Sunday, June 13, 2021
Home अर्थ ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

राजधानी समाचारदाता,

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने लक्ष्यकासाथ इसेवासँगको सहकार्यमा जम्मा ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर दिने भएको छ ।

पेमेन्ट गेटवे ई–सेवासँगको सहकार्यमा रिचार्जरले हाल बजार भएको मूल्यभन्दा सस्तो मूल्यमा अक्सिमिटर, क्यान अक्सिजन, मास्क, फेस सिल्ड, स्यानिटाइजर, पीपीई सेटलगायतका सामान निःशुल्क डेलिभरी गरिदिने भएको हो ।

सो कम्पनीले हाल पल्स अक्सिमिटर जम्मा ९ सय ९९ रुपैयाँमा उपलब्ध गराउने बताएको छ । रिचार्जरले मोबाइल एपमा सञ्चालन हुने ह्याप्पी आवर अफरमा निश्चित समयका लागि यो अफर सञ्चालन गर्न लागेको हो ।

आगामी ३१ वैशाखको शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सञ्चालन हुने ह्याप्पी आवरमा उल्लेखित मूल्यमा अक्सिमिटर अर्डर गर्न सकिने रिचार्जरले जनाएको छ । यस योजनामा सहभागी हुने एक जना प्रयोगकर्ताले अधिकतम पाँचवटासम्म अक्सिमिटर खरिद गर्न सक्नेछन् । ह्याप्पी आवरमा अर्डर भएका अक्सिमिटरको निःशुल्क डेलिभरी हुनेछ भने अर्डर गरी ई–सेवाबाट भुक्तानी गर्नेहरूले मात्र यो मूल्यमा अक्सिमिटर पाउने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले जानकारी दिए । उनले कोरोना संक्रमण तीव्र दरमा बढिरहेका बेला अक्सिजनको लेभल हेर्न अक्सिमिटर जरुरी पर्ने भएकाले सस्तो मूल्यमा बिनाकुनै शुल्क घरमै अक्सिमिटर उपलब्ध गराउन लागेको बताए ।

यसैगरी, रिचार्जरले ७ लिटरसम्मको पोर्टेबल अक्सिजन कन्सिटेटर ६० देखि ८२ हजार रुपैयाँमा उपलब्ध गराउनेछ भने अक्सि ९९ क्यान अक्सिजन ५ सय ४९ रुपैयाँमा, सर्जिकल मास्क ५ रुपैयाँमा, के ९५ मास्क १५ रुपैयाँमा, कोरियन मास्क ३५ रुपैयाँमा, फेस सिल्ड ५५ रुपैयाँमा, १०० मिलिलिटरको ह्यान्ड स्यानिटाइजर ७५ रुपैयाँमा उपलब्ध गराउने जनाएको छ ।

त्यसैगरी गाडी तथा रुम स्प्रे स्यानिटाइजर ३ सय ५० रुपैयाँ, ५ लिटरको स्यानिटाइजर ७ सय ९९ देखि ९ सय ९९ रुपैयाँका साथै थर्मल गन ९ सय ९९ रुपैयाँमा उपलब्ध हुनेछ । विभिन्न किसिमका पीपीई सेट बजार मूल्यभन्दा सस्तोमा उपलब्ध हुने भन्दै सो कम्पनीले गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जरको एप डाउनलोड गरी खाता सञ्चालन गर्दा १ हजार क्यास प्वाइन्ट पाइने बताएको छ । यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रूपमा रिडिम गर्न सकिने सो कम्पनीले बताएको छ

(Visited 174 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

ट्राफिक व्यवस्थापन कार्ययोजना धेरै पूरा, कतिपय अलपत्र

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक व्यवस्थापनका लागि सरकारद्वारा जारी ‘बृहत् कार्ययोजना’ धेरै पूरा भए पनि निषेधाज्ञालगायत कारण कतिपय अलपत्र छन् । मन्त्रिपरिषद् १५ पुस २०७६...

निषेधाज्ञामा २ लाख ७८ हजार मेट्रिक टन खाद्यान्न आयात

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रणम नियन्त्रणार्थ जारी निषेधाज्ञाबीच २ लाख ७८ हजार ८ सय ८० मेट्रिक टन खाद्यान्न आयात भएको छ । उद्योग, वाणिज्य...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

साताका लोकप्रिय समाचार

मनाङेले दिए खेलकुद मन्त्रीबाट राजीनामा

  पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पदबाट राजीनामा दिएका छन् । उनले बिहीबार रातिदेखि लागु हुने गरी...

बजारमा सिटामोलसम्म पाउन सकस

काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति...

सात मन्त्री र एक राज्यमन्त्रीले लिए सपथ

काठमाडाैं ।  मन्त्रिपरिषदका नवनियुक्त सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना...

उत्तर कोरियामा विदेशी फिल्म हेरे १५ वर्ष जेल

उत्तर कोरिया । उत्तर कोरियाका शासक किम जोङ उनले विदेशी फिल्मसम्बन्धी कडा कानुन ल्याएका छन् । उनले आफ्ना नागरिकले विदेशी फिल्म हेरे मृत्युदण्डसम्मको सजाय...

बजेटका सबै कार्यक्रमहरु कार्यान्वयन हुन्छन् : अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित सबै कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । उनले दुविधा र अन्योल नराख्न अनुरोध गर्दै...

ट्रेन्डिङ

सिरहामा ११ जना कोरोना संक्रमित थपिए

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन्...

महामारीमा सरकारी अस्पताललाई थप प्रभावकरी बनाऊ

कोभिड–१९ महामारी संक्रमणको बेलामा आम जनतामा प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने मुख्य दायित्वमा रहेका सरकारी अस्पताल निकै कमजोर र रुग्ण हुँदै गएका छन् । यसले...

कोरोना भाइरसको प्रभावबीच निर्जीवन बिमा कम्पनीको नाफा साढे १२ प्रतिशतले बढ्यो

काठमाडौं । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावकाबीच पनि निर्जीवन बिमा कम्पनीको नाफा साढे १२ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष...

भोटेकोशीमा भिषण बाढीपहिरो : दुईको शब भेटियो, एक चिनियाँसहित २१ जना बेपत्ता (तस्बिरमा हेर्नुस् वितन्डा)

बाह्रबिसे । गए राति १२ बजेदेखि परेको अविरल वर्षाले भोटेकोशीमा भिषण बाढी पहिरो गएको छ । बाढीमा परी २ जनाको ज्यान गएको छ भने...

उद्योग सञ्चालन गर्न दिइने, खेती लगाउन नरोकिने

काठमाडौं । सरकारले अति आवश्यक वस्तुको उत्पादन गर्ने स्वदेशी उद्योग चल्न दिने निर्णय गरेको छ भने किसानलाई खेती गर्न नरोक्ने बताएको छ । ...

बलिउडका पाँच अभिनेत्रीले गरे आर्थिक सहयोग

मुम्बई । भारतीय अभिनेताले मात्र कोरोनाविरुद्ध सहयोगका लागि स्थापित प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा यसअघि सहयोग गरेका थिए । तर, यतिबेला भारतीय...

कराते वल्ड च्याम्पियनसिपमा निता र सोनिमलाई स्वर्ण

काठमाडौं । अनलाईनल कराते वल्ड च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्न सफल भएको छ । नेसनल कराते अफ ब्राजिलको...

विश्वव्यापीरुपमा विप्रेषण आप्रवाह २० प्रतिशतले घट्ने

कोभिड–१९ का कारण विश्वव्यापीरुपमा नै विप्रेषण आप्रवाहमा ठूलो गिरावट आउने विश्व बैंकको एक अध्ययनले देखाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुने डरका कारण लकडाउन...

दिल्लीमा कोरोनाले निधन भएका नेपालीको १३ दिनपछि अन्त्यष्टि

काठमाडौं । भारतको दिल्लीमा कोरोना संक्रमणका कारण ज्यान गुमाएका एक नेपालीको अन्त्यष्टि गरिएको छ । परिवारका सदस्यहरु नेपालमा भएकाले कोरोना कारण ज्यान गुमाएको १३...

इटहरीमा मध्यरात युवकको हत्या, मृतक युके जाने तयारीमा थिए

इटहरी ।  इटहरी २० तरहराका २८ वर्षीय राजन राईको गराति हत्या भएको छ । सामान्य विषयमा झडप हुँदा उनको हत्या भएको हो । अत्याधिक मादक...

लकडाउनमा सवारी साधन चलाउनेमाथि प्रहरीको एक्सन : तीन सय बढी सवारी साधन समातियो

काठमाडौं । कोरोना भाइरस (कोभिड–¬१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ...

महँगी नियन्त्रण गर !

यतिबेला मुलुकमा राजीतिक अस्थिरता छ । सरकार प्रतिनिधि सभा चुनावको आफ्नो प्रस्तावको पक्षमा वकालत गरिरहेको छ । विपक्ष संसद् पुनस्र्थापनाको मागमा आन्दोलनरत छन् ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)