Friday, June 18, 2021
Home प्रमुख वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप, १६०८ ले ज्यान गुमाए

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थप, १६०८ ले ज्यान गुमाए

विक्रम गिरी,

काठमाडौं । वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् । वैशाख १ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन लाख सात हजार ९२५ थियो । सो सङ्ख्या बढेर आज चार लाख ३९ हजार ६५८ पुगेको छ । एक महिनाको अवधिमा मात्रै एक लाख ५८ हजार ७१ कोरोना सङ्क्रमित थपिएका छन् ।

वैशाख १ गते एकैदिन कोरोनाबाट ६०३ जना सङ्क्रमित भएकामा आज एकैदिन सङ्क्रमितको सङ्ख्या आठ हजार ५२० पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या चार लाख ३९ हजार ६५८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ९४८ जनाको पिसिआर परीक्षण तथा ५३० जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो ।

वैशाख १ गतेसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २२ लाख ३६ हजार ५२६ जना थियो भने आज सो सङ्ख्या बढेर २७ लाख ३३ हजार ५१० पुगेको छ । वैशाखमा मात्रै चार लाख ९६ हजार ९८४ जनाको पिसिआर परीक्षण गरिएको छ । वैशाख महिनामा कोरोनाबाट निको हुनेको सङ्ख्या ४९ हजार ४७ रहेको छ । कोरोना भाइरसबाट आजसम्म मुक्त हुनेको सङ्ख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

उक्त सङ्ख्या वैशाख १ गते दुई लाख ७८ हजार ५०६ रहेको थियो । पछिल्लो २४ घण्टामा देशभर छ हजार १३५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या देशभर ह्वात्तै बढेको छ । वैशाख १ गते सक्रिय सङ्क्रमित चार हजार ५६ जना रहेकामा हाल उक्त सङ्ख्या बढेर एक लाख सात हजार ३३६ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर एक हजार ७०५ सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । एक हजार ३३४ सङ्क्रमितको आइसियुमा तथा ३७१ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । सबैभन्दा बढी वाग्मती प्रदेशमा ५४२ सङ्क्रमित आइसियुमा तथा २२० सङ्क्रमित भेन्टिलेटरमा छन् । काठमाडौँ उपत्यकामा मात्रै १८५ सङ्क्रमितको आइसियुमा तथा १०५ सङ्क्रमितको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।

काठमाडौँ उपत्यकामा सङ्क्रमित ह्वात्तै बढे

काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेको छ । वैशाख १ गते उपत्यकामा सङ्क्रमितको सङ्ख्या २५४ रहेको थियो । सो सङ्ख्या हाल बढेर तीन हजार ३४९ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा दुई हजार ४५८, ललितपुरमा ५५६ तथा भक्तपुरमा ३३५ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

वैशाखमा एक हजार ६०८ जनाले ज्यान गुमाए

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन् । वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २०३ ले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । वैशाख १ गते तीन सङ्क्रमितको मृत्यु भएको थियो । वैशाख १४ गते एकैदिन १८ जनाको मृत्यु भएको थियो ।

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

रियलमा रामोस युग अन्त्य

मड्रिड । स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक सफल कप्तान सर्जियो रामोसले क्लब छाडेका छन् । रियलले बुधबार नै विज्ञप्ति जारी गर्दै रामोसले क्लब छाड्ने...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

साताका लोकप्रिय समाचार

युरोकप खेल तालिका नेपाली समयअनुसार

लन्डन । मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका...

युरोकपः इटलीको सानदार सुरुवात

रोम । इटालीले युरोकप फुटबलमा सानदार सुरुवात गरेको छ । इटालीको रोममा गएराति भएको उद्घाटन खेलमा घरेलु टोलीले टर्कीलाई ३–० ले हरायो । इटालीको...

राष्ट्रिय आवश्यकताको पहिचान

विपन्न मात्र होइन, समृद्धशाली राष्ट्रका पनि आफ्नै समस्या हुन्छन् । विश्वमा त्यस्तो कुनै मुलुक छैन जो समस्यामुक्त छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा यत्रतत्र सर्वत्र...

प्रधानमन्त्री ओलीलाई हत्या गर्ने धम्की !

काठमाडौं । नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले...

ट्रेन्डिङ

लकडाउनमा बन तस्करी, ८ जना शिकारी पक्राउ

जनकपुरधाम । लकडाउनको बेला वन तस्करीमा संलग्न विरुद्ध वन कार्यालयहरुले प्रदेश २ मा विशेष अभियान चलाएको छ । यसैक्रममा बाराको चैतापुर वनबाट...

वडाध्यक्ष मध्यरातमा कार्यालयमै परस्त्रीसंग भेटिएपछि…

सल्यान । वडा कार्यालयमै यौनजन्य क्रियाकलाप गर्ने वडाध्यक्षलाई कारबाहीको माग गर्दै सल्यानमा स्थानीयहरु आन्दोलित भएका छन् । असार १७ गते त्रिवेणी गाउँपालिका –४ का...

इजरायली र प्यालेस्टिनीबीचको युद्ध कहिले रोकिएला ?

  काठमाडौं । गत २७ बैशाखको सोमबार इजरायलको जेरुसेलमतर्फ गाजा क्षेत्रमा सक्रिय हमास लडाकू समूहले ठूलो संख्यामा क्षेप्यास्त्र प्रहार गरे । झण्डै एक महिनादेखि जारी...

दुर्घटनामा मोटरसाइकलमा सवार सात जनाको मृत्यु

काठमाडौं । मुलुकका विभिन्न भागमा भएका पछिल्ला सवारी दुर्घटनामा मोटरसाइकलमा सवार सात जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् ।...

गृह–प्रहरी सहमति, सात डीआईजी पद कटौती

काठमाडौं । नेपाल प्रहरीमा रिक्त नायव महानिरीक्षक (डीआईजी) बढुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच सहमति जुटेपछि संख्या कटौतीको फाइल अघि बढेको...

राजस्व छली गर्नेहरू भागाभाग

काठमाडौं । राजस्व छली गर्नेहरूमाथि सरकारले आक्रामक कारबाही थालेपछि उनीहरूको सातो जान थालेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको राजस्व अनुसन्धान विभागले...

नेपाल – भारत सीमामा सतर्कता अपनाउन आग्रह

सिरहा । हिन्दुहरूको महान चाडको रूपमा मानिने होलिमा नेपाली नागरिकहरूलाई सतर्कता अपनाउन सशस्त्र प्रहरीका एसपी प्रबिन कंडेलले आग्रह गरेका छन । सशस्त्र प्रहरी बल ७...

न्यायाधीशमा कोरोना देखिदाँ बामदेवको मुद्दा सुनुवाइ अन्यौलमा

काठमाडौं । सर्वोच्च अदालतका एक न्यायाधीश र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमणकै कारण बामदेव गौतमको राष्ट्रिय सभा मनोनयन विरुद्ध परेको मुद्दाको सुनुवाइ प्रभावित बनेको छ...

आज खिर खाने दिन

ललितपुर । साउनको १५ गते बिहीबार खिर खाइदैछ । कुनै धार्मीक महत्व नभएपनि साँस्कृतिक रुपमा कृषि प्रधान देश नेपालमा यसको बेग्लै महत्व रहेको छ...

राजा प्रताप मल्लको पालामा बनेको रानी पाेखरी केपी ओलीको पालामा पुर्ननिर्माण (फाेटाेफिचर)

काठमाडौं । विनाशकारी भूकम्पपछि पूर्ननिर्माण गरिएको रानी पोखरीमा आज साढे ३ करोड लिटर पानी जम्मा गरिएको छ । आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात राजा...

गर्भ पतन गराएकाे भन्दै श्रीमान बिरूद्ध उजुरी

म्याग्दी ।  बेनी बजारकी स्मृति शर्माले प्रहरी निरीक्षकसमेत रहेका श्रीमान् ध्रुव शर्माविरुद्ध बहुविवाह र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता गराएकी छिन् । श्रीमानले आफूलाई अन्याय...

कतारमा कोरोनाः अत्यावश्यकबाहेक भेटघाट नगर्न दूतावासको अपिल

काठमाडौँ । नेपालीको प्रमुख श्रम गन्तव्य कतारमा कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि दोहास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)