Thursday, September 16, 2021
Your Ads Here
HomeEditor-Picksसाताको शेयर बजार : ४२ अर्ब ५१ करोडको कारोबार

साताको शेयर बजार : ४२ अर्ब ५१ करोडको कारोबार

राजधानी समाचारदाता,
sharethis

 

काठमाडाैं ।   नयाँ आर्थिक वर्षको शुरुआतमा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैमा सकारात्मक सङ्केत देखिएको छ ।

बजार पूँजीकरणमा समेत उत्साहजनक अवस्था सिर्जना भएको छ । नयाँ सरकार गठन भएपछि लगानीकर्तामा विश्वाससमेत बढेको पाइएको छ । नेप्से परिसूचकसमेत तीन हजार विन्दुमा पुगेको छ । यो हालसम्मकै शीर्ष स्थान हो ।

बजारमा झण्डै एक महिना जस्तो ‘करेक्शन’ देखियो । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्नुपर्ने तथा अन्य आर्थिक कारोबार मिलाउनु पर्ने भएकाले पनि असारको अन्तिम दुई साता बजारमा करेक्शन देखिएको हो ।

आर्थिक वर्षको पहिलो कारोबार दिन साउन ३ गते नेप्सेमा हरियाली छाएको छ । गत आर्थिक वर्षमा ऐतिहासिक रेकर्ड कायम गरेको शेयर बजारमा वर्षको पहिलो कारोबार दिनमा पनि सोही उत्साह देखिएको छ ।

यस साता चार दिनमात्रै शेयर बजारमा कारोबार भयो । बुधबार सार्वजनिक बिदा परेकाले पनि कूल चार दिनमात्रै कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

यही साउन ३ गते पुनः स्थापित संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदै हुनुहुन्थ्यो । सो दिन शेयर बजारले पछिल्लो राजनीतिक घटनाक्रमलाई स्वागत ग-यो ।

यस साता कूल २२२ कम्पनीको रु ४२ अर्ब ५१ करोड ३५ लाख ९६ हजार ९८४ बराबरको कारोबार भयो । नेप्सेका अनुसार यस साता कूल १५ करोड ४० लाख छ हजार ७०२ कित्ता शेयर कारोबार भयो ।

पहिलाे दिन झण्डै सय अंककाे बृद्धि

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ९७.२१ अङ्कले बढेर २९८०.६१ विन्दुमा पुगेको थियो । सो दिन दुई करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर रु ११ अर्ब ६८ करोड ८१ लाख २६ हजार ४९२ मा कारोबार भयो । त्यस दिन १९४ वटा कम्पनीको शेयर मूल्य बढेको थियो भने २२ वटा कम्पनीको शेयर मूल्य ओरालो लाग्दा पाँचवटा कम्पनीको शेयर मूल्य स्थिर रहेको थियो ।

त्यस दिन समृद्धि फाइनान्स, सिन्धु विकास बैंक, ङादी ग्रुप अफ पावर, हिमालयन पावर पार्टनर र सिङ्गटी हाइड्रो इनर्जी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अङ्कले बढेको थियो । नेप्से परिसूचक १३.९७ अङ्कले बढेर दुई हजार ९९४.५८ मा पुगेको थियो ।

ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ०.०२ विन्दुले घटेर ५६०.९४ मा ओर्लियो । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरीद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको थियो ।

सोमबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा रहेको थियो ।

कारोबारका आधारमा सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको थियो भने विशाल बजार कम्पनी ९.२०, नेपाल इन्सुरेन्स ७.५७, नागरिक लगानी कोष ६.४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५.९८ प्रतिशतले कमाएका थिए ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

त्यस दिन नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५.८७, सनराइज बैंकको ऋणपत्र ५.०६, गुर्खाज फाइनान्स ३.६०, मञ्जुश्री फाइनान्स ३.२० र एचआइडिसिएलका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाएका थिए ।

साताको तेस्रो दिन मङ्गलबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लाग्यो । त्यस दिन नेप्से ९.०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५.५७ मा ओर्लेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.८२ अङ्कले ओरालो लागेर ५५८.११ मा ओर्लेको थियो ।

कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर रु सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरीद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको थियो ।

त्यस दिन कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लाग्यो ।

त्यस दिन कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको थियो । सो कम्पनीको रु ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोबार भयो । त्यस दिन लक्ष्मी उन्नति कोष १०.०४, लक्ष्मी इक्विटी फन्ड १०.०१, वरुण हाइड्रोपावर ९.३९, माउन्टेन हाइड्रोपावर ९.२८ र ग्लोबल आइएमई समुन्नत स्किम–एकका लगानीकर्ताले ८.९२ प्रतिशतले कमाएका थिए ।

बुधबार सार्वजनिक बिदा भएकाले शेयर कारोबार भएन । शेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार कारोबार मापक नेप्से परिसूचक तीन हजार विन्दु पार ग-यो । त्यस दिन नेप्से परिसूचक १८.७५ विन्दुले बढेर तीन हजार ४.३१ मा पुगेको थियो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०६ विन्दुले बढेर ५६२.२४ मा पुगेको थियो ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

कूल २२२ कम्पनीको पाँच करोड ५९ लाख ६४ हजार ६२ कित्ता शेयर रु ११ अर्ब ११ करोड ४१ लाख २१ हजार ६१६ बराबरको कारोबार भएको थियो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु ४१ खर्ब ७९ अर्ब १७ करोड ४७ लाख ३१ हजार ६७३ बराबर पुगेको छ ।

बिहीबार कारोबार भएका १३ उपसमूहमध्ये आठ उपसमूहको शेयर ओरालो लाग्दा पाँच उपसमूहको शेयर मूल्य भने उकालो लागेको थियो । त्यस दिन कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको थियो । सो बैंकको रु ४६ करोड २७ लाख ६४ हजार ६४० बराबरको कारोबार भयो ।

बिहीबार लक्ष्मी उन्नति कोष १०.०४, सिइडिबी हाइड्रोपावर १०, ङादी ग्रुप अफ पावर १०, पोखरा फाइनान्स ९.९५ र माउन्टेन हाइड्रोका लगानीकर्ताले ९.९५ प्रतिशतले कमाएका थिए ।

साताभर माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले ३०.९२ प्रतिशतले कमाएका थिए । यस्तै, लक्ष्मी इक्विटी फन्ड २७.३९, लक्ष्मी उन्नति कोष २४.२५, कृषि विकास बैंक २७.७६ र सिइडिबी हाइड्रोपावरका लगानीकर्ताले २२.६२ प्रतिशतले कमाए ।

त्यसैगरी राष्ट्रिय बीमा कम्पनीका संस्थापक शेयरधनीले ५.५५ प्रतिशतले गुमाउँदा गुर्खाज फाइनान्स ५.४४, सारथी नेपाल लघुवित्त ४.६६, एभरेष्ट इन्सुरेन्सको संस्थापक शेयर ४.५९ र मल्टीप्रपोज फाइनान्स कम्पनीका लगानीकर्ताले ४.१९ प्रतिशतले गुमाए । रासस

तपाइको प्रतिक्रिया

(Visited 48 times, 1 visits today)

आजको समाचार

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

श्रीमान् बेपत्ता भएपछि १७ वर्षे किशाेरकाे सम्बन्धबाट जन्मिएकाे शिशु हत्या अभियाेगमा पक्राउ

  बैतडी । नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा बैतडीकी एक महिलालाई कारागार चलान गरिएको छ । अवैध सम्बन्धबाट जन्मिएको शिशुको हत्या गर्ने डिलाशैनी गाउँपालिका–७...

विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक थलो बनाऔं

राजनीति र शिक्षाको नेक्सस कुनै न कुनै रूपमा विश्व जगत्का अरू देशहरूमा पनि हुने गर्छ । किनभने शिक्षासम्बन्धी नीतिनियम निर्माण गर्ने, पाठ्यव्रmम तर्जुमा गर्ने,...

महँगीको मारमा उपभोक्ता, सरकार मूकदर्शक

काठमाडौं । अबको तीन सातापछि दसैं सुरु हुन्छ । दसैं अर्थात् अधिकांश नेपाली जनताको प्रमुख चाड । दसैंपछि लगत्तै सुरु हुन्छ तिहार, त्यसपछि छठ...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बुधबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६...

साताका लोकप्रिय समाचार

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच बानेश्वरमा झडप

  काठमाडौं । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच नयाँ बानेश्वरमा झडप भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले गिरफ्तार...

एमालेमा तेस्रो धारका नेताहरू जिम्मेवारीविहीन, असन्तुष्टि बढ्दो

काठमाडौं । गत २७ असारमा भएको १० बुँदे सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई साथ दिँदै आएका तेस्रो धारका...

एमसीसीः सजिलो छैन संसदबाट पास हुन

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा सत्तारूढ गठबन्धन आबद्ध दलहरू नै अनिर्णीत बनेका छन् । माओवादी केन्द्रले यथास्थितिमै एमसीसी...

निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

काठमाडाै । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि...

ट्रेन्डिङ

भारतीय तस्करको निसानामा सशस्त्र प्रहरी

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासबीच सीमा क्षेत्रमा रहेका नेपाली नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीमाथि भारतीय नागरिक तथा तस्करको समूहबाट पटक पटक आक्रमणको प्रयास भएको...

प्रयोग भएका मास्क जथाभावी नफालौं, संक्रमण हुन सक्ला

ललितपुर । कोरोना भाइरसको जोखिम दिनदिनै बढिरहँदा उपत्यकामा मास्क लगाउनेको संख्या थपिँदै गएको छ । मास्क प्रयोग गरिसकेपछि जथाभावी फाल्ने बानी पनि समाजमा विकसित...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)