुवेत प्रवेश गर्न चाहनेलाई भने रोक नलगाइएको कुवेतको नागरिक उड्डयन महानिर्देशनालयले जनाएको छ । यसैगरी, कुवेतले नेपाललगायत प्रतिबन्ध लगाइएका देशबाट हुने कार्गाे उडान भने नरोकिने बताएको छ ।

(Visited 60 times, 1 visits today)
Loading comments...

आजको समाचार

आरआरआरमा आलियाले पाइन् अहिलेसम्मकै धेरै पारिश्रमिक

  मुम्बई । ‘बाहुबली’ फेम निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ आम दर्शकका लागि चासोको विषय बनेको छ । कोरोना संक्रमणले फिल्मको सुटिङमै अवरोध भएपछि फिल्म कहिले...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

महर्जन एरोविक टिटिको ब्रान्ड एम्बेसडर

काठमाडौं । पूर्व अन्तर्राष्ट्रिय टेबल टेनिस खेलाडी अनिता महर्जन नेपालका लागि लन्डनस्थित एरोविक टेबल टेनिसको ब्रान्ड एम्बेसडरमा नियुक्त भएकी छन् । एरोविकले महर्जनलाई ३...

साताका लोकप्रिय समाचार

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

आयो डब्बुको नयाँ गीत अँधेरीमा थिएँ म…

काठमाडौं । गीतकार डब्बु क्षत्रीको नयाँ गजल (गीत) अँधेरीमा थिएँ म...को भिडियो दर्शकमाझ आएको छ । यो गीतको भिडियोलाई ओएसआर मुभीको युट्युब च्यानलबाट रिलिज...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

गण्डकीको नीति तथा कार्यक्रम : रोकथाम तथा उपचारमा महत्व

पोखरा । गण्डकी प्रदेश सरकारले कोभिड–१९ रोकथाम तथा उपचारमा महत्व दिँदै नीति तथा कार्यक्रम ल्याएको छ । सोमबार प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

ट्रेन्डिङ

दाङमा नेकपाको कित्ताकाट : अधिकांस स्थानिय तहका प्रमुख ओली पक्षमा

तुलसीपुर । नेपाल कम्युनिष्ट पाटी(नेकपा) दुई समुहमा विभाजित भए लगतै कित्ताकाट सुरु भएको छ । पाटीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकातिर...

प्रवाससँग तेलुगु फिल्ममा दीपिका पादुकोण

मुम्बई । कोरोना संक्रमणबीच सावधानी पूर्ण रूपमा बलिउड फिल्महरू छायांकन थालिएपछि दक्षिण भारतीय फिल्म उद्योग पनि सुचारु भएको छ । यसैक्रममा बाहुबालीका अभिनेता प्रवास र...

कोरोना त्रास : १२ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले संक्रमणको गति र...

अमेरिकी नागरिकको गोली लागेर खाँदबारीका सागर घिमिरेको मृत्यु

संखुवासभा । अमेरीकी नागरिकको गोली लागेर संखुवासभा खाँदबारी नगरपालिका –६ तल्लोका पाङ्ठाका २५ बर्षीय सागर घिमिरेको मृत्यु भएको छ । अमेरीकाको मेरील्याण्ड राज्यमा गोली...

श्रम होइन, उत्पादन बेचौं

देशमा शताब्दीदेखि थाती रहेका तमाम समस्या ज्युँका त्युँ रहनुको पछाडि सक्षम राष्ट्र निर्माता नहुनु हो । कतिपय विश्लेषक बाँदरले आफ्नो घर बनाउँदैन र अरूलाई...

२ लाख घुससहित खानेपानीका प्राविधिक केसी पक्राउ

काठमाडौँ । खानेपानी र सरसफाइसम्बन्धी जानकारी दिने र नागरिकलाई सचेत गराउने सरकारी अधिकारी नै अनियमिततामा संलग्न भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

तालसको सकियो छायांकन

काठमाडौं । गत असोजबाट केही चलचित्रको छायांकन सुरु भएको छ । यसैक्रममा नेपाली चलचित्र ‘तलास’को यतिबेला छायांकन सकिएको छ । यो चलचित्रको छायांकन सम्पन्न...

निषेधाज्ञामा ईश्वरी बरालको नयाँ काेशेली ‘खानदानी छोरी’

काठमाडाैं ।  गायिका ईश्वरी बरालले निषेजधाज्ञाले घरमै बसेका संगीतप्रेमी दर्शकका लागि नयाँ खुराक प्रस्तुत गरेकी छिन् । उनकाे नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको...

निर्देशन अवज्ञामा स्थानीय सरकार

अघिल्लो साता मौसममा आएको प्रतिकूल प्रभावका कारण विद्यार्थीको स्वास्थ्यलाई ख्यालमा राखेर संघीय सरकारले १७ चैतदेखि २० गतेसम्म चार दिन बिदाको सूचना जारी ग-यो ।...

नदी नियन्त्रण आयोजनाको प्रमुख श्रीवास्तवसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुखसहित पाँच जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वागमती...

शसस्त्र प्रहरीद्वारा अबैध बिंडी बरामद

बैतडी । भारतबाट अबैध रुपमा ल्याइरहेको अवस्थामा शसस्त्र प्रहरीको टोलीले बैतडीमा ५२ हजारको बिडी बरामद गरेको छ । सीमा सुरक्षाको लागि झुलाघाटमा स्थापना गरिएको...

नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपबारे भारतले आज निर्णय गर्ने

नयाँदिल्ली । नेपाललाई उपलब्ध गराउने कोरोनाविरुद्धको खोपका विषयमा भारतले आज निर्णय गर्दैछ । आज दिउँसो बस्दै भारतको केन्द्रीय स्वास्थ्य समितिको बैठकले नेपाललाई उपलब्ध गराउने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)