कोभिड–१९ संकट र पशुचिकित्सकको दायित्व

विश्व स्वास्थ्य संगठनको टोलीले चीनको वुहानस्थित प्रयोगशालामा गरेको परीक्षणले कोभिड सारेको शंका गरिएको थियो । यस’bout गरिएको सोधपुछपछि पनि कोभिड–१९ को विवाद सुल्झिएको छैन । मानवबाहेक अर्को प्रजाति अहस्तान्तरणीय रूपले यस भाइरसको उत्पत्तिसँग सम्बन्धित देखिन्छ । यदि त्यसो नभए अभूतपूर्व रूपमा यसको प्रसार हुने थिएन । मृत्युको कारण सार्सकोभ–२ भाइरस जसले मानव जनसमुदायलाई प्रभावित गरेको छ । स्पष्ट रूपले मुख्यतः खोक्दा, हाच्छियूँ गर्दा कुरा गर्दा सासको थोपाद्वारा फैलिएको छ । लक्षणविहीन वा पूर्वनिर्धारित संक्रमितले पनि यो रोग फिजाउन सक्षम रहेको प्रतिवेदनहरू पनि छन् ।

यो विनाशकारी नोबेल जुनोटिक (प्राणी रुघा) भाइरस जसले विशाल स्तरमा मृत्यु गराइराखेको छ । केही दुर्लभ अवस्थामा मानिसबाट पशुमा पनि फिजिन सक्ने सम्भावना देखिन्छ । यद्यपि यसको आणविक संरचना, अनुवांशिक संशोधन परिर्वतन साथै विभिन्न अंग प्रणालीमा पार्ने प्रभाव’bout वैश्विक रूपमा अध्ययनकै तहमा छ ।

कोभिड–१९ बाट ग्रसित मानिसको नजिक सम्र्पकमा आएका सानो संख्यामा कुकुर बिरालोहरू भने प्रभावित भएको प्राक्षिक अभिलेख भेटिन्छ । यद्यपि, यो प्रस्ट हुँदै छ कि सार्सकोभी–२ सम्बन्धित लाक्षणिक बिमारी जनावरमा पनि मानिस जस्तै छन् । यदि मृत्यु दर छैन भने ज्वरो आउने खोकी लाग्ने सास फेर्न गाह्रो हुने, सास छोटो हुने, लोसे हुने, हाच्छ्युँ आउने, आँखा, नाकबाट पानी र सिंगान बग्नु, वान्ता हुनु, झाडापखाला लाग्नुजस्ता लक्षणहरू पशुमा देखिन सक्दछन्, जुन मानिसमा देखिने लक्षणसँग मिल्दाजुल्दा छन् ।

पशुचिकित्सकसामु पशुहरूको पशु स्वास्थ्य, रोग नियन्त्रणमा जिम्मेवारी मात्र सम्बन्धित नभई मानवीय स्वास्थ्य एवं सुस्वास्थ्यका विभिन्न पक्ष’bout ध्यान दिनुपर्ने चुनौती छ । जुनोटिक रोगको रोकथाम व्यवस्थापन एवं नियन्त्रणमा पशुचिकित्सकले अहं भूमिका निर्वाह गर्दछन् । खाद्यसुरक्षा एवं स्वास्थ्य आहारको सुनिश्चितता गर्नमा यिनको योगदान कम महत्वपूर्ण छैन । मानवीय खाद्य आहारको निगरानी एवं प्रमाणीकरण गरी पशुपालन ग्रामीण जिविका एवं आर्थिक सम्मुन्नतिको अभिन्न अंग मानिन्छ । हाम्रोजस्तो मुलुकमा पशुचिकित्सकीय सेवा कोभिड–१९ महामारीको बेलामा पनि अत्यावश्यक सेवा रूपमा क्रियाशील रहेको छ । यस्तो बेला कार्य गर्ने जनशक्तिलाई यथेष्ट तालिम, हाते पर्चा एवं मानक कार्यप्रणाली बनाई यथेष्ट सीप, ज्ञान दिनुपर्ने हुन्छ । जसले गर्दा यिनीहरू आफू एवं आफ्ना परिवारलाई कोभिड–१९ महामारीको संक्रमणबाट सुरक्षित राख्न सकून् । चिकित्सकीय फोहरमैला तह लगाउन सावधानी अपनाउनुपर्ने हुन्छ ।

कोभिड–१९ बाट ग्रसित मानिसको सम्र्पकमा आउने कुकुर बिरालोमा कोभिड संक्रमणको लक्षण भेटिन सक्छ

पशुहरूलाई उपचार गर्दा केही यस्ता फोहर, केही फोहर मैला सार्सकोभ–२ बाट संक्रमित भएका पनि हुन सक्तछन् । तिनलाई चिकित्सकीय फोहोरमैलाका रूपमा तह लगाउनुपर्ने हुन्छ । त्यही अरुखाले फोहरमैला सामान्य खाले हुन सक्तछन् । पशुको गोबर, रगत, शरीरका झोल एवं कुनै फ्याक्नुपर्ने सामग्री जस्तै पीपीई कीट पशुको फोहोरबाट लतपतिएका रगत वा शरीरको झोल लागेकालाई चिकित्सकीय फोहोरमैलाका रूपमा छुट्टयाउनुपर्ने हुन्छ । यद्यपि गाउन, ब्ल्यांकेट, तौलियालाई सुरक्षित रूपमा धोएर पुनः प्रयोग गर्न सकिन्छ । यी सामग्रीलाई धोइ सकेपछि यिनीहरूलाई तातो पानीसहितको डिटरजेन्समा चोबल्न चाहिं हुँदैन । काममा खटेका पशुचिकित्सा कर्मी तथा पशुहरूको पनि नियमित स्वास्थ्य परीक्षण गरिनुपर्ने हुन्छ । यद्यपि, कोभिड संक्रमित पशुले मानिसमा संक्रमण गराएको कुनै तथ्य त भेटिँदैन । सीमित तथ्यांक उपलब्धताका आधारमा दुर्लभ अवस्थामा मानिसले पशुमा भाइरस संक्रमण संचरण गराउन सक्तछन् ।

कसरी जनावरहरूले भाइरसबाट संक्रमित हुन सक्तछन् ? यो’bout बुझ्न अध्ययन गर्न आवश्यकता छ । यदि, संक्रमित भएमा घरपालुवा जनावरलाई एक्ल्याएर छुट्टै राख्न र व्यक्तिगत स्वास्थ्य सुरक्षा पालन गर्न पशुधनीलाई सल्लाह दिन सकिन्छ । संक्रमित पशुलाई अरू पशु वा मानिससँग लसपस हुन नदिने व्यवस्था गर्नुपर्ने हुन्छ । जसरी कोभिड–१९ बाट संक्रमित बिरामीलाई घरपरिवारका अरूबाट छुट्टै राखी आइसोलेसनमा राखिन्छ, त्यस्तै संक्रमित घरपालुवालाई पनि गरिनु पर्छ ।

यद्यपि, अहिलेसम्म कुनै यस्ता तथ्यप्रमाण भेटिएका छन् कि घरपालुवा जनावरले मानिसमा भाइरस सार्छ । यसका कारण कोभिड–१९ को संक्रमण होस् तर अर्कोतिर यस्ता धेरै जुनोटिक रोगहरू छन् । जुन पशुहरूबाट मानिसमा सर्न सक्तछन् । त्यसैले घरपालुवा एवं अरू जनावरसँग लसपस हुँदै स्वस्थ्य बानी बसाल्नु सधै नितान्त आवश्यक हुन्छ । त्यसैले जनावरसँग लसपस हुनुपर्ने स्थितिमा जहिले पनि तिनीहरूसँग काम गर्नु पर्दा काम गर्नु अघि र पछि कम्तीमा ३० सेकेन्डसम्म हात साबुन पानीले धुनुपर्दछ ।

पीपीई उपकरण लगाउँदा एवं फुकाल्दा अल्कोहलमा आधारित हातमा दल्ने झोल जेल वा साबुन पानी धारामा सजिलै उपलब्ध भएको हुनुपर्ने छ । पशुचिकित्सक एवं अन्य सहयोगीले उपयुक्त पीपीई प्रयोग तथा सकारात्मक परीक्षण गरिएका पशुहरूको हेरचाह गर्दा पालन गर्नैपर्ने हुन्छ । त्यस्ता बिरामी पशुहरूसँग काम गर्नुपर्ने पशुचिकित्सक एवं अन्य पशुचिकित्सा प्रविधिकले यी र यस्ता कुरा’bout बिस्तृत रूपमा जानकारी गरी संवेदनशील एवं सचेत गराउनुपर्ने हुन्छ । पेसागत स्वास्थ्य नियमनका लागि सबैको उचित अभिलेख व्यवस्थित गरिनुपर्दछ ।

घरपालुवा जनावर बाहिरका मानिस वा जनावरसँग लसपस नहोस् भन्ने सुनिश्चित पशुपालकले गर्नुपर्छ

जहाँ बिरामी एवं सकारात्मक परीक्षण राखिएको वा उपचार गराइराखेका हुन्छन् । त्यस वरिपरि अनावश्यक मानिसको भीडभाड एवं आवतजावत निषेधित गर्नुपर्ने हुन्छ । तत्काल उपलब्ध तथ्यांकअनुसार प्रौढ र अन्य स्वास्थ्यसँग सम्बन्धित समस्या भएका गर्भवती महिला कोभिड–१९ बाट बिरामी हुने उच्च जोखिम देखिन्छ । त्यसैले पशुचिकित्सक यी वर्गका जनसमुदायलाई सकभर बिरामी पशुहरूसँग लसपस गर्न गराउन दिनुहुँदैन आफ्नै घरपालुवा वा अन्य पशु भए पनि ।

केही जीवाणु ढुसीहरू पशुको रौं कपालमा टाँसिन सक्ने भए पनि कोभिड–१९ लगायत कुनै पनि भाइरसको प्रमाण हालसम्म छैन । यो सल्लाहयोग्य छैन त्यसैले घरपालुवा जनावरलाई रसायनिक डिटरजेन्टस अल्कोहल हाइड्रोजन परअकसाइड वा अरू उत्पादन ह्यान्ड सेनिटाइजर काउन्टर सफाइ वाइप वा अरू औद्योगिक सतह क्लिनर प्रयोग गरी घरपालुवा जनावरलाई नुहाउन सल्लाह दिनु आवश्यक छैन । तर, घरपालुवा जनावर अरू बाहिरका मानिससँग लसपस नहोस् भन्ने सुनिश्चितचाहिँ घरपालुवा जनावरका धनीले गर्नुपर्छ । यदि कुकुरलाई सांलोले बाध्नुपर्ने भए अरूभन्दा ६ फिट टाढा बाँध्नुका साथै सबैखाले सार्वजनिक स्थल जहाँ धेरै मानिसको जमघट हुन्छ, त्यस्ता ठाउँमा लैजान बेवास्ता गर्नुपर्छ । घरपालुवा जनावरलाई तिनको अनुहार छोप्नेगरी मास्कहरू लगाइराख्न आवश्यक छैन ’cause तिनको अनुहार छोप्दा तिनीलाई हानि पु¥याउन सक्तछ । त्यसैगरी बिरालोलाई घरभित्रै राख्नुपर्छ स्वतन्त्र रूपले बाहिर डुल्न दिनुहुँदैन ।

यी चुनौतीपूर्ण समयले एक स्वास्थ्यको अवधारणालाई अगाडि ल्याएको छ र त्यसैले कोभिड–१९ को प्रहारबाट विश्वलाई सुरक्षित राख्न समान दृष्टिकोण राख्नुपर्ने आवश्यकता छ । एवं पशुचिकित्सकसँग पशुपक्षी तथा मानवीय जीवनका साथसाथै खाद्यान्न सुरक्षा गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी थपिएको छ । यसै त हाम्रो सामाजिक परिवेशमा भेटनरियनलाई पशुडाक्टर भनिने गरिन्छ । अब बेला आएको छ, यो प्रमाणित गर्नका लागि कि हामीहरू पशुपंक्षीका डाक्टर साथै जनस्वास्थ्यका पहरेदार एवं रक्षक पनि हौं ।

तपाइको प्रतिक्रिया
(Visited 382 times, 1 visits today)

epaper

ताजा समाचार

कोशीमा विद्यालय शिक्षक-कर्मचारीका पेशागत समस्या र नीतिगत समाधानबारे नीति संवाद