Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रदेशजटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

जटिल मोडमा एमसीसी : अनुमोदनमा ढिला भए अमेरिकाले निर्णय लिन सक्ने

निराजन पौडेल,
sharethis

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारले नेपालका राजनीतिक दलका सबै नेताहरूलाई भेटघाट गरिसकेकी छन् । नेपालको वस्तुस्थिति बुझ्न आएकी सुमारले नेपालले एमसीसीको विषयमा जे निर्णय गरे पनि अमेरिकालाई स्वीकार्य हुने सन्देश दिएकी छन् । एमसीसी परियोजनाको विषय धेरै समय नेपालमा गिजोलिएकाले ढिलाइ हुनुको कारणबारे बुझ्न उनी नेपाल आएकी हुन् ।

उनले नेपालले एमसीसीमा निर्णय गर्ने भए संसद्बाट छिटो अनुमोदन गर्न राजनीतिक दलका नेताहरूलाई भनेकी छन् । एमसीसीको विषयमा संसद्बाट अनुमोदन नभए पनि धेरै काम भइसकेकाले अब ढिला नगर्न राजनीतिक दलका नेताहरूलाई सन्देश दिइसकेकी छन् । एमसीसीमा हस्ताक्षर भई नेपालमा पूर्वतयारीका धेरै काम भइसकेकाले यो विषय अहिले जटिल बनेको छ ।

एमसीसीको विषयमा देखिएको अस्पष्टताको विषयमा नेपालले सोधेको प्रश्नको समेत उपाध्यक्ष सुमारले जवाफ दिइसकेकी छन् । केपी शर्मा ओलीको नेतृत्वको सरकारको पालामा २०७६ सालमै एमसीसी संसद्मा प्रस्ताव दर्ता भए पनि सभामुखले अगाडि नबढाउँदा रोकिएको छ । यो प्रक्रियामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालपक्षले साथ नदिँदा एमसीसी संसद्मा अगाडि बढ्न सकेको थिएन । त्यतिखेर पेस भएको एमसीसी प्रस्ताव अहिले पनि संसद्मै रहेको छ । तर, अनुमोदनको विषयमा राजनीतिक दलहरूबीच मतभेदका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

अमेरिकाले एमसीसी परियोजनामार्फत नेपाललाई विद्युत् प्रसारण लाइन र सडक सञ्जालका लागि ५० अर्ब रुपैयाँ नेपाललाई अनुदान दिन लागेको हो । अमेरिकाको सो परियोजनाको विषयमा सैन्य रणनीतिको विषय जोडेर चर्चा भए पनि एमसीसी उपाध्यक्ष फातिमाले सैन्य रणनीतिमा नपर्ने स्पष्ट पारिसकेकी छन् ।

एमसीसी उपाध्यक्ष फातिमाको टोलीलाई नेकपा माओवादी केन्द्रले सबै राजनीतिक दलहरूबीच सहमति गराएर अगाडि बढाउनुपर्ने भने पनि सत्तारूढ दलका नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीले अनुमोदन हुने आश्वासन दिइसकेका छन् । माओवादीले एमसीसीमा केही कुरा संशोधन गरेर मात्रै अनुमोदन गर्नुपर्ने अडान लिए पनि एमसीसी उपाध्यक्षले संशोधन हुन नसक्ने जवाफ दिइसकेकी छन् ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त

उपाध्यक्ष फातिमाले आफू एमसीसीका लागि दबाब दिन नआएको समेत माओवादी अध्यक्ष दाहालसँग भनी सकेकी छन् । नेपालले एमसीसीका विषयमा प्रस्ट धारणा के हो भनी बुझ्न आएको समेत उनले राजनीतिक दलहरूसँग बताइसकेकी छन् । नेपाल भ्रमणपछि उपाध्यक्ष फातिमा सुमारले नेपालमा एमसीसी कार्यान्वयनको अवस्थाबारे रिपोर्ट बनाएर एमसीसी बोर्डलाई बुझाउनेछन् । एमसीसी नेपालमा अगाडि बढाउन आवश्यक नदेखिए अमेरिकी विदेशी मन्त्रालयले नेपालमा सो परियोजना रद्द गर्न सक्नेछ ।

अमेरिकाले नेपालले अस्वीकार गरे पनि कुनै आपत्ति नहुने बताइसकेको छ । नेपालले अस्वीकार गरेको अवस्थामा सोबराबरको रकम अर्कै देशलाई अनुदान दिने पनि स्पष्ट पारिसकेको छ । यसअघि नेपालले एमसीसी परियोजनाअन्तर्गत सडक र विद्युत् प्रसारण लाइन छनोट गरेकाले सोहीअन्तर्गत नेपाललाई अनुदान दिन लागेको समेत बताएको छ ।

मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे नेपाल सरकारका प्रश्नको जवाफका क्रममा एमसीसीले नेपालको आफ्नै प्रसारण लाइन गुरुयोजना सन् २०१५ को दस्तावेजले पहिचान गरेको तथा पछि प्रसारण लाइन विकास योजना सन् २०१७ ले समेत आवश्यकताका आधारमा पुनःपुष्टि गरेको प्रसारण लाइनहरूलाई नै एमसीसी नेपाल कम्प्याक्टमा समावेश गरिएको उल्लेख गरेको छ ।

एमसीसीले अफ्रिका, ल्याटिन अमेरिका र एसिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ । त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन् ।

 

तपाइको प्रतिक्रिया

(Visited 297 times, 3 visits today)
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

आजको समाचार

बाजुरा काँग्रेसको ६९ वटै वडामा एकसाथ अधिवेशन

बाजुरा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन तथा सातौँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । आजबाट सुरु हुने वडा, गाउँ, नगरपालिका, प्रदेश...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

डा भक्तमानको अपहरणमा संलग्न पण्डित पक्राउ

  चितवन ।  चितवनका चिकित्सक (बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन कार्यकारी निर्देशक) डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न रही फरार एक व्यक्ति लामो समयपछि पक्राउ...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

साताका लोकप्रिय समाचार

अभौतिक साँस्कृतिक सम्पदाको संरक्षणमा जुट्दै युनेस्को

भोजपुर । भोजपुरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । अभौतिक सम्पदालाई पहिचान गरेर विकास गर्दै देशको संस्कार, सस्कृति, रहनसहन, विभिन्न...

आमा बनिन् प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीलाई पुत्री लाभ भएको छ । उनी बुधबार आमा बनेकी हुन् । उनका श्रीमान आयुष्मान देशराज जोशीले आफु पिता बनेको...

दसैंमा घर जाने हो ? यातायातको व्यवस्थापन यसरी हुँदै छ

काठमाडौं । नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी...

सर्पदंशले दिदीभाइको ज्यान गयो

राजविराज । सुतेको अवस्थामा सर्पले टोकेर दिदीभाइको ज्यान गएको छ । सप्तरीको खडक नगरपालिका २ सिस्वाबेल्ही टोल निवासी राजेश मण्डलका १४ बर्षीया छोरी सुनिता...

परराष्ट्र कांग्रेसको भागमा, खड्का मन्त्री बन्दै

काठमाडौं । सरकार बनेको दुई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर चर्काे आलोचना खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले तत्काल परराष्ट्रमन्त्री नियुक्त गर्ने भएका...

ट्रेन्डिङ

थप १५१३ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार ५१३ जनामा कोरोना भाइरस (कोभिड–१९) सङक्रमण पुष्टि भएको छ । यसैगरी आज कोरोना निको भई ७३१...

खडक खोला किनारमा नवजात शिशु राेएकाे आवाज सुनेपछि‍‍‍‍‍‍‍‍‍

सप्तरी, राजविराज । नवजात शिशु ज्युदै फालेको २ साता नवित्दै सप्तरीमा फेरी अर्को उस्तै घटना भएको छ । बोदेबर्साइन नगरपालिका ५ जाजर स्थित खडक...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)