‘जीन्दगीभर एउटा मात्र कोट लगाउने चन्द्रदेव जोशीमाथी मुद्दा हास्यस्पद’


काठमाडाैं । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले जीवनभर एउटामात्र कोट लगाउने पूर्वमन्त्री चन्द्रदेव जोशीमाथि भ्रष्टाचारको मुद्दा दायर गर्नु हाँस्यास्पद भएको बताएका छन् । बिहीवार राजधानीमा अायाेजित कार्यक्रममा उनले साे धारणा राखेका हुन् ।

ललिता निवासको जग्गा प्रकरणमा अख्तियारको कदममा राजनीतिकरण देखिएको भन्दै निर्दोषहरुलाई समेत फसाइएको बताएका हुन् ।

‘जीवनभर एउटामात्र कोट लगाउने चन्द्रदेव जोशीले नौ करोड घुस खाए भनेर कस्ले पत्याउने,’ रिपोर्टर्स क्लब नेपालमा आज डा. केसीले भने, ‘लुगलुग काप्ने सर्वहारा चन्द्रदेव जोशीमाथि आरोप लगाउनु हाँस्यास्पद हो ।’ गीतकार समेत रहेका पूर्वसचिव दिनेशहरि अधिकारीमाथिको आरोपको समेत आलोचना गरे ।

विजयकुमार गच्छेदार पटक पटक मन्त्री भएर भ्रष्टाचार गरेको आरोप लगाउँदै उनलाई लगेर बालुवाटारमा मुछिएको टिप्पणी गरे । उनले भने, गच्छेदार भ्रष्टाछार हुन् भन्ने सबैलाई थाहा छ तर लगेर बालुवाटारमा हालिदिए ।

नेकपा महासचिव विष्णु पौडेल, न्यायाधीश कुमार रेग्मी र चीनका लागि नेपालका राजदूत लिलामणि पौडेललाई समेतले ललिता निवास जग्गा प्रकरणमा उन्मुक्ति पाउनुले राजनीतिकरण प्रष्ट देखिएको बताए । प्रतिशोधको भावनाले अख्तियारको कदम प्रेरित रहेको भन्दै बालुवाटारको जग्गा जोगाउन चालेको कदमको भने प्रशंशा गरे । उनले भने, ‘ललिता निवास जग्गा प्रकरणमा राजनीतिकरण प्रष्ट छ तर बालुवाटारको जग्गा जोगाउनुपर्छ ।’

उनले नेपाल नै भ्रष्ट मुलुक भएको टिप्पणी गरे । उनले भने,‘आलम काण्डदेखि शेरबहादुर तामाङसम्मको काण्ड हेर्दा विभेदित श्रृंखला देखिएको छ । आलमलाई त्यही पुर्याउनेहरु किन मुछिएनन् ? यो विभेद हो ।’ उनले लोकमानसिंह कार्कीलाई लखेटेर दिप बस्न्यातलाई किन ल्याईयो ? भन्ने कुरा अहिले आएर थाहा भएको उनको भनाई छ ।

नेपालमा पद किनेर पाईने पनि उनको भनाई छ । उनले भने,‘कांग्रेसका एक जना साथीले ३० लाख बुझाएर म मन्त्री भएँ भनेर मसँग भने ।’ उनले विजयकुमार गच्छदारजति भ्रष्टाचारी कोही पनि छैन भन्ने कुरा नेपाली जनता सबैलाई थाहा भएको सुनाए । तर, उनलाई बालुवाटार प्रकरणमै किन मुछियो ? भन्ने कतै कांग्रेसभित्रकै आन्तरिक राजनीति त कारण होईन भनेर प्रश्न गरे । उनले बालुवाटार खानेलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे । उनले नेपालमा अख्तियारले अघि बढाएका मुद्दाहरु ९० प्रतिशत असफल भएको तर्क गरे । उनले भने,‘यस्तो अवस्थामा हामी हौसिनुको कतिको उचित हुन्छ ?’

तपाइको प्रतिक्रिया
(Visited 192 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)