Tuesday, August 3, 2021
HomeNot-to-be-missedजर्मनीको लोभलाग्दो पुनरागमन

जर्मनीको लोभलाग्दो पुनरागमन

राजधानी समाचारदाता,
sharethis

म्युनिख । पोर्चुगलविरुद्ध ४ गोल ठोकेर जर्मनीले आफू पुरानै लयमा फर्केको संकेत गरेको छ । केही समयदेखि लय गुमाएको जर्मनी टोली यसअघिको खेलमा फ्रान्ससँग पराजित भएको थियो । लयमा फर्केको जर्मनी सामु रोनाल्डोले नेतृत्व गरेको पोर्चुगिज टोलीलाई हिजोको खेलमा भाग्यले पनि साथ दिएन । ऊ २–४ ले पराजित भयो ।

समूह ‘एफ’ बाट विश्व विजेता फ्रान्स, युरो कपको डिफेन्डिङ च्याम्पियन पोर्चुगल र फुटबलमा साम्रज्य कायम गरेको जर्मनीमध्ये दुईवटा टोली नकआउट चरणमा प्रवेश गर्नेछ । दुई खेलको समाप्तिमा समीकरण पनि जटिल बनेको छ । जर्मनी र पोर्चुगल दुवैको समान ३–३ अंक छ । ४ अंक जोडेको फ्रान्स शीर्ष स्थानमा छ । हंगेरीसँग १ अंक मात्र छ, र, पनि उसको नकआउट चरणमा प्रवेशको सम्भावना टरेको छैन । हिजोको खेलमा फ्रान्सले हंगेरीसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुप-यो ।

कुन टोली नकटआउट चरणमा प्रवेश गर्छ भन्ने कुराको निक्र्योल अन्तिम खेलले मात्र गर्नेछ । अब फ्रान्सले पोर्चुगलको सामना गर्दा जर्मनीले हंगेरीसँग खेल्नेछ । सबै टोलीलाई जीत आवश्यक छ । जसले गोल गर्न सक्दैन ऊ छनोट चरणबाटै घर फर्किनेछ ।

युरोकप फुटबलमा आजबाट समुहका अन्तिम चरणका खेलहरु सुरु हुँदैछन् । हिजोको खेलमा जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो रोनाल्डोले पहिलो गोल गरे । तर यसपछि जर्मनीले लगातार चार गोल ग-यो । उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका हुन् ।

६७ औं मिनेटमा डिएगो योटाले एक गोल थपेपनि पोर्चुगललाई हारबाट जोगाउन सकेनन् । यो जितपछि समुहको दोस्रो स्थानमा उक्लिएको जर्मनीले अर्को चरणमा प्रवेश गर्ने सम्भावना जिवित राख्दा पोर्चुगल तेस्रो स्थानमा झरेको छ ।

युरोकप फुटबलकै अर्को खेलमा स्पेन र पोल्याण्डले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा स्पेनका लागि अल्भारो मोराटाले पहिलो गोल गर्दा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले बराबरी गोल फर्काएका हुन् ।

आज राती पौने १० बजे समुह ‘ए’ का दुई खेल हुनेछन् । राउण्ड अफ सिक्सटिनमा पुगिसकेको इटालीले वेल्ससँग खेल्दा स्वीट्जरल्याण्ड र टर्की भिड्नेछन् ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

माधव समूह आन्तरिक छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेका छन् । अध्यक्ष केपी शर्मा ओली पार्टी एकता प्रभावित पार्ने...

जनादेश, परमादेश र आदेश !

मुलुकले संघीय गणतान्त्रिक राज्य व्यवस्था अंगीकार गरेपछि सम्पन्न पहिलो आमनिर्वाचनमा तत्कालीन नेकपा एमालेसहित माओवादी केन्द्रको साझा चुनावी गठबन्धनबाट सो दल अत्यधिक मतले जनताबाट अनुमोदन...

छिन्नमस्ता मन्दिरको मुकुटसहित चोरीमा संलग्न पक्राउ

  सप्तरी, राजविराज । सधै पुजारीको निगरानीमा रहने मुलुकको प्रमुख शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ स्थित छिन्नमस्ता भगवती मन्दिरमा रहस्यमय ढंगले भएको चोरीले...

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा

काठमाडौं । पाँच दलीय गठबन्धनद्वारा सत्ता सञ्चालनका लागि गठित कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित कार्यदलका नेताहरु बैठकमा सहभागी...

साताका लोकप्रिय समाचार

कोरोनाको पीडा भुलाउँदै हास्य शृंखला

काठमाडौं । कोरोनाको महामारीपछि तीन महिना लामो निषेधाज्ञा केही खुकुलो भएको छ । यो खुकुलोसँगै टेलिभिजनबाट फेरि हास्य शृंखला प्रस्तुत हुन थालेका छन् । यसै...

अब संसद् सचिवालयको कारोवार राष्ट्रिय वाणिज्य बैंकमार्फत

काठमाडौं । संघीय संसद् सचिवालयको सम्पूर्ण कारोवार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत प्रारम्भ गरिएको छ । सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ...

साउदीमा उँटसंग गाडी ठोक्किँदा धनकुटाका युवाको मृत्यु

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री ढुवानी गर्ने गाडी दुर्घटनामा परी धनकुटा नगरपालिका–१...

उच्च र जिल्ला अदालतमा मंसिरदेखि गोला प्रथाबाट पेसी तोकिने

काठमाडौं न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेसी तोक्ने समयदेखि चलखेल सुरु हुने निष्कर्षसहितको प्रतिवेदन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर...

अस्तब्यस्त शासन र संकटउन्मुख देश

प्रारम्भ: नेपालमा राणाहरूलाई सताच्युत गरेर जनताको शासन प्राप्त गर्न भएका संघर्षदेखि आजको अवस्थासम्म आइपुग्दा देशमा गणतन्त्रमा जानसमेत तयार भएका तत्कालीन राजा त्रिभुवन, अत्यधिक जनसमर्थन...

ट्रेन्डिङ

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

नेकपामा दुई लाइन संघर्षको बीजारोपण

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ण्का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप गर्दै लिखित प्रतिवेदन पेस गरेपछि पार्टीभित्र स्पष्ट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)