Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picks१० महिनामा साढे ११ खर्ब घाटा

१० महिनामा साढे ११ खर्ब घाटा

पूर्णभक्त दुवाल,
sharethis

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि वैशाखसम्म १० महिना अवधिमा ११ खर्ब ४५ अर्ब ६३ करोेड ४ लाख २३ हजार व्यापार घाटा भएको छ । गत वर्ष सोही अवधिमा ९ खर्ब ४३ अर्ब ७ करोड ३० लाख मात्र व्यापार घाटा थियो ।

भन्सार विभागका अनुसार साउनदेखि वैशाखसम्म नेपालले १३ खर्ब ६२ अर्ब ५८ करोड ९९ लाख ३५ हजार वैदेशिक व्यापार गरेको छ । यसअवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड १ लाख ७९ हजार वस्तु तथा सेवा आयात गरेको छ ।

निर्यात भने १ खर्ब ८ अर्ब ४७ करोड ९७ लाख ५६ हजार भएको छ । नेपालले निर्यात लक्ष्यको १० वर्षपछि सफलता पाएको हो । १० वर्षअघि नै १ खर्बको निर्यात लक्ष्य राखे पनि चालू आर्थिक वर्ष १० महिनामै सफलता मिलेको हो ।

१ खर्बको निर्यात लक्ष्य १० महिनामै पूरा

भन्सार विभागका अनुसार वैदेशिक व्यापार घाटा अघिल्लो वर्षको तुलनामा साढे २१ प्रतिशत बढेको छ । व्यापार घाटा बढे पनि निर्यात प्रतिशत ३२ प्रतिशतले बढेको छ । आयात २२ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार कुल वैदेशिक व्यापारमा आयात हिस्सा ९२ दशमलव शून्य ४ र निर्यात ८ प्रतिशत छ ।

सबैभन्दा ठूलो व्यापार घाटा भारतसँग छ । १० महिनामा भारतसँग मात्र ७ खर्ब ३६ अर्ब ३० करोड ३२ लाख ८५ हजारबराबर व्यापार घाटा भएको छ । भारतबाट ८ खर्ब १५ अर्ब ६३ करोडको आयात हुँदा ७९ अर्ब ३२ करोड ७४ लाखबराबर मात्र निर्यात भएको छ ।

भारतपछि चीनसँग १ खर्ब ८२ अर्ब २९ करोडको व्यापार घाटा भएको छ । चीनतर्फ चालू आवमा ८९ करोड ७६ लाख २६ हजारको मात्र निर्यात भएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

यसैगरी, अर्जेन्टिनासँग ३० अर्ब ४२ करोड ७९ लाख र संयुक्त अरब इमिरेट्सँग ३० अर्ब २२ करोडको व्यापार घाटा रहेको छ । युुक्रेनसँग १३ अर्ब १५ करोड, इन्डोनेसियासँग १३ अर्ब १४ करोड र क्यानाडासँग १२ अर्बको व्यापार घाटा छ ।

व्यापार घाटा रहेका मुलुकमा दक्षिण कोरिया, दक्षिण अफ्रिका, मलेसिया, थाइल्यान्ड छन् । अन्य मुलुकमा साउदी अरेबिया, भियतनाम, बंगलादेश, पाराग्वे, सिंगापुर, जापना, ओमान र अमेरिका क्रमिक रूपमा छ ।

व्यापार नाफा भएका मुलुकमा सबैभन्दा अगाडि लेबनान रहेको छ । लेबनानसँग १८ करोड ८ लाख ८८ हजार रुपैयाँको व्यापार नाफा छ । लेबनानबाट ९८ लाख ६० हजारको आयात हुँदा १९ करोड ७ लाख ४९ हजार रुपैयाँको निर्यात भएको छ ।

डेनमार्कसँग भने १७ करोड ५८ लाखको व्यापार नाफा रहेको छ । युनाइटेड किंगडमसँग १६ करोड १४ लाख ५० हजार रुपैयाँको व्यापार नाफा छ । व्यापार नाफा भएका मुुलुकमा क्रमशः सुडान, अंगुुलिया, आइसल्यान्ड, न्यु क्यालेडोनिया, यमन, फिजी, मोनाकोलगायत छन् ।

चालू आर्थिक वर्षको १० महिनामा ६८ अर्ब ६३ करोड रुपैयाँको खाद्यान्न मात्रै आयात भएको छ । यो गएको वर्षभन्दा १३ अर्ब रुपैयाँभन्दा बढी हो । ३१ अर्ब रुपैयाँको तरकारी तथा फलफूल आयात भएको छ ।

त्यस्तै, १० महिनामा १ खर्ब २१ अर्बको आइरन र स्टिल, १ खर्बको मेसिनरी सामग्री, ८२ अर्बको गाडी र पाटपुर्जा, २६ अर्बको औषधि, ५० अर्ब रुपैयाँको प्लास्टिकका सामग्री आयात भएको छ । ४२ अर्बभन्दा बढी डिजल भित्रिएको छ ।

तपाइको प्रतिक्रिया

(Visited 187 times, 1 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

आजको समाचार

नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा

  काठमाडाैं । काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा आएको छ । नेपालीको ठूलाे चाड बडादसैँ, शुभ दीपावली तथा छठ पर्वलाई लक्षित गरेर...

दिल्ली क्यापिटल्स आईपीएलको शीर्ष स्थानमा

दुबई । इण्डियन प्रिमियर लीग (आईपीएल) ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दिल्ली क्यापिटल्स शीर्ष स्थानमा उक्लिएको छ । आईपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादमाथि ८ विकेटको सहज जित...

सिमा नाका कागजमा मात्रै खुल्ला सर्वसाधारण हैरान

  सप्तरी । राजविराज । कोरोना संक्रमण बढेपछि डेड वर्ष अघि भारतीय सिमा संग जोडिएको सबै नाका बन्द गरिएको थियो । जोखिम घटदै गएपछि सरकारले...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

कपनमा ढलमा खसेर बालक बेपत्ता

काठमाडौं । संघीय राजधानी काठमाडौंकै ढल व्यवस्थापन व्यवस्थित नहुँदा ढलमा खसेर मानिसको मृत्यु हुने तथा बेपत्ता हुने घटना फेरि दोहोरिएको छ । काठमाडौंको कपनमा...

साताका लोकप्रिय समाचार

खाद्य कम्पनीले सुर्खेत पठाएको चामल गोदाममा सिल

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ ।...

म्युजिक भिडियो ‘सोच्दैछु’ सार्वजनिक

काठमाडौं । म्युजिक भिडियो 'सोच्दैछु' सार्वजनिक भएको छ। सुजन अधिकारिको शब्द तथा स्वर रहेको गीतमा इन्द्र आरपीको संगीत सुन्न सकिन्छ। गीतलाई एरेन्ज सुरज साही...

बिक्री हुदैन संस्थानको चामल

बझाङ । बजारका पसलहरु भन्दा नेपाल खाद्य संस्थानले वितरण गर्ने चामलको मुल्य कम भए पनि संस्थानको चामल बिक्री नभएर गोदाममा थन्किएको छ । बजारका...

अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने जसपाको अडान

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले राजनीतिक दल विभाजन सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा सहभागी नहुने अडान राखेको...

तस्विरमा कुमारी जात्रा (फाेटाेफिचर)

काठमाडाैं ।  सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गइ जात्रा अवलोकन गरेकी छिन् । जात्रा अवलोकन गर्न...

ट्रेन्डिङ

समृद्धिको अनलाइन चित्रकला प्रतियोगिता शुरु

काठमाडौं । समृद्धि स्कुलको आयोजना तथा योङ्ग पिकासो प्रस्तुतिमा स्कुल लेभल अनलाइन चित्रकला प्रतियोगिता शुरु भएको छ । विद्यालय तहका कक्षा ८ देखी यस...

ओली देश र पार्टी दुबैका बिरुद्ध छन् : नेपाल

पाँचथर । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली मुलुक र पार्टी दुबैको बिरुद्धमा रहेको आरोप लगाएका...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)