इटाली पठाइदिन्छु भन्दै अजरबैजान पुर्याएर बिचल्ली पार्ने पक्राउ

 

काठमाडौं । इटाली पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं बुढानिलकण्ठ बस्ने उदयपुर त्रियुगा नगरपालिका–७ घर भएका ३६ वर्षीय उमेश रेग्मीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

रेग्मीले रामेछाप उमाकुण्ड गाउँपालिका–३ बस्ने २३ वर्षीय सौगात सुनुवार लगायत ३ जनालाई वर्किङ भिषामा इटाली पठाइदिने भन्दै प्रतिव्यक्ति जनही १० लाख ५० हजार रुपैयाँको दरले ३१ लाख ५० हजार रुपैयाँ लिएका थिए । उनीहरूलाई अजरबैजानसम्म पुर्याएर बिचल्ली बनाई फरार रहेका उमेशलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ललितपुर टिकाथलीबाट पक्राउ गरेको हो ।

उमेशले विभिन्न व्यक्तिहरूलाई वर्किङ भिषामा यूरोपियन मुलुकमा पठाइदिन्छु भन्दै करिब १ करोड रुपैयाँ भन्दा बढी रकम ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया
(Visited 592 times, 1 visits today)

epaper

ताजा समाचार

३ वर्षिया अवोध बालिकाको शव फेला, सौतेनी आमा पक्राउ