टेबलटेनिस टोली कतारतर्फ

काठमाडौं । २५ औं एसियन टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेबल टेनिस टोली आज कतार प्रस्थान गर्दैछ । ६ खेलाडी, एक प्रशिक्षक र एक जना अफिसियलसहित ८ जनाको टोली आज दोहा प्रस्थान गर्दैछ ।

नेपाली खेलाडीहरु दुई दिन दोहामा क्वारेन्टीनमा बस्नुपर्नेछ । सेप्टेम्बर २७ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताको पुरुषतर्फ स्यान्टु श्रेष्ठ, विनेश खनियाँ र अमरलाल मल्ल सहभागी हुने छन् ।

महिलातर्फ एलिना महर्जन, सिक्का सुवाल र इभाना थापा भिड्नेछन् । नेपाली खेलाडीले विभिन्न सात स्पर्धामा सहभागिता जनाउने अखिल नेपाल टेबलटेनिस संघले जनाएको छ ।

यही प्रतियोगिताको दौरान आयोजना हुने एसियन टेबल टेनिस युनियनको सम्मेलनमा सहभागि हुन टेबल टेनिस संघको तर्फबाट चतुरानन्द राजवैद्य र शंकर गौतम पनि केही दिनपछि दोहा प्रस्थान गर्दै हुनुहुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 450 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघमा खत्री निर्वाचित