युवतीकाे शंकास्पद मृत्यु, हत्या आशंका

 

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१० खैरामा एक युवती आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी छन् । कोठामा बाहिरबाट चुक्कुल लगाएको अवस्थामा २१ वर्षीया करिश्मा चौधरी मृत भेटिएकी हुन् ।

खैरा घर भएकी युवती लहानको एक फेन्सी पसलमा काम गर्दै आएकी थिइन् । उनी लहानमा डेरा गरेर बस्दै आएको चौधरीको परिवारले जनाएको छ ।

दिउँसोबाट साँझसम्मै कोठामा सुति रहेको भन्दै घरबेटीले उठाउन खोज्दा मृत फेला पारेको मृतक युवतीका मामाका छोरा राजेश चौधरीले बताए ।

परिवारले घटना रहस्यमय रहेको जनाएको छ । मृतको घाँटीमा डोरीको डाम, र्‍याल, रगत, टाउकोमा चोट र बाहिरबाट चुक्कुल लगाएरकाले घटना रहस्यमय रहेको परिवारको भनाइ छ । शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको र घ‍टना’bout अनुसन्धान थालिएको लाहन प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 243 times, 1 visits today)

epaper

ताजा समाचार

२०औँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो