Tuesday, August 3, 2021
Homeप्रदेशप्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

प्रभु साहसँग किन चिढिए प्रधानमन्त्री ओली ?

राजधानी समाचारदाता,
sharethis

 

काठमाडौँ । विगत लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिदै आएका माओवादी नेता प्रभु साह र प्रधानमन्त्री बिचको सम्बन्ध अहिले चिसिएको छ । हिजोसम्म प्रधानमन्त्रीको अति प्रिय रहेका प्रभु साह आज किन एकाएक अप्रिय भए ? आखिर के भयो त्यस्तो कि मधेशका एक सशक्त नेताको रुपमा चिनिएका प्रभु साह र प्रधानमन्त्री ओलीको सम्बन्धमा दरार आयो ?

सर्वोच्च अदालतले नेकपाको एकतालाई बदर गरि एमाले र माओवादी केन्द्र ब्युत्याई दिएपछि “अब कसरी अगाड़ी बढ़ने ?” भन्ने विषयमा मतभेद बढ़न थालेको देख़िन्छ । स्रोतका अनुसार प्रभु साहले नेकपाकै राजनीतिक वैचारिक कार्यदिशाको निरन्तरता हुनुपर्ने अर्थात जनताको बहुदलीय जनवाद नभई जनताको जनवादसहितको राजनीतिक वैचारिक कार्यदिशा हुनुपर्ने, एकताकै भाव झल्किने गरी पार्टीको नयाँ नामाकरण हुनुपर्ने, पार्टीको सांगठनिक गतिविधि पनि एकताकै भाव अनुरूप हुनुपर्ने अर्थात् पार्टीको आगामी महाधिवेशन पनि एकताकै महाधिवेशन गर्नुपर्ने जस्ता माग राख़्दै आएका थिए, जसलाई केपी ओलीले मन पराएका थिएन ।

यी मागहरुका विषयमा केपी ओली र प्रभु साह बीच पटक पटक वार्ता भयो । कतिपय वार्तामा रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीसहितका माओवादी नेताहरुको पनि सहभागिता थियो, तर प्रगति भने खासै हुन सकेन । आफ्नो मागको ठोस सम्बोधन नहुँदासम्म अगाडी बढ्न नसक्ने अडान प्रभु साहको थियो । प्रधानमन्त्री लगायतका एमाले नेताहरुले प्रभु साहलाई पटक पटक फकाउने प्रयास गरेतापनि साह भने टसमस भएनन् । प्रधानमन्त्री स्रोतले भन्यो, “एमाले ब्युतेपछि पार्टीको निर्णय पुस्तिका (माईन्युट) मा प्रभु साहले हालसम्म पनि हस्ताक्षर गर्न नमाने पछि प्रधानमन्त्री ओली झन क्रुद्ध हुनुभयो ।”

स्रोतका अनुसार एमाले पक्षबाट धेरै लचकताका साथ नेताहरुले भनेका थिए “तपाईहरुको कुरा जायज छ । यो नेकपाकै निरन्तरता हो, अदालतको बाध्यात्मक निर्णयले मात्र हामीले नेकपा एमाले भन्न बाध्य भएका हौँ । अहिले नाम फेर्ने हो भने माधव नेपाल समूहले पनि आफूलाई एमालेकै रुपमा प्रस्तुत गर्ने सम्भावनालाई विचार गरेर एमाले भन्न बाध्य छौँ ।”

“जहाँसम्म जबजको कुरा हो यो त प्रचण्डले समेत मानिसकेको र हिजो उहाँको फेस-सेभिङको लागि मात्र हामीले जनताको जनवाद भनेका थियौं। त्यसैले यस्तो विषयमा अविश्वास नगर्न माओवादी पक्षलाई बुझाउने कोशिश नगरेको पनि हैन; यति गर्दा पनि न भए हामी के गर्न सक्छौ ?” एमालेका एक नेताले भने ।

(Visited 3,067 times, 1 visits today)
Loading comments...

आजको समाचार

पर्यटक लोभ्याउँदै गेरुवाको ‘ओखरिया इन्टेक’

बर्दिया । उत्तर तर्फबाट बग्दै आएको कर्णाली नदी बर्दिया र कैलाली जेड्ने कर्णाली चिसापानी पुल भन्दा केही तल गएपछि २ भागमा छुट्टिन्छ । एकातिर...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

‘दाचुुर्ला काण्ड’ को विरोधमा विप्लव माओवादीको विरोध

तुलसीपर । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा विरोध प्रर्दशन गरेको छ । जयसिंह धामी हत्याको विरुद्ध ‘दार्चुला काण्ड’मा तुलसीपुर बजारमा विरोध प्रदर्शन...

कोरियन भाषा परीक्षा पास गरेकालाई तत्काल पठाउन निर्देशन

काठमाडौं । रोजगार अनुमति प्रणालीमार्फत दक्षिण कोरिया जानेका लागि लिइएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरी अहिलेसम्म जान नपाएर अलपत्र परेका नेपाली प्रशिक्षार्थी कामदारलाई तत्काल...

छिमेकीमैत्री व्यवहार जरुरी

दार्चुलाका जयसिंह धामी उर्लंदो कर्णालीको बाढीमाथि तुइन पार गर्दै गर्दा भारतीय एसएसबी फोर्सले भारततिर रहेको तुइनको लठ्ठा खुकुलो पारिदिएपछि तत्काल महाकाली नदीमा बेपत्ता भए...

साताका लोकप्रिय समाचार

कांग्रेस क्रियाशील सदस्यता विवादः १ सय २१ वडामा स्थगित

काठमाडौं । कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण...

कालो ढुसीको औषधि पाउनै मुस्किल

काठमाडौं । कोरोनाका बिरामीलाई संक्रमण गर्ने कालो ढुसी (म्युकोरर्माइकोसिस)का लागि प्रयोग हुने औषधि बजारमा पाइनै छाडेको छ । कालो ढुसी संक्रमणविरुद्ध प्रयोग हुने ‘इन्जेक्टेवल’...

सांसदका एकै स्वरः नागरिकता विधेयक छिट्टै पारित होस्

काठमाडौं । प्रतिनिधिसभा सांसदले नागरिकता विधेयक छिटोभन्दा छिटो पारित गर्न माग गरेका छन् । प्रतिनिधिसभा शून्य र विशेष समयमा उनीहरूले नागरिकता ऐन २०६३ संशोधन...

संक्रमित बढेसंगै सतर्कता जरुरी

बढ्दो संक्रमण, घट्दो सतर्कताका कारण कोरोनाका सक्रिय संक्रमितको संख्या अहिले एक महिनाकै उच्च हुँदा जनतामा एकखाले आतंक छाएको छ । जनतामा अब कोरोना महामारी...

त्रिनगर भन्सार नाकाबाट व्यापार घाटा उच्च

  धनगढी ।  सुदूरपश्चिमको प्रमुख व्यापारिक नाका त्रिनगर भन्सार नाकाबाट भारतसँगको व्यापार घाटा चुलिँदै गएको छ । यो भएर एक वर्षको अवधिमा भारतबाट वस्तु तथा...

ट्रेन्डिङ

रौतहटमा धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या, श्रीमान गम्भीर घाइते

रौतहट । रौतहटमा फेरी एउटा हत्या भएको छ । रौतहटको देवाही गुनाही नगरपालिका वाड नं. ५ टिकुलियामा दम्पतीकै हत्या गर्ने उदेश्यले भएको आक्रमणमा श्रीमतीको...

मिलन र विछोडको कथानक

राजनीति शक्तिका लागि संघर्ष हो । लामो समयसम्मको परिश्रम, घोटाइ, घोकाइ, दलाइ, खटाइ र अथक उठापटकपश्चात् मात्र शक्तिमा पुग्न पाइन्छ । किन्तु धेरैजसो परिश्रमीहरू...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)