अन्तिम खेलमा अष्ट्रेलियासँग नेपाल पराजित

काठमाडौं । विश्वकप फुटबल एवं एसियन कप फुटबलको छनौट चरणको अन्तिम खेलमा नेपाल अष्ट्रेलियासँग ३–० ले पराजित भएको छ । कुवेतको कुवेत सिटीमा गएराति भएको खेलमा अष्ट्रेलियाविरुद्ध नेपालले केही संयमित प्रदर्शन गरेको थियो ।

खेलमा अष्ट्रेलियालाई विजयी गराउन म्याथ्यु लेच्की, फ्र्याङ्क काराकीक र मार्टिन बोयलले एक एक गोल गरे । नेपालका रोहित चन्दले ४५ औं मिनेटमा रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो ।

यो हारसँगै नेपालले विश्वकप तथा एसियन कप छनौट चरणको समुह ‘बि’ मा चौथो स्थानमा रहँदै खेल सकाएको छ । पाँच टोली सहभागि समुहको पुछारमा चाइनिज ताइपेइ रह्यो ।

यो खेलपछि अष्ट्रेलिया विश्वकप फुटबलको तेस्रोे चरणको छनौट एवं एसियन कप फुटबलका लागि छनौट भएको छ । नेपाल भने एसियन कपको अर्को चरणको छनौट खेल्न प्ले अफ्को पर्खाइमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

epaper

ताजा समाचार

सीता जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन प्रभु साहको माग