थकाली सेवा समितिद्वारा शोक व्यक्त

काठमाडौं । थकाली सेवा समिति नेपाल क्षेत्रीय समिति काठमाडौंले राजधानी न्युज पब्लिकेसन प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक, पूर्व सांसद, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष, थसेस नेपालका पूर्व केन्द्रीय सदस्य महेन्द्र शेरचनको असामयिक निधन भएकोमा गहिरो दुःख प्रकट गरेको छ ।

समितिका तर्फबाट अध्यक्ष खगेन्द्र भट्टचन र सचिव शरद शेरचनले आइतबार स्वर्गीय शेरचनकी श्रीमती नन्दा शेरचनलाई समवेदना पत्र प्रेषित गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको हो । समितिले शोकको यस दुःखद घडीमा सम्पूर्ण परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दै चार देवता र ल्ह नरिझ्योवासँग कामनासमेत गरेको छ ।

यसैगरी श्री ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठान परिवार थासाङ–२ मुस्ताङले पनि शेरचनको असामयिक निधनले प्रतिष्ठान परिवार स्तब्ध भएको जनाएको छ । प्रतिष्ठानका अध्यक्ष सवि शेरचनले परिवारका सदस्यलाई श्रद्धाञ्जली एवं समवेदना पत्र पठाउँदै महेन्द्र शेरचनले विगतमा ओम विकास गौचनको शालिक निर्माणलगायत मुस्ताङ जिल्लाको विकास र समृद्धिमा उहाँले पु¥याउनुभएको योगदानको उच्च सम्मानका साथ स्मरणसहित उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै