रेशम चौधरीको बायोग्राफी आउदै

 

काठमाडौं । साउने सक्रान्तीका दिन पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराइले ट्वीट गर्दै लेखे ‘थारू जातिको विशेष पर्व गुरिया तथा श्रावण संक्रान्तिको अवसरमा टीकापुर थारू विद्रोहका राजनीतिक बन्दी मा. रेशम चौधरीलाई कारागारमा भेटेर शुभकामना आदानप्रदान गरियो । अध्ययनशील तथा सिद्धहस्त लेखक चौधरीको नयाँ पुस्तक ‘हिडन स्टोरी फ्रम प्रिजन’ का लागि हार्दिक धन्यवाद ! कितावको कभर फोटो पनि सार्वजनिक गरेका छन् ।

डा. भट्टराईको ट्वीटबाट बुझिन्छ रेशम चौधरी अब लेखक बन्दैछन् । किताबमा के के सन्दर्भ समेटिएको छ सार्वजनिक भैसकेको छैन । तर, टिकापुर घटनादेखी जेल बसाईसम्मको प्रसंग पुस्तकमा अट्ने छ ।

२०७२ सालमा संविधान जारी हुनुभन्दा एक महीनाअघि कैलालीको टीकापुरमा हिंसा भड्किँदा सात जना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनामा दोषी ठहर भएपछि रेशम चौधरी जेल चलान भएका थिए । उनी अहिले जेलमै छन् । प्रतिनिधि सभा सदस्यको निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित भएका चौधरी हाल निलम्बित छन् ।

जनता समाजवादी पार्टीले रेशम चौधरीको रिहाइलाई प्रमुखताका साथ उठाइरहेको छ । बेला बेलामा सरकारको नेतृत्व गरेको पार्टीले जसपासंगको समन्यमा चौधरी रिहाई गर्न खोजे पनि मेसो मिलाउन सकेको छैन । चौधरीको मुद्दा जसपाका लागि भने सत्तामा जाने एकखालको भ¥याङ बनिरहेको छ । संगीतकार र गायकसमेत रहेका चौधरी गीतकार पनि हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 318 times, 1 visits today)

epaper

ताजा समाचार

भारतका लागि पूर्वनेपाली राजदूत धौभडेलको निधन