Thursday, June 24, 2021
Home भर्खरै यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

यसरी बन्न सक्छन् देउवा प्रधानमन्त्री

टेनिस रोका,

नयाँ सरकारको कसरत

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएसँगै नयाँ सरकार गठनको जोडघटाउ पेचिलो बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभा विशेष अधिवेशनअन्तर्गत मतदान प्रक्रियामा विश्वासको मत गुमाऐसँगै कांग्रेस–माओवादीलगायत दल नयाँ सरकार गठनको तीव्र दौडधूपमा छन् ।

नयाँ सरकारका लागि बहुमत पु-याउन विपक्षी दललाई हम्मेहम्मे परिरहेको अवस्था छ । ‘काम चलाउ’ प्रधानमन्त्री ओली विपक्षी दललाई ‘बहुमत पु-याउन नदिन अधिकतम सक्रिय’ बनेको स्रोत दाबी गर्छ ।

प्रतिनिधिसभामा विपक्षीलाई बहुमत पु-याउन रोक्ने ‘ओली योजना’ र बहुमत पु-याएर नयाँ सरकार गठन गर्ने कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत दलको ‘रणनीति’ वरिपरि राजनीति घुमिरहेको छ । कांग्रेसलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई समूहको समर्थन छ ।

धारा ७६ (२) अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुनेछन् ।

प्रतिनिधिसभामा गत सोमबार भएको विश्वासको मतदानमा ओलीको विपक्षमा १ सय २४ मत खसे । कांग्रेस ६१, माओवादी केन्द्र ४८ र जसपाको बाबुराम–उपेन्द्र पक्षका १५ सांसदले ओली विपक्षमा मत दिए । प्राप्त मतअनुसार कांग्रेस–माओवादीलगायत दललाई सरकार बनाउन अझै दर्जन सांसद आवश्यकता पर्छ ।

मतदानमा जसपाका महन्थ ठाकुर पक्षका १५ सांसद ओलीको पक्ष र विपक्षमा मत नदिई तटस्थ बसे । ठाकुरले ‘नयाँ सरकार’ गठनमा सहभागी नहुने सार्वजनिक अभिव्यक्ति दिइसकेकाले उनी पक्षधर सांसदले माओवादी र कांग्रेस नेतृत्वमा बन्ने सरकारलाई समर्थन नगर्ने देखिएको छ ।

ठाकुर पक्षले कांग्रेस नेतृत्वको सरकारलाई साथ नदिए पनि एमालेभित्रको माधव–झलनाथ समूहको साथ रहे कांग्रेस सभापति शेरबहादुर देउवा नयाँ प्रधानमन्त्री बन्ने पक्का छ ।

एमाले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका २८ सांसदले ओलीलाई विश्वासको मत दिएनन् । एमालेसँग प्रतिनिधिसभामा १ सय २१ सांसद रहे पनि नेपाल पक्षका नेताले मत नदिँदा ओलीले ९३ मतमै चित्त बुझाउनुप¥यो ।

ओलीले पार्टी निर्णय नमान्ने २८ सांसदलाई कारबाहीको डन्डा चलाउन सकेका छैनन् । कारबाही गरेमा सांसद संख्या घट्ने र देउवाका लागि प्रधानमन्त्री बन्न बाटो सहज हुने देखेरै ओलीले उनीहरूलाई कारबाही नगरेको राजनीतिक विज्ञ विश्लेषण गर्छन् ।

त्यसो त ओलीले २८ सांसदलाई कारबाही गरे वा नेपाल पक्षका सांसदले राजीनामा दिए, प्रतिनिधि सभामा सांसद संख्या खुम्चिएसँगै देउवा प्रधानमन्त्री बन्ने सम्भावना छ । यद्यपि, कारबाही नगरेर उनीहरूले ‘ङ्खलोरक्रस’सहित समर्थन गरेमा देउवा प्रधानमन्त्री बन्ने छन् ।

एमाले विवाद हल भएर एकजुट भए र ठाकुर पक्षका १५ सांसदले साथ दिएमा ओली पुनः बहुमतीय आधारमा प्रधानमन्त्री बन्ने सम्भावना पनि उत्तिकै छ । तर, पार्टी विवाद उत्कर्षमा पुगेकाले यो सम्भावना न्यून देखिएको छ ।

राष्ट्रपति भण्डारीले सोमबार साँझ संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि तीन दिनको समय दिएकी हुन् । जुन, आज बेलुका ९ बजे सकिँदै छ ।

धारा ७६ (२)मा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सांसद ‘प्रधानमन्त्री बन्न सक्ने’ व्यवस्था छ ।

संविधानको धारा धारा ७६ (३)मा संयुक्त सरकार बन्न नसकेमा राष्ट्रपतिले संसद्को ठूलो दलको नेता प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ । धारा ७६ (२)अनुसार सरकार गठन नभएमा ठूलो दलको हैसियतले ओली नै प्रधानमन्त्री नियुक्त हुनेछन् ।

(Visited 350 times, 1 visits today)
Loading comments...

आजको समाचार

२० मन्त्री पदमुक्त हुने सर्वोच्चको अन्तरिम आदेशपछि राजनीतिक दलहरुको यस्तो आयो प्रतिक्रिया

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि दुईपटक गरिएको मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले अन्तरिम...

प्रारम्भिक छनोटमा ५० खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आसन्न साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको अन्तिम राउन्डका लागि ५० सदस्यीय प्रारम्भिक...

प्रधानमन्त्री ओलीले आफूनिकट नेतासँग छलफल गर्दै

काठमाडौं । पछिल्लो पटक विस्तार गरेको मन्त्रिपरिषद्लाई सर्वोच्च अदालतले खारेज गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुसँग छलफल गर्दैछन् । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न...

घर आउँदै गरेकी किशोरीलाई लछारपछार पारी बलात्कार गर्ने पक्राउ

  दल्लु ।  जबर्जस्ती बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बलात्कार गरेको आरोपमा गुराँस गाउँपालिका–३ का ३६ वर्षीय भद्रबहादुर बुढालाई...

कविता राईकाे ‘देशको नक्शा’लाई ५० हजार पुरस्कार

  काठमाडाैं । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी छिन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि...

साताका लोकप्रिय समाचार

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

मेकअप नगर्दा पनि राम्री देखिन्छिन् मिलन नेवार (फोटोफिचर)

  काठमाडौं । यदि कोरोना संक्रमणको महामारी नहुँदो हो त मिलन नेवार कुनै विदेशी मुलुकको स्टेजमा आफ्नो सुमधुर स्वर मार्फत दर्शकलाई मनोरञ्जन दिइरहेकी हुन्थिन् । तीज...

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

  काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

ट्रेन्डिङ

बारा र पर्सामा कर्फ्यु

काठमाडौं । संक्रमितको संख्या तीव्ररुपमा बढ्दै गएपछि मंगलबार साँझदेखि प्रदेश २ का बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । मंगलबार साँझ बसेको...

नयाँ सरकारबारे कांग्रेसमा दुई धार

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनको निर्णयलाई बदर गरेसँगै बनेको पछिल्लो राजनीतिक अवस्थामा नयाँ सरकार गठनको विषय लिएर नेपाली कांग्रेसभित्र दुई धार देखिएको छ...

गर्भवती महिलाको मृत्यु ‘शंकास्पद’

पाँचथर । जिल्लाको मिक्लाजुङ–२, सराङडाँडामा एक गर्भवती महिलाको शंकास्पद मृत्यु भएको छ । सराङडाँडास्थित बतासेकी २४ बर्षीया मुना पौडेल वैशाख ८ गते बिहान घर...

किरण केसीको जन्मदिनमा लक्ष्मी र डब्बु सम्मानित

काठमाडौं । आफ्नो जन्मदिनको अबसर पारेर हास्यब्यँग्य अभिनेता किरण केसी (ए राता मकै)ले आआफ्नो क्षेत्रमा उल्लेख्य योगदान पु-याएको भन्दै बरिष्ट चरित्रअभिनेत्री लक्ष्मी गिरी र...

हाेटलमा युवककाे शब भेटियाे, संगै बसेका दुइजना पक्राउ

काठमाडाैं ।  काठमाडौंको नयाँ बसपार्क क्षेत्र मित्रनगर एकजना युवकको शव फेला परेको छ । शनिबार राति १० बजे स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको हाेटलमा शव फेला...

म वार्ताका लागि कारागार गएको होइन

सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा वार्ताको सुरुवात गरेको छ । खानेपानीमन्त्री मणि...

बर्दियामा एकैदिन २८ जना कोरोना पुष्टि, संक्रमितको संख्या ४१ पुग्यो

बर्दिया । बर्दियामा शनिबार एकै पटक २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेको भेरी अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा २८ जनामा कोरोना...

बिहेमा हिँडेका बालक बाघको आक्रमण परी घाइते

तनहुँ । जिल्लाको बन्दिपुर गाँउपालिका-५ याम्पा फाँट भन्ने स्थानमा ७ बर्षीय बालक अनुप नेपालीलाई बाघले घाँटीमा चिथोर्दा गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय...

एसईई र १२ कक्षाको परीक्षा स्थगित

काठमाडाैं ।  यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित हुने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको  बैठकले परीक्षा स्थगित गर्ने निर्णय...

संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे

मोरङ । पूर्व मन्त्री तथा नेकपाका नेता सुरेन्द्र पाण्डेले प्रतिनिधिसभा पुनःस्थापनाका लागि आन्दोलनलाई सशक्त बनाउनुपर्ने बताएका छन् । विराटनगरमा मोरङका अगुवा नेता कार्यकर्ता भेलालाई...

गायनमा फड्को मार्दै नेपाल आइडलकी प्रमिला

काठमाडौं । नेपाल आइडल तेस्रो संस्करणमा यसपटक सज्जा चौलागाईं विजेता भइन् । नेपाल आइडलले महिला विजेता पाउन तेस्रो संस्करणसम्म कुर्नुप-यो । यसरी सज्जा विजेता...

सर्वोच्चको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउन सुहाउँदैन : प्रधानमन्त्री

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)