Friday, September 24, 2021
Your Ads Here
HomeEditor-Picksनेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान

नेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान

राजधानी समाचारदाता,
sharethis

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले नेपालमै पहिलोपटक व्यावसायिक रूपमा ‘राइस डक फार्मिङ’को सुरुवात गरेको छ । यो फार्मिङ भनेको धानको खेतीभित्र लोकल हाँसको उत्पादन गर्ने प्रक्रिया हो ।

कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरमा झन्डैण् आठ महिनाअगाडि दर्ता भई अस्तित्वमा आएको सो बैंकले स्थापनालगत्तै कृषि क्षेत्रमा योगदान सुरु गरेको छ ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार, बैंकले हाल झापाको गौरादह नगरपालिका–२ मा ५० बिघा जमिनमा ‘पाइलट प्रोजेक्ट’का रूपमा लोकल बासमती धानको खेती गर्दै आएको छ । यसै खेतीभित्र केही जमिनमा लोकल हाँस पालन गरिएको छ ।

यसैगरी सो बैंकले बर्दियाको गुलरिया नगरपालिका–३ खैरीमा करिब ६० बिघा जमिनमा लोकल बासमती धानको खेती सुरु गरेको छ । राइस डक फार्मिङअन्तर्गत सो बैंकले झन्डै एक हेक्टर जमिनमा तारजाली बाँधेर तीन साता उमेरको १ हजार चल्ला धानखेतीभित्र छाडेको छ ।

दिनभर धानखेतीभित्र चरेर बेलुका खोरमा फर्किने यी हाँसले खेतभित्रका किरा फट्यांग्रा तथा हिलो र झार खाने हुँदा धान गोड्ने कामसमेत यिनै हाँसबाट हुने बैंकका अध्यक्ष उप्रेतीले बताए ।

उनका अनुसार, परम्परागत ढंगले बोलीको माध्यमबाट खेतमा पठाइने र खोरमा सारिने यी हाँसको तौल पाँच महिनाको अवधिमा डेढ किलोभन्दा बढी हुन्छ । यी हाँस सो अवधिमा प्रतिहाँस १ हजार ५ सय रुपैयाँभन्दा बढीमा बिक्री गर्ने लक्ष्य सो बैंकको रहेको छ ।

पाइलट प्रोजेक्टका रूपमा सुरुवात गरिएको यो खेती सफल हुने विश्वास बैंकका अध्यक्ष उप्रेतीको रहेको छ । यो खेती सफल भएमा ‘लार्ज स्केल’मा खेतीलाई विस्तार गरिने लक्ष्य रहेको उनले सुनाए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

दुई साताअघि धानखेतीमा छाडिएको ती चल्लाको तौल हाल २ सय ग्रामभन्दा बढी रहेको छ । धान फुल्ने बेला नहोउन्जेल करिब पाँच महिना धान खेतीभित्र रहने ती हाँसले प्रतिहाँस चारदेखि ६ किलो मलसमेत दिनुका साथै अर्गानिक खेतीमा समेत मद्दत गर्ने तथा वातावरण संरक्षणमा समेत योगदान पु¥याउने उप्रेतीको भनाइ छ ।

अध्यक्ष उप्रेतीका अनुसार, धानखेतीभित्र हाँसपालन गर्दा हाँसबाट धानको गोडमेल हुनुका साथै आहारको रूपमा किरा फट्यांग्राहरू खाने, हिलोमै खेल्ने तथा धानबाट निस्कने वायु प्रदूषणलाई रोक्ने काम गर्छ । उनले भने, ‘यो प्रविधिको खेती जापानमा सफल भएको छ ।’ जापानमा धान रोपेको करिब तीन सातामा खेतीभित्र हाँस छाड्ने गरेको उनले बताए ।

धानखेतीभित्र गरिने हाँस पालनले एउटै जमिन र एउटै लगानीमा आम्दानी बढी हुने भएकाले यो खेती सफल भएमा राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउन सकिने उनले बताए ।

यो खाद्य बैंक खाद्यान्नको बेसमा काम गर्ने नेपालको पहिलो बैंक हो । २ अर्ब रुपैयाँ पुँजी रहेको यो बैंकले सातवटै प्रदेश र ७७ वटै जिल्लामा विस्तार भई ७५३ स्थानीय तहमा योगदान पु¥याउने लक्ष्य लिएको छ । यो बैंकले उत्पादन, भण्डारण तथा बिक्रीवितरण कार्यमा बिचौलियाको प्रवेशलाई रोक्न आफंैले गर्ने लक्ष्य लिएको छ । बैंकका अध्यक्ष उप्रेतीले भने, ‘परनिर्भरतालाई घटाउँदै देशलाई कृषि उपजमा आत्मनिर्भर गराउने लक्ष्यसमेत बैंकको रहेको छ ।’

सो बैंकले झापा र बर्दियामा स्थानीय कृषकसँग सहकार्य गरी करिब ९ सय ५० बिघा जमिनमा व्यावसायिक कृषि कार्य सुरु गरेको छ ।

तपाइको प्रतिक्रिया

(Visited 129 times, 1 visits today)

आजको समाचार

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो...

किर्ते दस्तखत गरी अर्कैको नामको २७ लाख रुपैँया झ्वाम्

  इटहरी । इलाका प्रहरी कार्यालय इटहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको रोङ्ग गाउँपालिका वडा नं. ६ बस्ने ३३ वर्षीय...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

मन्त्रिपरिषद् विस्तारमा फेरि ‘ब्रेक’

काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक...

‘कालोधन’ शुद्धीकरणकाे पक्षमा ल्याइएको बजेट विवादमा

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’...

साताका लोकप्रिय समाचार

‘देउन माया सुन्तला’

काठमाडौं । लोक शैलीको 'देउन माया सुन्तला' सार्वजनिक भएको छ। सार्वजनिक गीतमा चेतबहादुर बुढाथोकीको शब्द संगीत र सुनिता बुढा क्षेत्री र चेतबहादुर बुढाथोकीको स्वर...

काबुलका मेयरले भने, महिला कर्मचारी कार्यलय नजानू

  काबुल । अफगानिस्तानको राजधानी काबुलका नयाँ मेयरले महानगरका सम्पूर्ण महिला कर्मचारीलाई घरमै बस्न निर्देशन दिएका छन् । मेयर हामदुल्लाह नोमानीले केही समयका लागि महिला...

बालुवाटारमा गठबन्धनकाे बैठक जारी

  काठमाडाैं ।  सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  केहीबेरअघिदेखि सुरु भएको बैठकमा सरकार विस्तारका विषयमा छलफल हुने भएकाे छ...

रत्नजित र रशिला च्याम्पियन

काठमाडौं । शीर्ष वरीयताका विभागीय त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ र विभागीय त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन प्रथम रिभाइभ लिजर पार्क खुला राष्ट्रिय ब्याडमिन्टन...

मासु पसलेको हत्या आशंकामा दुई जना प्रहरी नियन्त्रणमा

बैतडी । बैतडीको सुर्नया गाउँपालिका ४ स्थित शनसेरी माण्डौँका ब्यापारी मृत्यु प्रकरणमा २ जना पक्राउ परेका छन् । सुर्नया ४ लेकडाँडा निवासी ५६ बर्षका...

ट्रेन्डिङ

मास्कमा कालोबारी गर्ने उद्योगलाई कारबाही

काठमाडौं । मास्कमा अत्यधिक मूल्य लिएर कालोबजारी गर्ने मास्क उद्योगलाई कारबाही गरेको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी आएपछि विभागको अनुगमन...

कञ्चनपुरमा ३० जना विद्यार्थी बोकेको स्कुल बस दुर्घटना

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ अमरपुरमा युनिभर्सल बाल विद्या निकेतनको स्कुल बस दुर्घटना भएको छ । दुर्घटनामा परेको स्कुल बसबाट ३०...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)