प्रेमका लागि शाही खानदान त्याग्न लागेकी जापानी राजकुमारी विवाह गर्दै

 

 

टोकियो । जापानी राजकुमारी माको प्रेमी केइ कोमुरोसँग छिट्टै विवाह बन्धनमा बाँधिने भएकी छिन् । परम्परागत तामझाम बिना नै यो जोडीेले विवाह गर्न लागेको हो । सर्वसाधरण नगारिकसँग विवाह गरे लगत्तै २९ वर्षीय माकोको राजकुमारीको पदवी सकिनेछ ।

माकोले आफ्नो कलेज जीवनदेखिका प्रेमी कोमुरोसँग विवाह गर्ने दुई बर्षअघि घोषणा गरेकी थिइन् । तर, तयारीको अभाव देखाउँदै विवाह स्थगित गरेकी थिइन् ।

राजकुमारी माको जापानी सम्राट अकिहितोकी जेठी नातिनी हुन् । राजकुमारीसँग विवाह गर्ने निधो हुनुअघि कोमुरोको पारिवारिक सल्लाहमा नै एक युवतीसँग विवाह गर्ने तय भएको थियो । विवाह गर्न लागेकी युवतीकी आमासँग कोमुरोकी आमाको लेनदेन विवादका कारण राजकुमारीसँगको विवाहमा ढिलाइ भएको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 227 times, 1 visits today)

epaper

ताजा समाचार

अब काठमाडौंबाट हेटौंडा जाने आउने कसरी ? यस्तो छ नयाँ रुट