गण्डकी । पोखरा महानगरपालिका—२१ फेदीपाटनका मुक्ति पौडेल कात्तिकको अन्तिममा व्याउनुपर्ने गाईले ६ महिनाअघि नब्याउँदै दूध दिन थालेपछि दंग छन् । २०७७ माघ २ गते परम्परागत तवरले बहर लगाएर प्रजनन् गराइएको गाई आगामी कात्तिकमा ब्याउने भन्दै ढुक्क बनेका पौडेललाई जेठको २६ गते राति एकाएक गाईको थुनबाट दूध गोठमा आफैं झरेको देख्दा अचम्मित बने ।
साढे दुई वर्षको मिनिजर्सी सो बाच्छीले त्यसयता प्रत्येक दिन बिहान बेलुका दुई/दुई लिटरका दरले दूध दिन थालेपछि यतिखेर उनको घरमा गाई हेर्न छिमेकीहरू पुग्न थालेका छन् । उनले भने, ‘दूध भने कहिल्यै पनि फाटेन । अहिले खाएर बाँकी रहेको दूध दही बनाएर मोत्था घिउ पनि राम्रो लाग्ने गरेको छ ।’
नब्याउँदै गाईले दूध दिन थालेपछि दंग परेका निर्मलपोखरी गाविसका पूर्वउपाध्यक्षसमेत रहेका पौडेल र उनकी श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका ’bout बताउन भ्याइनभ्याइ छ
गाई नब्याउँदै दूध दिने विषय विरलै हुने गरेको बताउने पशु चिकित्सक डा. मधु तिमिल्सिना हर्मनको कारणबाट यस्ता दुर्लभ घटना हुने धारणा राख्छन् । उनी भन्छन्, ‘नब्याउँदै गाईले दिएको दूध खाँदा भने कुनै समस्या हुँदैन । उन्नत जातका गाईका बाच्छीले पहिलो बेतमै प्रोगेस्टोन हर्मन वृद्धिले दूध उत्पादन गर्ने भएको कारण नब्याउँदै दूध दिन थालेको हो,’ उनले भने, ‘यस अवस्थाका गाईमा थुनेलो हुने समस्या आउने भएकाले कल्चौडा सफा राख्ने, थुनमा बेटाडिन लगाउने गर्नुपर्दछ ।’
नब्याउँदै गाईले दूध दिन थालेपछि दंग परेका निर्मलपोखरी गाविसका पूर्वउपाध्यक्षसमेत रहेका पौडेल र उनकी श्रीमती सीतालाई यतिखेर गाई हेर्न आउने छिमेकीलाई गाईका ’bout बताउन भ्याइनभ्याइ छ । गोठमा दुईवटा ब्याउने भैंसी भएर पनि गाई पाल्ने इच्छा जागेको कारण आफूले बाच्छीको खोजीमा रहेको बेला स्थानीय दलित समुदायका एक व्यक्तिमार्पmत २०७६ पुस १७ गते ल्याएर गोठमा बाँधिएको हो । वेवारिसे अवस्थाको गाईको बाच्छी ल्याइदिने उनलाई पौडेलले १ हजार रुपैयाँ पारिश्रमिकसमेत दिएका थिए ।
सुरुमा राम्रो आहारा एवं पानीसमेत पर्याप्त नखाएको आवस्थामा फेला परेको बाच्छी गोठमा ल्याएपछि भने राम्रै स्याहारसुसार पाएको सीताले जानकारी दिए । दुब्लो, हिँड्डुल गर्नसमेत खासै नसक्ने कमजोर अवस्थाको बाच्छीले सुरुको दिनमा पानीसमेत नखाएकै कारण बाख्राको जुत्तोजस्तै गोट्टा दिसा गरेको बताउँदै उनले आफूहरूले स्याहारसुसार गर्न थालेपछि दिन प्रतिदिन राम्रो हुँदै गएको अनुभव सुनाए ।
छिमेकमै जन्मेको सो बाच्छी माया नपाएपछि व्यवारिसे बनेको प्रत्यक्ष देख्ने स्थानीयवासी अहिले भने नब्याउँदै दूध दिन थालेपछि दंग परेका छन् । त्यसअघि सो बाच्छी करिब ४५ दिनसम्म पोखरा १७ स्थित विरुवा फाँटमा खुला आकाशमुनि बस्न बाध्य थियो । पशुहरू आफू हेलित भए पनि स्याहारसुसार पाएमा बहुगुणी हुन्छन् भन्ने तथ्यलाई यसले पुष्टि गरेको स्थानीयवासी पण्डित कृष्णप्रसाद पौडेलले बताए ।
बाच्छाबाच्छी हुर्काउनभन्दा दूधलाई महत्व दिने हाम्रो समाजमा जीवन मरणको अन्तिम अवस्थामा पुगेको बेवारिसे बाच्छीले ब्याउनुभन्दा ६ महिनाअघि दूध दिएर समाजलाई गम्भीर भएर सोच्नुपर्ने अवस्था सिर्जना गरेको छ । ‘आप्mनो ६६ वर्षीय जीवनमा यस्तो पहिलो बेतै बाच्छीले नब्याउँदै दूध दिएको यसअघि नदेखेको र सुनेको पनि थिइन आज त दूध नै खाने अवसर मिल्यो’, उनले थपे, ‘गाईको दूधमा अरूको भन्दा नमीठो भने छैन, पशुले हामीले गर्ने व्यवहारकै आधारमा सेवा दिने गर्दछन् ।’
गाई र त्यसले दिएको दूध हेर्न पौडेलको घरमा पुगेका स्थानीय बासिन्दा रामचन्द्र पौडेल, भोलानाथ पौडेल, शिव पौडेललगायतले नब्याउँदै बाच्छीले दूध दिएको देख्दा अचम्भित भएको भन्दै यस्ता घटना सञ्चारमाध्यममा यदाकदा सुन्ने गरेको भए पनि आँखाले देख्ने अवसर पहिलोपटक मिलेको सामूहिक धारणा राखे । रासस